ट्रेड युनियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९१३ मा न्युयोर्कमा मजदुरहरूले गरेको विरोध कार्यक्रम

ट्रेड युनियन (अङ्ग्रेजी: Trade union) मजदुरहरूको सङ्गठन हो, जसले सामूहिक रूपमा सामूहिक सौदावाजी मार्फत उनीहरूको आपसी हितहरूको संरक्षण र प्रवर्धन गर्न खोज्दछ।[१] ट्रेड युनियन भनेको मजदुरहरूको अवस्था सुधार गर्ने उद्देश्यले गठन गरिएको मजदुरहरूको एक सङ्गठन हो। यो कामदारहरूको हितको रक्षाको लागि गठन गरिएको हो। मजदुरहरूको असङ्गगठित हुँदा उनीहरूसँग थोरै मोलतोल गर्ने क्षमता हुन्छ। वास्तवमा ट्रेड युनियन आन्दोलन पुँजीवादी प्रणाली अन्तर्गत केहि व्यवस्थापन द्वारा श्रमिकको शोषणको बिरूद्ध शुरू भएको थियो।[२] ट्रेड युनियनले मजदुरहरूलाई भुक्तानीको निष्पक्षता, राम्रो कार्य वातावरण, कामको घण्टा र सुविधाहरू जस्ता मुद्दाहरूमा मद्दत गर्दछन्। तिनीहरू कामदारहरूको समूह प्रतिनिधित्व गर्छन् र व्यवस्थापन र मजदुरहरू बीच एक मध्यस्थकर्ताको काम गर्छन्।[३]

खासगरी औद्योगिक क्रान्तिको परिणामस्वरुप श्रमिकहरूको अधिकार न्यूनतम मानवीय व्यवहार सेवा तथा व्यवसायिक सुरक्षा जस्ता विषयहरूमा श्रमिकहरूमाथि गरिएको दमन र शोषणको प्रतिक्रिया स्वरुप ट्रेड युनियन श्रमिक सङ्गठनहरूको स्थापना भएको हो । ILO र कार्ल माक्सको योगदानले ट्रेड युनियन आन्दोलनलाई खास उचाइमा पुर्याउन र व्यवस्थापन गर्न सहयोग गर्यो । निलपोशी कामदारहरूको अधिकारको सुनिश्चितता र सेवाको सुरक्षामा केन्द्रित अवधारणा भएतापनि हाल श्वेतपोशी कामदारहरूको क्षेत्रमा पनि ट्रेड युनियनको अभ्यास हुन थालेको छ ।

ट्रेड युनियनको परिभाषा[सम्पादन गर्नुहोस्]

आफ्नो हकहीतको सुरक्षाको ध्येयले स्थापना गरिएको श्रमिकहरूको एकतावद्ध अभ्यास नै ट्रेड युनियन हो । आफ्नो हकहीत सेवाको सुरक्षा कार्यवातावरणको सुरक्षा क्षतिपूर्ति र सामाजिक सुरक्षा जस्ता विषयहरूमा एकीकृत हुने सौदावाजी गर्ने र पेशागत मर्यादा र सम्मान कायम गर्न आवश्यक विविध विषयहरूमा ती युनियनहरूको ध्यान हुन्छ । [४]

“टेड्र युनियन” भन्नाले कामदारहहरूको पेशागत हक हितको संरक्षण र सम्वद्र्धन गर्न यस ऐन बमोजिम दर्ता भएको प्रतिष्ठान स्तरको टेड्र युनियन सम्झनु पर्छ र सो शब्दले टेड्र युनियन सङ्घ तथा टेड्र युनियन महासंघलाई समेत जनाउँछ। ट्रेड यूनियन ऐन, २०४९ दफा २(घ)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कल्पना आर, "Trade Unions: Objectives, Functions, Formation, Regulations, Rights and Liabilities", अन्तिम पहुँच १५ डिसेम्बर, २०१९ 
  2. मिनाक्षी जैन, "Trade Union: Meaning, Objectives and Benefits", अन्तिम पहुँच १५ डिसेम्बर, २०१९ 
  3. "Definition of Trade Union", अन्तिम पहुँच १५ डिसेम्बर, २०१९ 
  4. रिजाल, मेघनाथ (2069), औद्योगिक सम्बन्ध, औद्योगिक बुलेटिन(२०६९), घरेलु तथा साना उद्योग विभाग, काठमाण्डौ, नेपाल