ताओ धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताओ धर्म (चीनी: 道教 दाओ-ज्याओ) चीनको एक मूल धर्म र दर्शन हो। असलमा पहिले ताओ एक धर्म नभएर एउटा दर्शन र जीवनशैली थियो। पछि गएर बौद्ध धर्म जब चीन पुग्यो त्यसपछि ताओले बौद्धहरूबाट धेरै धारणाहरू उधारो लिए र एउटा "धर्म" बन्यो। बौद्ध धर्म र ताओ धर्ममा आपसमा समय समयमा अहिंसात्मक संघर्ष पनि भइहन्छ। ताओ धर्म र दर्शन, दुइटैको स्त्रोत दार्शनिक लाओ-त्सीद्वारा रचित ग्रन्थ दाओ-दे-चिंगजुआंग-जी हुन्।

ताओ धर्म[सम्पादन गर्नुहोस्]

ताओ धर्ममा धेरै देवी-देवता छन्, र यिनीहरू प्रेतात्माहरूमा पनि विश्वास राख्दछन्। यो एउटा बहु ईश्वरवादी धर्म हो। सर्वोच्च देवी र देवता यिनयांग हुन्। देवताहरूको पूजाको लागि कर्मकाण्ड गरिन्छ र पशुहरू र अन्य चीजहरूको बलि दिइन्छ। चीनबाट अधिकतर चीजहरू, जस्तै चीनी व्यंजन, चीनी रसायनविद्या, चीनी कुंग-फू, फेंग-शुई, चीनी दवाईहरू, आदि कुनै न कुनै रूपमा ताओ धर्मसित सम्बन्धित रहेकाछन्। किन भनें ताओ धर्म एक संगठित धर्म होइन, यसकारण यसका अनुयायीहरूको संख्या पता लाउन कठिन छ।

ताओ दर्शन[सम्पादन गर्नुहोस्]

सर्वश्रेष्ठ ताओ कथाहरू वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-०९ मिति