प्रयोगकर्ता वार्ता:कला संसार
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
शाश्वत(Shaswat) (वार्ता) १२:१८, ९ फेब्रुअरी २०१२ (युटिसी(UTC))
भनिन्छ, कला बिनाको जीवन अधुरो र निरर्थक हुन्छ । तसर्थ जीवनमा कलाको महत्वपूर्ण स्थान रहेको हुन्छ । जीवनको महत्वपूर्ण रस नै सार्थक जीवन जिउने कला हो । मानव जीवनका तीनै कलाका विविध पक्षहरुको उजागर गर्ने अभिप्रायले प्रकाशित भएको छ, कला संसार मासिक (Kala Sansar) ।
यस मासिक पत्रिकाले कला, संगीत, साहित्य, संस्कृतिलगायत विभिन्न जीवनशैलीहरुलाई उजागर गर्नेछ । जीवनमा सफलताको सिंढी चढ्नको लागि गर्नुपरेका संघर्षका विविध पक्षहरु पनि हाम्रा बिषयबस्तु हुनेछन्, जसले गर्दा हामीमा मेहनत र संघर्ष गर्दै जीवनलाई सफलतातिर लैजान उर्जा मिलोस् ।
जीवन सधैं सकारात्मक तत्वहरुले निर्देशित हुनुपर्दछ भन्ने मूल ध्येयका साथ सधै सकारात्मक बाटोको खोजी गर्दै जीवनप्रति सकारात्मक धारणाको विकास गर्ने नै यस प्रकाशनको लक्ष्य रहेको छ । पहिलो खुड्किलोको रुपमा प्रकाशित यस अङ्कमा थुप्रै कमी कमजोरीहरु रहेका होलान्, यसप्रति यहाँहरुको अमूल्य सुझाव एवं स्वस्थ आलोचनाको अपेक्षा गदैछौं ।
यहाँहरुको सल्लाह सुझाव अनुसार नै यस पत्रिकालाई परिमार्जन गर्दै लगिनेछ ।
कला संसार मासिकलाई 'www.kalasansar.com' मा पनि हेर्न सक्नु हुनेछ । आगामी अङ्कहरुमा हाम्रो नियमित भेट हुने नै छ । अहिलेलाई यति...