विज्ञानका शाखाहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विज्ञानका शाखाहरूको बारेमा केही संक्षिप्त जानकारी:-

डेमोग्राफी[सम्पादन गर्नुहोस्]

डेमोग्राफी (Demography) : विज्ञानको यस शाखालाई जनांकिकी भन्छन्। जनसङ्ख्याको दशाहरू माथि विश्लेषण गर्ने शाखा जसले जन्म, मृत्यु, रोग आदिको आँकडाहरूको वर्णन र विश्लेषण गर्ने विज्ञान।

इकोलोजी[सम्पादन गर्नुहोस्]

इकोलोजी (Ecology) : विज्ञानको यस शाखालाई परिस्थितिकी भन्छन्। यस अन्तर्गत जीवहरू अनि वनस्पतिहरूको प्रकृति सम्बन्धित कुराहरूमाथि अध्ययन गरिन्छ।

एन्टोमोलोजी[सम्पादन गर्नुहोस्]

एन्टोमोलोज (Entomology) : विज्ञानको यस शाखालाई किरा विज्ञान भनिन्छ। यस अन्तर्गत किरा पतंगा आदिहरूको अध्ययन गरिन्छ।

एपीडिमियोलोजी[सम्पादन गर्नुहोस्]

एपीडिमियोलोजी (Epidemeology) : यो विज्ञान शाखा रोगहरूको अध्ययन अनि त्यसको कसरी निदान गर्ने त्यस सम्बन्धित छ।

एथनोलोजी[सम्पादन गर्नुहोस्]

एथनोलोजी (Ethnology) : मानव प्रजातिहरू अनि तिनका पारिस्परिक सम्बन्ध, क्षेत्रिय विवरण आदिको अध्ययन गर्ने शाखा।