शान्ति जिरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शान्ति जिरेल समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुन्। २०४७ सालबाट राजनीति प्रारम्भ गरेकी जिरेल नेपाल स्वतन्त्रका कार्पेट युनियनकी सदस्य हुन्। यसअघि उनी आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषदकी सदस्य, जिरेल समुदाय उत्थान संघकी सह-कोषाध्यक्ष तथा लोकतान्त्रिक जिरेल संघकी केन्द्रीय सदस्य रहिसकेकी छिन्। जिफन्ट राष्ट्रिय सदस्य रहेकी जिरेल राजनीतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परिन्। एक छोरा, एक छोरीकी आमा शान्ति जिरेलको रुचि राजनीतिका अतिरिक्त समाजसेवामा पनि छ। तऔपचारिक शिक्षा प्राप्त नगरेकी जिरेलका लेख "श्रमिक महिला"मा प्रकाशित भएका छन्। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]