अँडिरको तेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अँडिरको बिउ
अँडिरको तेल

अँडिरको तेल अँडिरको बीजलाई पेलेर निकालिने वनस्पति तेल हो।[१] अङ्ग्रेजीमा अँडिरको तेललाई क्यास्टर ओइल भनिन्छ। यही नामबाट यसको बोटले क्यास्टर प्लान्ट नाम पाएको हो।[२]

अँडिरको तेल एक रंगहीन देखि हल्का पहेंलो तथा एक फरक स्वाद र गन्ध भएको तरल पदार्थ हो। यसको उम्लनेबिन्दु ३१३° से (५९५° फ) र यसको घनत्व ९६१ कि/मि हुन्छ।[३]

अँडिरको तेल र यसको पिना साबुन, लुब्रिकेन्ट, हाइड्रोलिक र ब्रेकको तरल पदार्थ, रङ्ग, कोटिङ, मसी, चिसो प्रतिरोधी प्लास्टिक, मैन र पालिस, नायलन, औषधि र अत्तर आदिकोको निर्माण गर्न प्रयोग गरिन्छ।[४]


संरचना[सम्पादन गर्नुहोस्]

अँडिरको तेलका प्रमुख तत्वहरूको संरचना

अँडिरको तेल रिस्नोलिक अम्ल (बोसोयुक्त अम्ल)को राम्रो स्रोतको रूपमा चिनिन्छ। बोसोयुक्त अम्ल मध्य रिस्नोलिक अम्ल १२ औँ कार्बनमा एक हाइड्रोसिल कार्यात्मक समूहमा असामान्य रहन्छ। यो कार्यात्मक समूहको कारण रिस्नोलिक अम्ल (र अँडिरको तेल)लाई अन्य बोसो भन्दा बढी ध्रुवीय बनाउँछ। । यसमा भएकोको रिस्नोलिक अम्लको कारण मूल्यवान रासायनिक पदार्थ मध्ये अँडिरको तेलको मूल्य अन्य बिजबाट निस्कने तेलहरूको मूल्य भन्दा अधिक छ। उदाहरणको रूपमा, जुलाई २००७ मा, भारतीय अँडिरको तेल लागि प्रति किलोग्राम ०.९० अमेरिकी डलर ( प्रति पाउन्ड ०.४१ अमेरिकी डलर) बिक्री बिक्रि भयो[५] जबकी अमेरिकी भटमास, सूर्यमुखी र क्यानोलाको तेल प्रति किलोग्राम ०.३० अमेरिकी डलर ( प्रति पाउन्ड ०.१४ अमेरिकी डलर) बिक्रि भयो।[६]

अँडिरको तेल / फ्याटी एसिड चेनको औसत संरचना
अम्लको नाम औसत प्रतिशत
रिस्नोलिक अम्ल ८५ – ९५%
Oleic acid २ – ६%
Linoleic acid १ – ५%
α-Linolenic acid ०.५ – १%  
Stearic acid ०.५ – १%  
Palmitic acid ०.५ – १%  
Dihydroxystearic acid ०.३ – ०.५%
अन्य ०.२ – ०.५%

प्रयोग[सम्पादन गर्नुहोस्]

विश्वभर प्रत्येक वर्ष विभिन्न प्रयोजनका लागि २ लाख ७० हजारदेखि ३ लाख ६० हजार टन (६ अरबदेखि ८ अरब पाउन्ड) अँडिरको तेल उत्पादन गरिन्छ।[४]

खाद्य तथा खाद्यपदार्थको सुरक्षाका लागि[सम्पादन गर्नुहोस्]

खाद्य उद्योगहरूमा खानयोग्य अँडिरको तेल खाद्यपदार्थको सुरक्षा गर्ने एडिटिभ बनाउन, स्वाद थप्न, क्यान्डी (जस्तै चक्लेटमा पिजिपिआर) बनाउन, ढुसी पर्नबाट रोक्न तथा विभिन्न खानेकुराको प्याकेजिङ गर्न प्रयोग गरिन्छ। अँडिरको तेलमा पोलिअक्सिइथाइल नामको रासायनिक पदार्थ मिसाएर पनि खाद्य उद्योगहरूमा प्रयोग गरिएको पाइन्छ।

नेपाल, भारत तथा पाकिस्तानमा अन्न तथा गेडागुडीलामो समयसम्म राख्न अँडिरको तेलमा मोलेर राखिन्छ। यसले चामल, गहुँ र दलहनलाई कुहिनबाट बचाउँछ। प्रायजसो रहरको दाललाई लामो अवधिसम्म भण्डारण गर्न अँडिरको तेलमा मोल्ने गरिन्छ।

औषधी[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन, एफडिएले अँडिरको तेललाई चिकित्सकको सिफारिसबिना कब्जियत हटाउन प्रयोग गरिने औषधिको रूपमा "साधारणतया सुरक्षित तथा प्रभावकारी दर्जा पाएको"(जिआरएएसई) समूहमा राखेको छ। जसमा यो तेल सानो आन्द्रामा पुगेपछि रिसिनोलेइक अम्लमा परिवर्तन भइ आफ्नो प्रभाव देखाउँछ भनेर उल्लेख गरिएको छ।[७] अँडिरको तेलमा करीब ९०% रिसिनोलेइक अम्ल पाइन्छ।[८] बच्चा जन्माउने महिलामा बेथा लाग्ने प्रक्रियाको उत्प्रेरकको रूपमा अँडिरको तेलको व्यापक प्रयोग गरिने भए तापनि हालसम्म गरिएका अनुसन्धानबाट यसले सर्भिक्सलाई परिपक्व बनाउन वा बेथा लाग्न सुरु गराउन खेल्ने भुमिकाको बारेमा पर्याप्त जानकारी हुन सकेको छैन।[९] अँडिरको तेल, वा त्यस्तो कोलिफोर एलको रूपमा व्युत्पन्न अँडिरको तेल (पोलिटोक्सिलेटेड अँडिरको तेल), निम्न धेरै आधुनिक औषधीहरूमा प्रयोग गरिन्छ:

  • माइकोनाजोल, एक एन्टिफन्जल एजेन्ट;[१०][११]
  • प्याक्लिट्याक्सल, क्यान्सर केमोथेरापीमा प्रयोग हुने माईटोटिक अवरोधक;[१२]
  • नेल्फाइनाभिर, एक एचआइभी प्रोटिज अबरोधक;
  • एसी-जेल (अँडिरको तेलतेलमा पाइने रिस्नोलिक अम्ल, एसेटिक अम्ल र अक्सिक्विनोलिनको समिश्रण) योनीको अम्लता कायम राख्न प्रयोग गरिन्छ;

वैकल्पिक औषधीजन्य प्रयोग[सम्पादन गर्नुहोस्]

प्राकृतिक चिकित्सामा अँडिरको तेल अल्सर[१३] लगायतका मानव स्वास्थ्यको विभिन्न अवस्थाको उपचारमा प्रयोग गरिदै आएको छ।[१४] यसको प्रयोगले छालाको क्यान्सरको उपचारमा मद्दत पुग्ने दावी गरिएको छ। तर, अमेरिकन क्यान्सर सोसाइटी अनुसार, "उपलब्ध वैज्ञानिक प्रमाणले छाला क्यान्सर वा अन्य कुनै पनि रोग उपचारमा अँडिरको तेल मद्दत गर्ने कुरामा समर्थन गर्दैन।"[१५]

कोटिङ[सम्पादन गर्नुहोस्]

अँडिरको तेल पोलिथिन उद्योगमा जैविक पोलिओलको रूपमा प्रयोग गरिन्छ। अँडिरको तेलको औसत कार्यक्षमता (हाइड्रोसिल समूहको संख्या प्रति ट्राइग्लिसिराइड अणु) २.७ हुने हुनाले यसलाई व्यापक रूपमा पोलिओल र कोटिङ रूपमा प्रयोग गरिन्छ।[१]

सुरक्षा[सम्पादन गर्नुहोस्]

अँडिरको बीउमा राइसिन नामक एक विषाक्त प्रोटिन पाइन्छ। तेल निकाल्ने प्रक्रियाको दौरान तापको कारण यसमा रहेको प्रोटिनको प्राकृतिक अवस्था परिवर्तन तथा निस्कृय हुन पुग्छ। तर, अँडिरको बीउ सङ्कलन गर्ने कार्य जोखिम रहित नहुन सक्छ।[१६] अँडिरको बोटको सतह पाइने एलर्जेनिक तत्वले स्नायूलाई स्थायी रूपमा क्षति पुर्याई मानव स्वास्थ्य जोखिम बनाउने काम गर्छ। भारत, ब्राजिल, चीन प्रमुख बाली उत्पादकह राष्ट्रहरू हुन्, यहाँ यससँग सम्बन्धित भएर काम गर्नेका कामदारहरूलाई हानिकारक प्रभाव पार्न सक्छ।[१७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Thomas, Alfred (२००५), "Fats and Fatty Oils", Ullmann's Encyclopedia of Industrial Chemistry, Weinheim: Wiley-VCH, डिओआई:10.1002/14356007.a10_173 
  2. Casselman, William Gordon, "Castor", Bill Casselman's Canadian Word of the Day, अन्तिम पहुँच २०१४-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-०३ मिति
  3. Aldrich Handbook of Fine Chemicals and Laboratory Equipment, Sigma-Aldrich, २००३। [Full citation needed]
  4. ४.० ४.१ Mutlu, H; Meier, MAR (जनवरी २०१०), "Castor oil as a renewable resource for the chemical industry", European Journal of Lipid Science and Technology 112 (1): 10–30, डिओआई:10.1002/ejlt.200900138 
  5. "July 2007 commodity price for Indian castor oil", मूलबाट सेप्टेम्बर २७, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२७ मिति
  6. "Seed oil prices", United States Department of Agriculture, जुलाई २००७, पृ: ३१, मूलबाट अप्रिल ६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "Ingredient List A-C", FDA (see page 52 of this link), मूलबाट २००६-१२-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-१२-२८ 
  8. "The Amazing Health Benefits and Uses of Castor Oil", www.healthyandnaturalworld.com, Healthy and Natural World, अन्तिम पहुँच ३ जुन २०१६ 
  9. Kelly, AJ; Kavanagh, J; Thomas, J (२०१३), "Castor oil, bath and/or enema for cervical priming and induction of labour", Cochrane Database of Systematic Reviews (7): CD००३०९९, डिओआई:10.1002/14651858.CD003099.pub2 
  10. Marmion, LC; Desser, KB; Lilly, RB; Stevens, DA (सेप्टेम्बर १९७६), "Reversible thrombocytosis and anemia due to miconazole therapy", Antimicrobial Agents and Chemotherapy 10 (3): 447–9, डिओआई:10.1128/aac.10.3.447, पिएमआइडी 984785, पिएमसी 429768  See page 1, Methods and Materials.
  11. Fromtling, RA (१ अप्रिल १९८८), "Overview of medically important antifungal azole derivatives", Clinical Microbiology Reviews 1 (2): 187–217, पिएमआइडी 3069196, पिएमसी 358042  See page 6, /192, Clinical studies
  12. Micha, JP; Goldstein, BH; Birk, CL; Rettenmaier, MA et al. (फेब्रुअरी २००६), "Abraxane in the treatment of ovarian cancer: the absence of hypersensitivity reactions", Gynecologic Oncology 100 (2): 437–8, डिओआई:10.1016/j.ygyno.2005.09.012, पिएमआइडी 16226797 
  13. "Cyst Treatment", earthclinic.com, १० अप्रिल २०१५, मूलबाट १३ अप्रिल २०१५-मा सङ्ग्रहित। 
  14. "Castor Oil Health Benefits", homeremediesweb.com, अन्तिम पहुँच २०१५-१०-०२ 
  15. "Castor Oil", American Cancer Society, मार्च २०११, मूलबाट २०१३-०२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-०९ मिति
  16. Auld, DL; Pinkerton, SD; Rolfe, R; Ghetie, V et al. (मार्च–अप्रिल १९९९), "Selection of castor for divergent concentrations of ricin and ricinus communis agglutinin", Crop Science 39 (2): 353–7, मूलबाट २००८-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०७-३१ 
  17. "Hazards of harvesting castor plants", अन्तिम पहुँच २००७-०७-३१  वेब्याक मेसिन अभिलेखिकरण २००७-०८-२५ मिति[अविश्वसनीय स्रोत?]