रोसन गाहा थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोसन गाहा थापा

नवलपरासी जिल्ला क्षेत्र नम्बर दुई शिवमन्दिरका स्थायी बासिन्दा ४५ वर्षीय रोशन गाहा थापा मगर नेकपा एमालेका तर्फाट जनजाति पुरुषका हिसाबले संविधान सभामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ। आफ्ना पीताले समाजसेवा गरेका कारण राजनीतिमा आउन सजिलो भएको बताउने थापाले २०३६ सालमा कम्युनिस्ट पार्टीले विद्यार्थी सङ्गठन अनेरास्ववीयूबाट राजनीतिक यात्रा सुरू गर्नुभएको हो। २०३६ सालको जनमत संग्रहताका थापाले २६ दिन जेलमा विताउनुभएको थियो।

आमा हेमा गाहा मगर र बाबु यामबहादुर गाहा मगरका छोरा थापाले माध्यमिक तह सम्म अध्ययन गर्नुभएको छ। थापा एमाले नवलपरासी जिल्ला समितिका सदस्य र लोकतान्त्रिक मगर संघका केन्द्रीय सदस्य हुनुहुन्छ।

२०४३ सालमा जनपक्षीय उप प्रधानपञ्च र २०४९ साल र २०५४ सालमा गाविस अध्यक्ष विजयी थापाका एक श्रीमती, एक छोरा र दुई छोरी छन्।

उहा"ले संविधान सभामा पूर्ण बहुदलीय राजनीतिक स्वतन्त्रताका लागि जोडदार रूपमा आवाज उठाउने र जनजाति दलित पिछडिएका समूहको हक अधिकार सुनिश्चित गर्ने बताउनुभयो।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]