अल नदवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल नदवा
الندوة
प्रकारदैनिक
संस्थापक(हरू)अहमद अल सुबई
प्रकाशकमक्का छापा तथा सूचना स्थापना
प्रमुख सम्पादकअहमद बिन सलेह
Political alignmentसरकारको समर्थक; धार्मिक रूढीवादी
भाषाअरबी
Ceased publicationफेब्रुअरी २०१३
मुख्यालयमक्का
वितरण३०,००० (सन् २००३)
स्थापनासन् १९५८

अल नदवा (अरबी: الندوة‎) अर्थ मञ्च, एसियाली राष्ट्र सउदी अरबको मक्कामा आधारित एक अरबी भाषाको दैनिक समाचार पत्र थियो।[१] यो दैनिक समाचार पत्र सन् १९५८ देखि २०१३ सम्म प्रकाशित भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

अल नदवाको स्थापना सन् १९५८ मा मक्कामा भएको थियो। यस दैनिक समाचार पत्रको संस्थापक अहमद अल सुबाई हुन्। वास्तवमा अल नादवालाई अर्को पत्रिका हेरा ( इस्लाममा पवित्र पहाडको नाम) को साथ यसको हालको नाममा समाहित गरिएको थियो।[२]

उक्त पत्रिकाको प्रकाशक मक्का छापा तथा सूचना स्थापना थियो। अब्दुलाजीज बिन मोहिद्दिन खोजा प्रकाशन र छापाका लागि मक्का प्रतिष्ठानको साधारण सभाका अध्यक्ष थिए।[३][४] यसका संस्थापक अहमद बिन सालेह थिए।[५]

सन् २००३ मा, यस समाचार पत्रले गम्भीर आर्थिक कठिनाई सामना गरेको थियो।[६] फेब्रुअरी २०१३ मा, यो तिर्न बाँकी आर्थिक बक्यौताको कारण बन्द भएको थियो।[४][७]

यस समाचार पत्रलाई सरकारको समर्थकको रूपमा लिन्थ्यो।[८] यसलाई धार्मिक रूढीवादी समाचार पत्रको रूपमा पनि वर्णन गरिएको थियो।[९] सन् १९९० को दशकको सुरुमा पत्रिकाको अनुमानित वितरण २५,००० र ३०,००० बीचमा रहेको थियो।[९] सन् २००३ मा यसको वितरण ३०,००० रहेको थियो।[१]

यद्यपि पत्रिकाको उच्च वितरणको स्तर भने रहेको थिएन, तर यसले मक्काको गृहनगरका लागि समाचार पत्र बन्न र राम्रो सम्पादकीय लेखन परिणामको रूपमा एक विशेष स्थिति प्राप्त गरेको थियो।[१०]

सानो वितरणमा यसको प्रभाव देखिन गाह्रो बनाउने भन्दै अमेरिकी कूटनीतिक सञ्जालहरूले सङ्केत गरेका थिए।[१०]

प्रकाशित सामग्रीहरू[सम्पादन गर्नुहोस्]

साउदी सरकारले यस घटनाको सम्बन्धमा स्पष्ट आधिकारिक अडान प्रस्तुत गर्नु भन्दा पूर्व सन् १९९० मा अल नदवाले कुवेतमा इराकी आक्रमणको निन्दा गर्ने एक मात्र समाचार पत्र हो भनेर अमेरिकी कूटनीतिक सञ्जाले बताएका थिए।[९] यसको अतिरिक्त, सन् १९९० को दशकमा चरमपन्थी धारणाको आलोचना गर्दै लेखका श्रृङ्खलाहरू यस पत्रिका प्रकाशित भएको थियो। यी आलोचनाहरूको लक्ष्य प्रारम्भमा सुडानी हसन अल तुराबी जस्ता गैर साउदी इस्लामिक व्यक्तित्वहरू रहेका थिए।[११] यद्यपि, पछि यस समाचार पत्रले सफार अल हवाली र अयध अल कर्नीको आलोचना गर्न थालेको थियो। यी दुई साउदी इस्लामी व्यक्तिहरूको बिरूद्ध गरिएको आलोचनाले जनतामा क्रोधको कारक बनेको थियो। परिणाम स्वरूप, स्तम्भकार यूसुफ दमानहौरीलाई समाचार पत्रको सम्पादक विभागबाट हटाइएको थियो।[११] यस समाचार पत्र सउदीका अन्य दैनिक समाचार पत्र जस्तो नभई सन् २००२ मा मक्कामा कन्या विद्यालयमा आगजनीको घटनाको बारेमा पनि आफ्नो विचार सार्वजनिक गरेको थियो। मुत्तावाले (इस्लामी धार्मिक प्रहरी) उद्धारकर्मीहरूको प्रयासलाई रोक्न खोज्दा पन्ध्र कन्या विद्यार्थीको मृत्यु भएको थियो।[१२] यसबाहेक, उक्त कागजका तत्कालीन सम्पादक प्रमुख अब्दुल रहमान साद अलोराबीले पीडित र जीवित कन्या विद्यार्थीहरूको परिवारका महिलासँग अन्तर्वार्ताका लागि महिला पत्रकारहरूलाई रोजगारी प्रदान गरेका थिए।

यस समाचार पत्रले खुला रूपमा नकारात्मक शारीरिक अवस्थाहरूको बारेमा प्रतिवेदन प्रस्तुत गरेको थियो।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ विलियम ए रफ (सन् २००४), Arab Mass Media: Newspapers, Radio, and Television in Arab Politics, ग्रिनउड पब्लिसिङ ग्रुप Group, पृ: ६१, आइएसबिएन 978-0-275-98212-6, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१३ 
  2. सोबैली, अब्दुल एस (१९७१), "An historical and analytical study of broadcasting and press in Saudi Arabia", ओहायो राज्य विश्वविद्यालय, अन्तिम पहुँच १९ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१९ मिति
  3. सानन इ मार्टिन; डेभिड ए कोपल्याण्ड (सन् २००३), The Function of Newspapers in Society: A Global Perspective, वेष्टपोर्ट: प्रागर पब्लिसर्स, आइएसबिएन 0-275-97398-0, अन्तिम पहुँच १७ मे २०१२ 
  4. ४.० ४.१ Aarti Nagraj (२६ मार्च २०१३), "Revealed: 10 Oldest Newspapers In The GCC", गल्फ विजनेस, अन्तिम पहुँच १४ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  5. साबबाग, महमद अब्दुल घानी (२०१०), "Modernity in Makkah: History at a glance", अरब समाचार, अन्तिम पहुँच १९ मे २०१२ [dead link]
  6. सलाहहुदिन, मुहामद (५ अक्टोबर २००३), "The Future of the Print Media", Arab News, अल मदिना, अन्तिम पहुँच १९ अगस्ट २०१२ 
  7. "Al Nadwa newspaper gets shut", अलापन, १९ फेब्रुअरी २०१३, मूलबाट ११ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ सेप्टेम्बर २०१४ मिति
  8. "अल नदवा", वर्ल्ड प्रेस, अन्तिम पहुँच १७ मे २०१२ 
  9. ९.० ९.१ ९.२ "The Saudi Press: Profiles of individual papers", विकिलिक्स, अप्रिल १९९१, अन्तिम पहुँच १६ मे २०१२ 
  10. १०.० १०.१ टम पियरे नर्जिम; मार्टिन हेरिङटन, सम्पादक (२००३), Good Governance in the Middle East Oil Monarchies, न्यु योर्क: Routledge Courzon, पृ: ११४, अन्तिम पहुँच ३० अगस्ट २०१३  – via Questia (सदस्यता आवश्यक)
  11. ११.० ११.१ अलहसामी, मनसुर जसिम (२०११), Islam and Political Reform in Saudi Arabia: The Quest for Political Change and Reform, न्यु योर्क: राउटलेज, पृ: 112। 
  12. क्रिष्टोफर डिके; रड नर्डल्याण्ड (२१ जुलाई २००२), "The Fire That Won't Die Out", Newsweek, अन्तिम पहुँच १६ मे २०१२ 
  13. "Mecca residents feel abandoned by Saudi government", खालिज टाइम्स, १४ अप्रिल २००७, मूलबाट १० सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]