आइक्युटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइक्युटेल
निर्माणकर्ता (हरू)आइक्युटेल डटकम, सिमित दायित्व कम्पनी
सञ्चालन प्रणालीवेब, क्रोम, एन्ड्रोइड, आइओएस
प्रकारउत्पादकता सफ्टवेयर तथा व्यक्तिगत कार्य प्रवन्धन
अनुमति पत्रस्वामित्व
वेबसाइटआधिकारिक वेबसाइट

आइक्युटेल एक उत्पादकता अनुप्रयोग हो जसले प्रयोगकर्ताहरूलाई ई-डाँक, कार्य, परियोजना, पात्रो, सम्पर्क, एभरनोटका सामग्री लगायतका अधिक एकल अनुप्रयोगमा प्रबन्ध गर्न अनुमति दिन्छ। आइक्युटेल एक वेब अनुप्रयोगका साथ साथै आइओएसएन्ड्रोइड अनुप्रयोगको रूपमा उपलब्ध थियो। सबै प्रयोगयोगकर्ताहरूका जानकारीहरू स्वत: सबै उपकरणहरू बीच समक्रमित भएको थियो। यसका आइओएस र एन्ड्रोइड अनुप्रयोगहरूले अफलाइन पहुँचलाई समर्थन गर्दथे। यस अनुप्रयोगलाई डेभिड एलेनको गेटिङ थिङ्स डन नामक पुस्तक वर्णन गरिएको अवधारणा र विधिहरूको कार्यान्वयन गर्न पनि प्रयोग गर्न सकिन्छ।[१] कम्पनीको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको न्यू जर्सीमम अवस्थित थियो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

आइक्युटेललाई सन् २०१३ मा रान फ्लामद्वारा विकास तथा सार्वजनिक गरिएको थियो।[३][४]

सन् २०१४ मा, यसको आधिकारिक मोबाइल अनुप्रयोग एन्ड्रोइडआइओएसमा सार्वजनिक गरिएको थियो।[५]

सन् २०१५ मा, प्रिमियम र प्लेटिनम सदस्यता योजनाहरू पेश गरिएको थियो जसले नि: शुल्क प्रयोगकर्ता संस्करणको कायम गरेको थियो।

अप्रिल २०१७ मा, यसको नयाँ वेब अनुप्रयोगको प्रक्षेपण गरिएको थियो।[६]

३१ जुलाई २०१७ मा, आइक्युटेलका सबै सेवाहरू पूर्ण रूपमा बन्द गरिएको थियो।[७][८][९]

उत्पादकता विधि[सम्पादन गर्नुहोस्]

आइक्युटेल, गेटिङ थिङ्स डन (पुस्तक) उत्पादकत्व विधिका साथ उपयुक्त बनाउन बनावट गरिएको थियो। प्रयोगकर्ताहरूले गेटिङ थिङ्स डनका सूचीहरूको प्रयोग गर्न सक्दछन्।[१०][११]

वेब अनुप्रयोग, आइओएस वा एन्ड्रोइड अनुप्रयोगको प्रयोग गरेर, प्रयोगकर्ताहरूले उनीहरूको ईमेललाई द्रुत प्रक्रियामा लागू गर्न सक्दछन्।[१०][१२][१२] ई डाँकलाई कार्य, परियोजना, आदिमा परिवर्तन गरिएको थियो र मूल ई डाँकलाई डाँक बाकसबाट हटाइएको थियो। ई डाँक, सृजना गरिएका वस्तुहरूको अंश बनेको थियो (उदाहरणका लागि कार्य, परियोजना, इत्यादि)। यसलाई जिमेलमा सबै डाँक फोल्डर र गैर जिमेलमा सङ्ग्रह फोल्डरमा पनि हेर्न सकिन्छ।

आइक्युटेल सुविधाहरूमा ई-डाँक, पात्रो, सम्पर्क, सूची प्रबन्धन, साझेदारी र टोलीका सदस्यहरूको सामेल छन्। यसका सबै सुविधाहरू एभरनोटआइक्लाउड जस्ता सामान्यतया प्रयोग हुने सङ्गठन सफ्टवेयरहरूसँग उपयुक्त थिए।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "IQTELL Puts GTD, Notes and Email in a Single Productivity App". लाइफ ह्याकर, अभिगमन मिति २० असोज २०७६
  2. "आइक्युटेल, सिमित दायित्व कम्पनीको जानकारी", टेक क्रञ्च, अन्तिम पहुँच २० असोज २०७६ 
  3. "How to Deal With Email When You're on Vacation" = Archive.today अभिलेखिकरण २०१५-०१-२८ मिति. Base Line, डेनिस म्याककार्फेर्टिद्वारा | २०१४-०७-०३
  4. "4 Productivity tools to help you get things done: IQTell, Wunderlist, Tracky, Basecamp". सूचना प्रविधि प्रो पोर्टल, १६ मे २०१३, केट रूसेलद्वारा
  5. "Overnight Recap: Google Maps Out of Beta, IQTELL, Amazon Coin on Android". म्याक लाइफ, फेब्रुअरी २०, २०१४
  6. "हाम्रो नयाँ वेब अनुप्रयोगको सार्वजनिक गर्दै" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०१ मिति. आइक्युटेलको आधिकारिक उत्पादकता ब्लग, अप्रिल ५, २०१७
  7. "आइक्युटेलको भविष्य" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०१ मिति. आइक्युटेलको आधिकारिक उत्पादकता ब्लग, जून २९, २०१७
  8. केन फ्लेसर, "आइक्युटेल नमूना थियो", ७ जुलाई २०१७, अन्तिम पहुँच २० असोज २०७६ 
  9. डिभिगारो, "आइक्युटेलका सम्पूर्ण सेवा बन्द हुँदै छन्", एभरनोट, अन्तिम पहुँच २० असोज २०७६ 
  10. १०.० १०.१ "IQTELL is ready to super charge your mobile productivity"। ज्याक वालेनद्वारा, टेक रिपब्लिक, फेब्रुअरी २६, २०१४
  11. "Clear your head while quickly navigating your inbox with IQTELL contexts"। ज्याक वालेनद्वारा टेक रिपब्लिक, मार्च ६, २०१४
  12. १२.० १२.१ "If Your Inbox Is Out of Control, IQTELL Might Be the Answer " वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०७ मिति, मेक युज अफ इट ड्यान अलब्राइटद्वार, अभिगमन मिति २६ मार्च, २०१४
  13. "IQTELL: Manage your Emails, Projects and Tasks the smart way' वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०७ मिति आक्स योर एन्ड्रोइड.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]