अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)
गठन५ अक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स
प्रकारअन्तर्राष्ट्रिय सङ्गठन
उद्देश्यप्राकृतिक संरक्षण, जैविक विविधता, Nature-based solutions
सेवा क्षेत्र
विश्वव्यापी
प्रमुख व्यक्ति
जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक)
हाङ जिनसेङ (अध्यक्ष)
कर्मचारीहरू
१००० भन्दा बढी (विश्वव्यापी)
वेबसाइटIUCN

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित अन्तर्राष्ट्रिय सङ्गठन हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरणविकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । सङ्घ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "खतरायोग्य प्रजातिको रातो सूची" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरूलाई प्रदर्शित गर्दछ ।[१]

स्थापना[सम्पादन गर्नुहोस्]

आईयूसीएनको स्थापना ५ अक्टोबर १९४८ मा फ्रान्सको फन्टेनब्लोमा भएको थियो, जब युनेस्कोद्वारा प्रेरित सरकार र संरक्षण संगठनका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूपीएन) गठन गर्ने औपचारिक ऐनमा हस्ताक्षर गरे। नयाँ संगठन स्थापना गर्ने पहल युनेस्को र विशेष गरी यसको पहिलो महानिर्देशक, ब्रिटिश जीवविज्ञानी जुलियन हक्सलेबाट भएको थियो ।

युनेस्कोका प्रथम महानिर्देशक जुलियन हक्सले आईयूसीएन स्थापना गर्ने पहल गरे। यसको स्थापनाको समयमा आईयूसीएन प्रकृति संरक्षणको सम्पूर्ण क्षेत्रमा केन्द्रित एकमात्र अन्तर्राष्ट्रिय संगठन थियो (पक्षीहरूको संरक्षणको लागि एक अन्तर्राष्ट्रिय संगठन, हाल बर्डलाइफ इन्टरनेशनल, सन् १९२२ मा स्थापित भएको थियो)।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Planet Of No Apes? Experts Warn It's Close CBS News Online, 2007-09-12. Retrieved 2008-03-22.

बाह्य लिंक[सम्पादन गर्नुहोस्]