अम्ल वर्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
अम्ल वर्षा

विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, सल्फर डाइअक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्याँसहरू हुन्छन्। यी ग्याँसहरू वायुमण्डलमा रहेको जलवाष्पसँग धुल्दा अम्ल बन्दछ। सोही अम्ल पृथ्वीमा पानी वा असिनाका रूपमा वर्षन्छ। यसैलाइ अम्लिय वर्षा भनिन्छ। यस्तो वर्षाले पृथ्वीमा रहेका समस्त प्राणि तथा बनस्पति, भौतिक निर्माण तथा माटोको उर्वराशक्ति समेत असर पुर्‍याएको हुन्छ। अम्लिय बर्षा बारे सर्वप्रथम जानकारि गराउने वैजानिक रोबर्ट अङ्गुस स्मिथ(Robert Angus Smith) हुन्।[१]

अम्ल वर्षा का कारण[सम्पादन गर्ने]

कोइला, डिजेल वा पेट्रोल जल्दा त्यहाँबाट कार्वन डाई अक्साईडको अलावा सल्फर डायोअक्साइड र नाइट्रोजन डायोअक्साइड उत्पन्न भएर हावामा फैलिने गर्छ। यी ग्यासहरू हावामा भएका जलवाष्पसँग मिसिने गर्दछन् र यसबाट अम्ल अर्थात् एसिडको निर्माण हुन पुग्छ। हावामा मिसिएका कारण सजिलै तिनीहरू धेरै दूरीसम्म पनि फैलिन सक्छन् र अन्ततः जमीनमा अम्ल वर्षको रूपमा वर्षने गर्छन्। कहिलेकाहँ ितनीहरू असिना, हिउँ र हुस्सुमा समेत परिणत भएर जमीनमा खस्ने गर्छन्।

अम्ल वर्षा का परिणाम[सम्पादन गर्ने]

अम्ल वर्षा भएको पानी ताल र स-साना खोलाहरूमा धेरै मिसियो भने त्यहाँ भएका माछा तथा अन्य जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन्। साथै यसले जमीनमा भएको वनस्पतिलाई पनि क्षति पुर्‍याउने गर्दछ। यसले अन्नबालीलाई समेत नष्ट पारिदिन्छ। भनिन्छ सन् १९८४मा जर्मनीमा भएको अम्ल वर्षाले त्यहाँको ब्ल्याक फरेष्ट -घना कालो जङ्गल) नामक जङ्गलको आधा भाग नष्ट गरेको थियो। अम्ल वर्ष खानेपानीमा मिसियो भने यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्छ। साथै अम्ल वषराको कारणले ऐतिहासिक सम्पदा र धरोहरहरूमा समेत क्षति पुग्न सक्छ। विश्वका कतिपय यस्ता सम्पदाहरूमा अम्ल वषराले क्षति पुर्‍याएको उदाहरण छ। वैज्ञानिक अध्ययनबाट पत्ता लागेअनुसार अम्ल वर्षा भएपछि माटोमा रहेको आल्मुनियमलाई विषालु पदार्थमा परिणत गरिदिन्छ। यो विषालु पदार्थले वनस्पतिको जरालाई नष्ट पारिदिन्छ र वनस्पतिहरू मर्ने गर्छन्। यो पदार्थ बगेर ताल वा खोलाको पानीमा मिसिन पुग्यो भने यसले त्यहाँ भएका माछा र अन्य प्राणीका साथसाथै त्यहाँको वनस्पतिलाई समेत नष्ट पारिदिन्छ।

अम्ल वर्षाको निवारण का उपाय[सम्पादन गर्ने]

अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन्। पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन्। त्यसैले अम्ल वर्षाको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ। त्यस्तै सवारी साधनहरूमा 'क्याटलाईटिक कन्भर्टर' लगाउन सकिन्छ। जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ। अम्ल वषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन। जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ। पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ। त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ। यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षाबाट प्रभावित भएको बताइन्छ। अम्ल वर्षाको सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ। त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Kjellstrom, Tord; Lodh, Madhumita; McMichael, Tony; Ranmuthugala, Geetha; Shrestha, Rupendra; Kingsland, Sally (२००६), "Air and Water Pollution: Burden and Strategies for Control", in Jamison, Dean T.; Breman, Joel G.; Measham, Anthony R. et al., Disease Control Priorities in Developing Countries (2nd संस्करण) (World Bank), आइएसबिएन 978-0-8213-6179-5, पिएमआइडी 21250344, अन्तिम पहुँच २०२०-०४-२२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]