अल्बयख्ट डुर्अ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अल्बयख्ट डुर्अ (२१ मे १४७१ – ६ अप्रिल १५२८) एक हङ्गेरियन-जर्मन चित्रकार, तक्षणकार (नक्कासी गर्ने) र गणितज्ञ थिए।[१]

उनको जन्म २१ मे, १४७१ मा र निधन ६ अप्रिल, १५२८ मा जर्मनीको नुम्बर्गमा भएको थियो। उनी पुराना मास्टर प्रिन्ट बनाउनका लागि प्रसिद्ध थिए। उनी अक्सर कुनै विशेष विषयका बारेमा प्रिन्टको एक सेट बनाउने गर्थे। उनको सबैभन्दा प्रसिद्ध सेटहरूमा १४९८ को ​​"एप्पोकलिप्स" र जिसस क्राइस्टको पीडाको कहानी झल्कने दुई शृङ्खला सामिल छन्: १४९८ देखि १५१० सम्मको "द ग्रेट प्यासन", र १५१० देखि १५११ सम्मको "द लिटल प्यासन"।

डुर्अ जर्मनीका एक प्रसिद्ध कलाकार थिए। उनका केही प्रसिद्ध एकल कलाकृतिहरूमा "नाइट, डेथ, एन्ड द डेविल" (१५१३), "सेन्ट जेरोम इन हिज स्टडी" (१५१४) र "मेलान्कोलिया प्रथम" पर्दछन्। उनी "फो हर्समेन अफ दि एप्पोकलिप्स" (१४९७-१४९८) जस्ता आफ्ना उडकट्स का लागि पनि प्रसिद्ध छन्। डुर्अले संभवतः आफ्नो प्रिन्टका लागि काठका ब्लकहरू आफैँ बनाएका थिएनन् अपितु कुनै एक कुशल कलाकारलाई यो काम गर्न लगाएका थिए। उनले तेलमा धार्मिक चित्र र कैयौँ सुन्दर जलरङ्गबाट पनि चित्र बनाए, जो अब आधुनिक प्रतिकृतिहरूका कारण उनका सबैभन्दा प्रसिद्ध कार्यमा गनिन्छन्। डुर्अका प्रिन्टहरूले उनलाई ३० वर्षको हुनुअघि नै पुरा युरोपभरी प्रसिद्ध बनायो कैयौँ व्यक्तिहरू आज पनि उनलाई उत्तरी युरोपमा पुनर्जागरणका सबभन्दा महान कलाकार मान्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Mueller, Peter O. 1993. Substantiv-Derivation in Den Schriften Albrecht Durers, Walter de Gruyter. आइएसबिएन ३-११-०१२८१५-२.

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]