सामग्रीमा जानुहोस्

अप्रिल क्रान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अप्रिल क्रान्ति

अप्रिल क्रान्ति वा अप्रिल १९ क्रान्ति (कोरियाली: 4·19 혁명, अङ्ग्रेजी: April Revolution) दक्षिण कोरियामा सन् १९६० अप्रिलमा विद्यार्थी युनियन र श्रमिक संघको नेतृत्वमा सिंगमान रिको गणतान्त्रिक सरकार हटाउन गरिएको आन्दोलन हो । रिको राजिनामासँगैँ दोस्रो गणतान्त्रिक सरकारको स्थापना भएको थियो । मार्च १९६० को चुनावी विरोधमा अश्रुग्यासबाट मारिएका एक विद्यार्थीको शव पाएपछि अप्रिल क्रान्ति प्रभाव पारेको थियो ।

राष्ट्रपति रीले सन् १९४८बाट आफ्नो कार्यभार सम्हालेका थिए तर सिमित आर्थिक र सामाजिक विकासबाट समाजिक रूपमा उनी अप्रिय बन्दै थिए । सत्तामा बसिरहन संविधान शंसोधनले उनलाई झन् भ्रष्ट देखाएको थियो ।[]

अमेरिकाले आर्थिक सहयोग $३८२,८९३,०००बाट (सन् १९५७) $२२२,२०४,००० (सन् १९५९) पुर्यायो । रि यसबारे चिन्तित बने र आफ्नो राजनीतिक वर्चस्वका लागि परे ।[] सन् १९५८ डिसेम्बरमा उनले राष्ट्रिय सुरक्षा कानुन संशोधन गरी प्रेस स्वतन्त्रता हटाए र विपक्षी सदस्यहरूलाई चुनावमा भाग लिन नपाउने बनाए ।

सन् १९६० को चुनावी दौडमा रिसँग दुई मुख्य पार्टी थिए । सानो प्रोग्रेसिभ पार्टी, यसले सन् १९५६को चुनावमा एक लाख भोट पाएको थियो । यस पार्टीको नेतृत्व चो बोंग एमले गरेका थिए । अर्को प्रजातान्त्रिक पार्टीको नेतृत्व छो प्योङ ओकले गरेका थिए । जुलाई १९५९ मा रीले छो बोंग एमलाई कम्युनिस्ट रहेको आरोप लगाए, छोलाई कारावासको सजाय भई पछि मृत्युदण्ड दिइयो ।[] छो प्याइ ओकले पेटको शल्यक्रियाका लागि पुगे पनि उनको त्यहीँ मृत्यु भयो ।

मार्च १९५० मा उपराष्ट्रपतिको पदमा रीका पार्टीका लि-कि पुङ निर्वाचित भए, लि विमार थिए र चुनावी प्रचारमा संलग्न थिएनन् । लिले आफ्ना विपक्षी उम्मेदवार च्याङलाई भारी मतले हराएकाले यस चुनाव स्वच्छ नभएको अट्कल काटियो ।[] कोरियाली एक रिपोर्ट अनुसार चुनावको दिनमा सयौँ ब्यालेट बाकसहरू पहिल्यै भरिएका थिए ।[]

मासन विरोध र्याली

[सम्पादन गर्नुहोस्]

मार्च १५, १९६० मा मासान (마산, दक्षिण कोरियाको पूर्व राजधानी) मानिसहरू चुनावी घुसपैठको विरोधमा निस्किए । मुख्यत: प्रजातान्त्रिक पार्टीका सदस्यहरू यसमा सक्रिय थिए । प्रहरीहरूले फायरिङ सुरु गरे भने आन्दोलनकारीहरूले डुङ्गा प्रहार गरे ।

अप्रिल ११ मा किम जु युलको शव फेला पर्यो । किम मार्च १५ को आन्दोलनमा सहभागी थिए । अधिकारकर्मीहरूले पानीमा डुबेर मृत्यु भएको भने पनि किमको शिरमा गहिरो चोटले अश्रुग्यासको ग्रेनाइट प्रहारले मृत्यु भएको प्रमाणित गर्यो । यही घटना नै अप्रिल १९ को मुख्य आन्दोलनको श्रेय बन्यो । मासनमा तीन दिनसम्म लगातार आन्दोलन भइरहे ।[]

अप्रिल १८ मा कोरियाली विश्वविद्यालयले समेत शान्तिपूर्ण विरोध र्यालीहरू सुरु गरे ।

अप्रिल १९ विद्यार्थीहरूले कोरिया विश्वविद्यालयबाट ब्लु हाउ (राष्ट्रपति निवास) सम्म विरोध प्रदर्शन गर । प्रहरीहरूद्वारा १८० जनाको मृत्यु र हजारौंको सङ्ख्यामा मानिसहरू घाइते भए ।[]

अप्रिल २५, १९६० मा विद्यार्थीहरू सँग प्राध्यापक र सर्वसाधारणको मानव सागर निस्कियो । प्रहरीहरूले आन्दोलनकारीहरू लाई दबाउन हिच्किचाए ।[]

रीको राजीनामा

[सम्पादन गर्नुहोस्]

२६ अप्रिल १९६० मा रीले राजीनामा दिए । २७ अप्रिल १९६० मा लि-कि पुङको सपरिवारको हत्या हुन पुग्यो ।[] अप्रिल २८ मा मासान घटनाको दोषी मानी गृहमन्त्री चोल-इन क्युले राजीनामा दिए ।

सम्पूर्ण घटना पश्चात्

[सम्पादन गर्नुहोस्]

लिबरल पार्टी लीको राजिनामासँगै अन्त भयो । दक्षिण कोरियाले राष्ट्रपतिको शक्ति हटाउन अदालतीय प्रणाली अपनायो । १३ अगस्त १९६०मा युन बो सिन राष्ट्रपति भए ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Kim, C. I. Eugene, and Ke-soo Kim (1964). "The April 1960 Korean Student Movement", The Western Political Quarterly, 17(1).
  2. (1995) KBS National Institute for International Education Development. "The History of Korea", Ministry of Education Korea Seoul
  3. Andrew C. Nahm and James E. Hoare, Historical Dictionary of the Republic of Korea (Scarecrow Press, 2004), p21
  4. South Korea: a Country Study, United States Government Printing, पृ: ३४, आइएसबिएन 978-0160403255 
  5. "60 Years of the Republic: The End of Syngman Rhee's Rule", The Chosun Ilbo, ७ जुलाई २००८, अन्तिम पहुँच ३ डिसेम्बर २०१३ 
  6. Rhee, Moon Young (अप्रिल १८, २०११), "4·19때 경찰이 계엄사령관에 총탄 10만발 빌려달라 요청", Hankyoreh, अन्तिम पहुँच २०१३-०५-०५ 
  7. Brazinsky, Gregg, Nation Building in South Korea, The University of North Carolina Press, आइएसबिएन 978-0807861813 
  8. Tennant, Roger (1996). "A History of Korea", Kegan Paul International London and New York

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]