आब्दुल हामिद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहाम्माद आब्दुल हामिद
মোহাম্মাদ আব্দুল হামিদ
बङ्गलादेशका राष्ट्रपति
पद बहाली
२४ अप्रिल, २०१८-हाल
प्रधानमन्त्रीशेख हासिना वाजेद
पूर्वाधिकारीजिल्लुर रहमान
राष्ट्रिय संसदका सभापति
कार्यकाल
२५ जनवरी २००९ – २४ अप्रिल २०१३
पूर्वाधिकारीजमिरुद्दिन सरकार
उतराधिकारीशिरीन शारमिन चौधुरी]]
राष्ट्रिय संसदका उप सभामुख
कार्यकाल
१४ जुलाई १९९६ – १० जुलाई २००१
पूर्वाधिकारीएल. के. सिद्दिकी
उतराधिकारीआखतार हामिद सिद्दिकी
व्यक्तिगत विवरण
जन्म (1944-01-01) १ जनवरी १९४४ (उमेर ८०)
कामालपुर, मिटामइन, किशोरगञ्ज, बेलायती भारत (वर्तमान बङ्गलादेश)
राष्ट्रियताबङ्गलादेश बङ्गलादेशी
राजनीतिक दलआवामी लीग
अन्य राजनीतिक
संलग्नता
महाजोट (सन् २००८-२०१३)
जीवन साथीरशिदा हामिद[१]
सन्तान(हरू)रेजवान आहम्मद तौफिक
रासेल आहमेद तुहिन
रियाद आहमेद तुषार
स्वर्ना हामिद
मातृ शिक्षाप्रतिष्ठानगुरुदयाल क्याम्पस
पेशाराजनीतिज्ञ
परिचिराजनीतिज्ञ, सभामुख, राष्ट्रपति
पुरस्कारस्वतन्त्रता दिवस पुरस्कार (सन् २०१३)

आब्दुल हामिद (बङ्गाली: আব্দুল হামিদ,जन्म: सन् १९४४ जनवरी १) एक बङ्गलादेशी राजनितीज्ञ तथा बङ्गलादेशका वर्तमान २१औँ राष्ट्रपति हुन्।[२] बङ्गलादेशको राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल सकिएपछि उनले सन् २०१६ जुलाई १४ का दिनबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी सप्तम राष्ट्रिय संसदको उपसभामुखको रूपमा सन् १९९६ जुलाई १४ देखि सन् २००१ जुलाई १० कार्यरत थिए भने उनले सन् २००१ देखि सन् २००१ अक्टोबर ८ सम्म प्रमुख सभामुखको रूपमा भूमिका निर्वाह गरेका थिए। उनले नवौँ राष्ट्रिय संसदको प्रमुख सभामुखको रूपमा सन् १००९ जनवरी २५ देखि सन् २०१३ अप्रिल २४ सम्म कार्यरत रहेका थिए।[३] घातक रोगका कारण बङ्गलादेशका तत्कालीन राष्ट्रिय जिल्लुर रहमानको निधन हुनुभन्दा ६ दिन पहिलेनै सन् २०१३ मार्च १४ का दिन उनी भारप्राप्त राष्ट्रपतिको रूपमा आसित भएका थिए। उनी हाल बङ्गलादेशको राष्ट्रपतिहरूको इतिहासमै सबैभन्दा लामो समयसम्म राष्ट्रपतिको रूपमा रहिरहने पहिला राजनितीज्ञ हुन्।[४][५]

सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको क्रममा उनले महत्त्वपूर्ण योगदान दिएका कारण उनलाई सन् २०१३ मा स्वतन्त्रता दिवस पदकबाट सम्मानित गरिएको थियो।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

हामिदको जन्म सन् १९४४ जनवरी १ का दिन किशोरगञ्ज जिल्ला अन्तर्गत पर्ने मिठामइन उपजिल्लाको कामालपुर गाउँमा भएको। कामालपुर गाउँको एक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका हामिदले निकली जिसी पाइलट उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। किशोरगञ्ज सरकारी गुरुदयाल क्याम्पसबाट हामिदले उच्च माध्यमिक परीक्षा तथा कला स्नातक गरेका थिए। पछि सरकारी गुरुदयाल क्याम्पसको उनी एक प्रमुख कार्यकारीको रूपमा निर्वाचित भएका थिए। उनले बङ्गलादेशका राष्ट्रपित बङ्गोबोन्धु शेख मुजिबुर रहमानको परामर्शमा ढाका केन्द्रिय कानुन क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर गर्न सफल भएका थिए। उनको पेशा एक वकिलको थियो भने उनले किशोरगञ्ज न्यायाधीशको आदालतमा वकालत गर्ने गरेका थिए। उनी किशोरगञ्ज वकालत संस्थाका सभापतिमा समेत चुनिएका थिए।

व्यक्तिगत रूपमा उनी उनको श्रीमती रशिदा हामिदको साथ बस्दै आएका छन् भने रशिदा हामिद किशोरगञ्ज जिल्लाको महिला आवामी लीगकी एक नेत्री हुन्। उक्त दाम्पतीको जेठा सुपूत्र रेजवान आहाम्मद तौफिक बङ्गलादेश आवामी लीग नामक राजनैतिक दलका सांसद सदस्य हुन्। यसबाहेक उक्त दाम्पतीको कान्छा माइला छोरा रासेल आहमेद तुहिन, कान्छा छोरा रियाद आहमेद तुषार र एक छोरी स्वर्ना हामिद छन्।

राजनैतिक कार्यकाल[सम्पादन गर्नुहोस्]

उनले क्याम्पसहरूमा पढ्दा खेरीबाटै राजनीति गर्न सुरु गरेका थिए। उनले आफ्नो राजनैतिक कार्यकालको लगभग सबै समयम बङ्गलादेश आवामी लीगको एक नेताको रूपमा बिताइरहेका छन्। उनी किशोरगञ्ज -४ निर्वाचन क्षेत्रबाट सांसदको रूपमा निर्वाचित भएका थिए भने १०औँ संसदीय चुनावहरू मध्ये उनी ७ पटक सोही निर्वाचन क्षेत्रबाट सांसदको रूपमा निर्वाचित भएका थिए। सन् २००१ मा उनी राष्ट्रिय संसदका विपक्षी दलीय उपनेताको रूपमा रहेका थिए। उनी सन् २००९ जनवरी २५ का दिन बङ्गलादेश राष्ट्रिय संसदको वर्तमान संसद सदस्यको रूपमा संसदको सभामुखको रूपमा नियुक्त भएका थिए।

२०औँ राष्ट्रपतिको रूपमा[सम्पादन गर्नुहोस्]

सन् २०१३ मार्च १४ का दिन उनी बङ्गलादेशका २०औँ राष्ट्रपतिको रूपमा निर्विरोध निर्वाचित भएका थिए। सन् २०१३ अप्रिल २१ का दिन उनले बङ्गलादेशको एक क्षमताशील राजनैतिक दल बङ्गलादेश आवामी लीगको एक राजनितीज्ञको रूपबाट उनले राष्ट्रपति पदका लागि मनोनयनपत्र दाखिल गरेका थिए। कुनै अन्य उम्मेदवारले राष्ट्रपतिको रूपमा मनोनयन पत्र दाखिल नगरेका कारण बङ्गलादेश निर्वाचन आयोगमा मुख्य निर्वाचन आयुक्त काजी रकिबउद्दिन आहमदले २० अप्रिलका दिन उनलाई बङ्गलादेशको राष्ट्रपति घोषित गरेका थिए।[६] हामिद राष्ट्रपतिको रूपमा निर्विरोध निर्वाचित हुनु भन्दा पहिला उनी बङ्गलादेशको सभामुखको रूपमा कार्यरत थिए भने उनी राष्ट्रपति बनिरहेपछि सभामुख पद खाली भएको थियो। यसअधि बङ्गलादेशका पूर्व राष्ट्रिय आब्दुर रहमान विश्वास सन् १९९१ मा ५औँ राष्ट्रपतिको रूपमा निर्वाचित हुने बेलामा पनि विश्वास संसदका सभामुख थिए। नवनिर्वाचित राष्ट्रपति हामिदले सन् २०१३ अप्रिल २४ का दिन राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरिसकेपछि सभामुखको रूपमा शत्तकत आलीले शपथ लिएका थिए।[७]

आब्दुल हामिद सन् २०१७ फेब्रुअरी ७ का दिन लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपतिको रूपमा निर्विरोध निर्वाचित भएका थिए भने उनले सन् २०१७ अप्रिल २४ का दिन पुनर्निर्वाचित राष्ट्रपतिको रूपमा शपथ लिएका थिए।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Eight receive Independence Awards"। bdnews24.com। २०१३-०३-२५। सङ्ग्रह मिति २०१३-०४-२१ 
  2. "জাতীয় সংসদের স্পিকারদের তালিকা" (बंगाली भाषा)। २०१८-०२-१५। 
  3. ""Speaker's Biography". Bangladesh Parliament. Retrieved 22 March 2011." (PDF)। सङ्ग्रह मिति २६ नोभेम्बर २०१८ 
  4. "বাংলাদেশের রাষ্ট্রপতি হাসিনাকে সরকার গঠনের আমন্ত্রণ জানিয়েছেন", The Hindu (ইংরেজিमा), PTI, २०१९-०१-०३, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२०-०५-१४ 
  5. "রাষ্ট্রপতি হামিদ একটি অনন্য রেকর্ড করেছেন", দ্য ডেইলি স্টার (ইংরেজিमा), २०१८-०४-२५, अन्तिम पहुँच २०२०-०५-१४ 
  6. Hamid elected president, retrieved: 23 April, 2013
  7. ""Former Presidents:Abdur Rahman Biswas" (HTML)। Official website of the Bangabhaban (The president house of bangladesh). Retrieved 2008-04-17"। सङ्ग्रह मिति २०१३-०४-२३ 
  8. "আরও ৫ বছরের জন্য রাষ্ট্রপতি আবদুল হামিদ"দৈনিক প্রথম আলো (बंगाली भाषा)। २४ अप्रिल २०१८। सङ्ग्रह मिति १ जनवरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

पूर्ववर्ती:
आब्दुल हामिद (भारप्राप्त)
बङ्गलादेशका राष्ट्रपति
२२ अप्रिल, २०१३-हाल
उत्तराधिकारी:
छैनन्
पूर्ववर्ती:
जमिरउद्दिन सरकार
राष्ट्रिय संसदका सभामुख
२५ जनवरी, २००९-२४ अप्रिल, २०१३
उत्तराधिकारी:
कर्णल शत्तकत आली (भार प्राप्त)