सामजिक न्याय तथा मानव अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अधिकार फर सोसल जस्टिस एन्ड ह्युमन राइट्स अमेरिकामा कार्यरत नेपालीहरूको गैह्रसरकारी संस्था हो । यसलाई अधिकार मात्र भनेर चिनिन्छ ।

अधिकार सन् २००५ जुलाईमा स्थापना भएको हो । अधिकारले वर्षेनि ५०० भन्दा धेरै नेपालीभाषीलाई स्वास्थ्य सेवाका अलावा निःशुल्क ट्याक्स, इमिग्रेशन, श्रम अधिकार, दोभाषे लगायतका कार्यशाला गोष्ठी र तालिम दिंदै आएको छ । यसको कार्यालय न्यूयोर्कमा छ।