नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय साहित्य, संगीत, कला, वास्तुकला, ज्ञान-विज्ञान र सूचना प्रविधि जस्ता क्षेत्रमा मानव मस्तिष्कले सिर्जना गरेका रचनाहरूको संरक्षण गर्दै सर्जकका आर्थिक र नैतिक अधिकारको प्रत्याभूति एवं ध्वनिअङ्कन, प्रस्तुति र प्रसारण जस्ता प्रतिलिपी अधिकारसित सम्बन्धित अधिकारहरूको संरक्षणका निम्ति आवश्यक कार्य गर्न भनी नेपाल सरकारको मिति २०६०।१२।२६को निर्णय अनुसार मिति २०६१।१।७ देखि विभाग स्तरीय कार्यालयको रूपमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरिएको हो। [१]

कार्यलयका मुख्य मुख्य कार्यहरू[सम्पादन गर्नुहोस्]

  • रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण सम्बन्धी प्रतिलिपि अधिकारको दर्ता गरी त्यसको विवरण अद्यावधिक गर्राई राख्ने,
  • मानव मष्तिष्कबाट सृजित रचना तथा सृजनामा प्रतिलिपि अधिकारको संरक्षण र र्सजकहरूको आर्थिक तथा नैतिक अधिकारको संरक्षणका क्षेत्रमा जनचेतना अभिवृद्धि गराउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने,
  • प्रतिलिपि अधिकारको संरक्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने,
  • रोयल्टी सङ्कलन संस्थाको स्थापनामा सहयोग गर्ने, त्यस्तो संस्थाको रेखदेख र नियन्त्रण गर्ने, त्यस्ता संस्थाले निर्धारण गरेको रोयल्टी वितरण सम्बन्धी मापदण्ड तयार गर्न सहयोग पुर्‍याउने र त्यस्तो संस्थाद्वारा निर्धारित रोयल्टीमा कुनै पक्षको चित्त नबुझेमा उजूरी सुन्ने,
  • प्रतिलिपि अधिकार धनीहरू, प्रतिलिपि अधिकारयुक्त वस्तुका प्रयोगकर्ताहरू, प्रतिलिपि अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू र कार्यान्वयन गर्ने निकायहरूका बीच समन्वय गरी सहभागितामूलक रूपमा जनचेतना अभिवृद्धि एवं प्रचार प्रसार कार्यक्रम सञ्चालन गर्ने,
  • प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारसित सम्बन्धित अन्तराष्ट्रिय सन्धि सम्झौताको नेपाल पक्ष हुने सम्बन्धमा काम गर्ने,
  • प्रतिलिपि अधिकारसित सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार, गोष्ठी, तालीम आदि कार्यक्रमको सञ्चालन र अन्य निकायबाट सञ्चालित कार्यक्रममा सहभागिता जनाउने,
  • विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवं प्रतिलिपि अधिकारसित सम्बन्धित स्वदेशी तथा विदेशी सङ्घ संस्थासँग सर्म्पर्क एवं समन्वयको काम गर्ने,
  • प्रतिलिपि अधिकार ऐन र तत्सम्बन्धी अधिकारको संरक्षण सम्बन्धी आवश्यक कार्यहरू गर्ने।[२]

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय

कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ, नेपाल

फोन: ९७७-१-४४३११५५, ४४३७५०

फ्याक्स: ९७७-१-४४३११४४

ईमेल: info@nepalcopyright.gov.np

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय

शन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय
  2. कार्यलयका मुख्य मुख्य कार्यहरू