भैरव मन्दिर, पाल्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाल्पा भैरव स्थानमा चढाईने रोट

पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम भैरवस्थान गाविस वडा नम्बर ५को आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडवाडहरूमा बोका हाँस परेवा कुखुरा र पाडाहरूको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरूको दृष्यावलोकन गर्न सकिन्छ ।