आवश्यकता शृङ्खला सिद्धान्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अब्राहम मास्लोको आवश्यकता शृंखला सिद्धान्त

अब्राहम मास्लोको यो आवश्यकता शृंखला सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

शृङ्खला[सम्पादन गर्ने]

शारीरिक आवश्यकता[सम्पादन गर्ने]

यश आवश्यकताभित्र गाँस, बाँस, कपासका अतिरिक्त आराम तथा पुनर्ताजगी, कार्यसम्पादनमा भौतिक सुबिधा तथा उचित कार्य घण्टा पर्दछन्।

सुरक्षा आवश्यकता[सम्पादन गर्ने]

यसभित्र सुरक्षित कार्य अवस्था, जागिरको सुरक्षा, तथा उचित पारिश्रमिक तथा सुबिधाहरु पर्दछन्।

सामाजिक आवश्यकता[सम्पादन गर्ने]

सामाजिक आवश्यकताभित्र सहकर्मीको मित्रवत् व्यवहार, ग्राहकसँग अन्तर्कृया,उपयुक्त सुपरिवेक्षक, समाजमा स्वीकार्य, प्रेमपूर्वक रहने, सामाजिक संगठनमा संलग्न रहने, समितिहरूमा रहने आदि पर्दछन्।

अहम् आवश्यकता[सम्पादन गर्ने]

यश अन्तर्गत आत्मसम्मान, उच्च तथा मर्यादित ओहदा, इज्जत तथा प्रतिष्ठा, स्वतन्त्रता, प्रशंसा , हाकिमद्वारा मान्यता तथा पहिचान आदि पर्दछन्।

आत्म सन्तुष्टि आवश्यकता[सम्पादन गर्ने]

सिर्जनशील तथा चुनौतीपूर्ण कामको अपेक्षा, निर्णयमा सहभागी हुन पाउने अपेक्षा तथा कार्यमा स्वायत्तताको अपेक्षा यश आवश्यकताभित्र पर्दछन्। [१]

आलोचना[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०