अनलाइन पत्रकारिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



अनलाईन वा इन्टरनेट संचार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाईन संचारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ । विश्वका विकसित मुलुकहरूले अनलाईन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानुनको व्यवस्था समेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ ।

पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ। छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ।

इतिहास[सम्पादन गर्ने]

सन् १९६९मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्प्युटरको नेटवर्क अर्पानेटबाट प्रयोगात्मक रूपमा सूचनाहरू आदान–प्रदान गर्न सुरु गरेका थिए। सन १९७०मा यसले टेलिटेक्स र भिडियो टेक्सको रूपमा विकास भयो। १९९०मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरू बनाउनको लागि अत्यावश्यक एचटीएमएल कोडहरूको विकास गरे । जसवाट वेबपेजको निर्माण सम्भव भयो ।


तर, पहिलो अनलाईन पत्रिकाको प्रारम्भ भने सन् १९९०मा प्रवेश भयो । १९९२मा अमेरिकाको शिकागो ट्रिव्यन अनलाईनको रूपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तवमा अनलाईन पत्रकारिताको शुरुवात भएको मानिन्छ ।

नेपालको इतिहास[सम्पादन गर्ने]

प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्टि सञ्चारमाध्यममहरू धेरै अगाडि नै अनलाईन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन। १९९३ वाट अनलाईन पत्रकारीताको विकासले तिव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाईन पत्रकारीताको प्रारम्भ भइसकेको थियो।

नेपालमा अनलाईन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ। उसले सन् १९९५मा साउथ–एसिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाईन पत्रकारीताको प्रारम्भ गरेको थियो। सम्भवत यो एसियाकै पहिलो ई–पत्रिका हुनसक्छ। मर्कन्टाइलले नै सन १९९८मा नेपाल न्यूज डटकमको रूपमा आफ्नै अनलाईन पत्रिकाको शुरुवात गर्‍यो। प्रारम्भमा नेपालन्यूजले आफैं समाचार राख्नेदेखि लिएर अन्य पत्रिकाहरूलाई समेत आफ्नो साइटमा हालिदिने अन्य पत्रिकाहरूलाई समेत अनलाईको संसारमा प्रवेश गरायो। उसले प्रारम्भमा कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशन लगायत अन्य कतिपय साप्ताहिक र मासिक प्रकाशनहरू नेपालन्युजमा राख्ने महत्वपूर्ण काम गर्‍यो। नेपालन्युजपछिको नेपाली ई–पत्रिकाको रूपमा नेपालीपोष्ट डटकमलाई लिइन्छ। अमेरिका पुगेका पत्रकार गिरिश पोखरेलले यसको प्रारम्भ गरेका थिए र अहिलेसम्म पनि सञ्चालीत छ। यो नेपाली भाषाको पहिलो अनलाईन पत्रिकाको रूपमा लिइन्छ। नेपालन्युज मार्फत अनलाईनको दुनियामा छिरेको कान्तिपुर पश्लिकेशनले सन द्दण्ण्ण्मा कान्तिपुरअनलाईन डटकमको नाममा ई–पत्रिकाको प्रकाशन प्रारम्भ गर्‍यो। यसले आफ्नो मुल नाम (डोमेन) ईकान्तिपुर डटकम राखेको छ। यो अङ्ग्रेजी र नेपाली दुबै भाषामा छ। अनलाईन पत्रकारीताको विकास बढ्दै गएपछि कुनै प्रकाशन गृह विना नै स्वतन्त्र रूपमा समेत समाचार पोर्टलहरूको प्रारम्भ हुनथाल्यो। विस्तारै यसमा नेपाल बाहिर रहेका नेपालीहरूको सक्रियता बढ्न थाल्यो भने नेपाल भित्र पनि ई–पत्रिकाको संख्या बढ्दै गए। अनलाईन पत्रिकाको माग बढ्दै गएपछि छापा, ध्वनी र दृष्यमा आधारित सञ्चार माध्यमहरू पनि अनलाईनमा छिरेका छन। अहिले छापाका गोरखापत्र, कान्तिपुर, अन्नपूर्णपोष्ट, दि हिमालयन टाइम्स, नेपाल समाचार पत्र, नयां पत्रिका, जनदिशा, राजधानी सबै इन्टरनेट संस्करणमा छन। साप्ताहिकमा पनि धेरै जसो इन्टरनेटमा छिरिसकेका छन। विक्लीनेपाल डटकममा देशान्तर, दृस्टि, जनआस्था, बिमर्श, लगायतका साप्ताहिक पत्रिकाहरू पढ्न पाइन्छ।

अनलाईन पत्रकारका सिप[सम्पादन गर्ने]

अनलाईन पत्रकारीताका लागि परम्परागत सञ्चारमाध्यमका लागि आवश्यक पर्ने सिपका साथ थप केही विशिष्ट सिप आवश्यक देखिन्छ।

  • कम्प्युटरको ज्ञान : अनलाईन पत्रकारीताका कम्प्युटरविना सम्भव छैन। त्यसैले तपाईं अनलाईन पत्रकारका लागि पहिलो शर्त भनेको कम्प्युटर सम्बन्धी ज्ञान हो। यसमा वेभ डिजाइनिङ्ग सम्बन्धी सामान्य ज्ञान, फोटोसपको ज्ञान थप भए उत्तम हुन्छ।
  • सूचना प्रविधिको जानकार : अनलाईन पत्रकारको काम नै सूचना प्रविधिसँग खेल्ने भएकाले उसमा सूचना प्रविधिको सामान्य ज्ञान हुनु जरुरी छ।
  • डिजिटल प्रविधिको जानकार : अनलाईन पत्रकारीतामा उपयोग गरिने सामाग्रि प्राय डिजिटल हुन्छन्। त्यसैले अनलाईन पत्रकारले रेकर्डर तथा क्यामरा उपयोग गर्दा डिजिटल सामाग्रिको प्रयोग गर्नुपर्छ।
  • भाषामा अब्बल : अनलाईन पत्रकारीता सबैभन्दा छिटो भन्ने मुल मन्त्रका साथ अगाडि बढिरहेकाले अन्य विधामा भन्दा अनलाईनमा भाषाको समेत राम्रो दखल भए उत्तम हुन्छ। समाचारदाताले लेख्ने, डेक्स सम्पादकले सम्पादन गरी पुन भाषा सम्पाकले भाषा हेरी प्रकाशित गर्न सम्भव छैन।

चुनौती[सम्पादन गर्ने]

सिमित अवसर : विकसित राष्ट्रहरूमा परम्परागत मिडियालाई विस्थापित गराउने हदसम्मको पहूचमा अनलाईन पत्रकारीताको विस्तार भएपनि नेपालमा आशा अनुरूपको विकास हुन सकेको छैन। फाट्टफुट्ट रूपमा केही ठूला मिडिया हाउसहरू अनलाईन पत्रकारीतामा आए पनि उनीहरूको प्राथमिकता परम्परागत मिडिया मै बढि छ। जसका कारण सोचे अनुरूप नेपालमा अनलाईन पत्रकारीताको विकास हुन नसक्दा अवसर केही सिमित छन। इन्टरनेट प्रयोगकर्ताको अभाव : नेपालको कुल १५ प्रतिशत नागरिकको इन्टरनेटमा पहुंच रहेको छ। यसका प्रयोगकर्ताको संख्या सन २००७को अन्त्यसम्ममा २ लाख ५० हजार पुगेको अनुमान छ। त्यसमा पनि अनलाईनको पाठक सिमित छन। इन्टरनेटमा सहज पहुँचको अभावमा नेपालमा सोचे अनुरूप अनलाईन पत्रकारीता जम्न सकेको छैन। अस्पष्ट सरकार : अनलाईन पत्रकारहरूको लामो संघर्षपनि सरकारले परम्परागत सञ्चारमाध्यमलाई झै अनलाईन पत्रकारीतालाई समेत राज्यस्तरवाट मान्यता दिएपनि सरकार अझै अन्यौलमा देखिन्छ। अनलाईन पत्रकारीतालाई परिभाषित गरी बर्गिकरण गर्ने विषयमा सरकार उदासिन छ। जसका कारण अनलाईन पत्रकारीताको विकासमा बाधा पुगिरहेको छ।

=== उज्याला पक्षहरू ===

बढ्दो सहभागिता : संस्थागत र ब्यक्तिगत दुबै रूपमा अनलाईन पत्रकारहरूको संख्या बढ्दै गएको छ। परम्परागत संञ्चार गृहरूले समेत संस्थागत रूपमा अनलाईन पत्रिकाका लागि छुट्टै समुह राखेर आर्कषक पारिश्रमिकको व्यवस्था गर्न थालेका छन।

प्रभावकारी : परम्परागत अन्य सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीता सस्तो र प्रभावकारी छ । विश्वमा छरिएर रहेका कुनैपनि ब्यक्ति अनलाईन पत्रीकाको पाठक हुनसक्छन। जो अन्य परम्परागत मिडियामा सम्भव छैन। सूचना सञ्जालमा छिरेर छोटो समयमै पाठकहरू खेज्न सकिन्छ ।

अहिले नेपालका हरेक सूचना प्रवाह गर्न अनलाईन खबर डट कम, कान्तिपुरडेली डट कम, बाह्रखरी डट कम, ७७ जिल्लामा संचालित साझा सबाल डट कम, सेतोपाटि डट कम, काठमाडौं टुडे डट कम, रातोपाटि ई कान्तिपुर डट कम, नागरिक न्युज डट कम, इमेज खबर डट कम, उज्यालो अनलाइन डटकम, अन्नपुर्णपोस्ट डटकम, नयाँ पेज डटकम, समाचारपाटि डटकम, नेपाल जापान डट कम, नेपाल न्युज डट कम, हिमाल खबर डट कम, ई जमाना डट कम, नेपाली पोष्ट डट कम नेपाल दुबई डट कम नेपाल युके डट कमजस्ता दर्जनौ अनलाईन लागेका छन् ।अनलाइन मिडियाकाे विकास क्षेत्रीय र स्थानीय रूपमा पनि हुन थालेका छन् । जस्तै १ नम्बर प्रदेशकाे चर्चित पत्रिका ब्लाष्ट दैनिकले पनि अाफ्नाे अनलाइन संस्करण ब्लाष्टखबर डटकम सुरू गरेकाे छ । याेगेशबाबु काफ्लेकाे सम्पादनमा उक्त अनलाइन अहिले सञ्चालीत छ । १ नम्बर प्रदेशकाे प्रतिनिधि अनलाइनकाे रूपमा याे स्थापित हुदै छ । अनलाईन मिडिया एसोसिएसनकॊ केही महिना अघिको तथ्याङ्क अनुसार हाल नेपाली भाषाका समाचारमूलक ५६७ बढी अनलाईन संचालनमा छन् भने अङ्ग्रेजी भाषामा दर्जन बढी रहेका छन् ।