सामग्रीमा जानुहोस्

सगरमाथा आधार शिविर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सगरमाथा आधार शिविर  — EBC, नेपाल

सगरमाथा, विश्वको सर्वोच्च शिखर नेपालतिब्बत को सिमानामा स्थित भएको हुनाले यसको दुई आधार शिविरहरू छन्। एउटा दक्षिणी आधार शिविर जुन नेपालमा अवस्थित छ र अर्को उत्तरी आधार शिविर जुन तिब्बतमा अवस्थित छ। पर्वतारोहीहरूले सगरमाथा आरोहणको लागि यी आधार शिविरहरुको प्रयोग गर्दछन। दक्षिणी आधार शिविर लामो पैदल मार्गबाट ​​पुग्न सकिन्छ र स्थानीय शेर्पाहरूद्वारा खाद्यान्न आपूर्ति गरिन्छ। अर्कोतर्फ, उत्तरी आधार शिविरसम्म सडक छ। पर्वतारोहीहरू धेरै दिनसम्म आधार शिविरमा बस्छन् ताकि तिनीहरू वातावरणसँग मिल्न सकून्।

दक्षिणी आधार शिविर, नेपाल

[सम्पादन गर्नुहोस्]
आराम गरिरहेका पदयात्रीहरु

यो ट्र्याक विश्वको सबैभन्दा प्रसिद्ध पदयात्रा मार्गहरू मध्ये एक हो र प्रत्येक वर्ष हजारौं पदयात्रीहरूले भ्रमण गर्छन्। दक्षिणी सगरमाथा आधार शिविर समुन्द्री सतहबाट ५,३६४ मिटर (१७,५९८ फीट) को उचाइमा अवस्थित छ। सामान्यतया पदयात्रीहरूले समय आफ्नो समय बचाउनको लागि काठमाडौंबाट लुक्ला सम्म हवाई यात्रा गर्छन र त्यसपछि पदयात्रा आरम्भ गर्छन। धेरै कमै यात्रीहरू हुन्छन जो जिरी वा फाफ्लु भएर सडकबाट आउँछन र त्यसपछि पैदल यात्रा आरम्भ गर्छन्।

2015 मा, 40000 भन्दा बढी पदयात्रीहरूले सगरमाथा आधार शिविरमा पदयात्रा गरे। यसबाट यो ट्र्याकको लोकप्रियता अनुमान गर्न सकिन्छ ।

दक्षिणी बेस कैंप पदमार्ग

लुक्लाबाट, पदयात्रीहरू दुधकोशी नदी हुँदै पदयात्रा गर्दै नामचे बजार, ३,४४० मिटर (११,२९० फिट) पुग्छन्। यात्रामा दुई दिन लाग्छ, तर राम्रो फिटनेस भएका पदयात्रीहरुले यसलाई एक दिनमै कभर गर्न सक्छन्। नाम्चे बजार यस पदयात्रा मार्गमा सबैभन्दा ठूलो सहर हो। धेरैजसो पदयात्रीहरू उचाइमा अभ्यस्त हुन एक वा दुई दिन यहाँ बस्छन्। यसपछि एक दिन लाग्छ टेङ्बोचे पुग्न, दोस्रो दिन डिङबोचे ४,२६० मिटर (१३,९८० फिट), तेस्रो दिन लोबुचे वा घोरक्शेप र चौथो दिनमा आधार शिविर पुगिन्छ।

उत्तरी आधार शिविर, तिब्बत

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:सगरमाथा