शारदा झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झापा, भद्रपुर जन्म भई हाल जनकपुर निवासी ३८ वर्षीया शारदा झा समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। २०५१मा सम्पन्न संसदीय निर्वाचनमा धनुषा क्षेत्र नं. ४बाट एमाले उम्मेदवार रहेकी झा हाल पार्टीको धनुषा जिल्ला कमिटी सदस्य हुनुहुन्छ। सानै उमेरमा झापा जिल्लाबाट वामपन्थी राजनीतिमा संलग्न भएकी झाले एमाले झापा जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्यको जिम्मेदारी सम्हालिसक्नुभएको छ। २०४९ सालमा धनुषा, देवपुरा रूपैठा गाविस अध्यक्षको उम्मेदवार रहेकी झा पञ्चायती शासनको अन्याय, अत्याचारले आफूलाई राजनीतिमा लाग्न उत्प्रेरित गरेको बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रकी स्नातक शारदा झा एक छोरा, तीन छोरीकी आमा हुनुहुन्छ। समाचार सुन्न, भ्रमण गर्न र समाजसेवा गर्न रुचि राख्‍ने सभासद झा नेपाल विकास समाजका अध्यक्ष हुनुहुन्छ र प्रो―पब्लिक, आई.टी., बी.बी.सी. सँग संबद्ध हुनुहुन्छ। सामाजिक भेदभाव र गलत परम्परा विरुद्ध निरन्तर गरेको संघर्षले आफूलाई संविधानसभासम्म पुर्‍याएको बताउने झाले तराई―मधेसका समस्या र महिलाहरूको हक―अधिकार सम्बन्धी मुद्दाहरूलाई संविधानसभामा जोडतोडले उठाउने अठोट गर्नुभएको छ। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]