कल्पना प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कल्पना प्रधान साहित्यकार हुन्। उनको जन्म २००३ सालमा खोटाङ्ग जिल्लाको दिप्रुङ, मार्सेमा भएको हो। उनका १७ वटा बालकथासँग्रह, तीनवटा बालउपन्यास, तीनवटा बालकवितासँग्रह गरी दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनका प्रकाशित बालकथासँग्रह 'रूपैयाँ फल्ने रुख', 'मेरो सानो घोडा', 'हीरा र मोती', 'पञ्चतन्त्रका पाँचकथा', 'अर्थ न बर्थका कुरा', 'सेती परी, काली परी', 'खिच्रीमिच्री', 'अपरा', 'शोकाकूल ढुंगाहरू', 'सुनचादीको बालक', 'दयालु परी', 'घोडाको मोल', 'मित्रता', 'बीनाको बर्थडे', 'दाउरेको छोरो', 'हिमकन्या' र 'मामाको बिहे' हुन्। उनका बालउपन्यास 'खरायो र उसको छाया' -यो पुस्तक फेरि 'खरायो र छाया' शीर्षकमा प्रकाशित छ), 'ल्वादे र ग्वादे' र 'पराक्रमी फर्सी' हुन्। उनका तीन बालकवितासँग्रह 'चिं मुसी चिं', 'नानीका साना कविता' र 'मेरो सानो खरायो' हुन्। उनले रत्न बालकोष पुरस्कार, बालसाहित्य समाज पुरस्कार, समाज कल्याण बाल पुरस्कार, शिशु सेवा बाल पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार सहित सात वटा पुरस्कार/सम्मान पाएकी छिन्।

चर्चित कविता : मेरो सानो खरायो[सम्पादन गर्नुहोस्]

मेरो सानो खरायो, आज कता हरायो !

हिजो सँगै खेलेथ्यौं, घरभित्र भुलेथ्यौं !

को पहिले पुग्ने हो, भन्दै हामी कुदेथ्यौं !

खोज्दाखोज्दै बित्यो दिन, डुब्न लाग्यो घाम।

कल्ले देला बुबु उल्लाई, कल्ले देला माम ?

चिथोर्छ कि बिरालोले, गर्छ म्याउँ-म्याउँ।

खोजी गर्न लौ न आमा, हामी सगै जाऔं।

खाटमुनि लुक्यो कि ! आगनीमा पुग्यो कि ! भालु आई चोरेर जंगलतिर लग्यो कि !