आसुरी शक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आद्यशक्ति देवी दुर्गाको उपासना अर्थात्

-शक्ति आराधना)को क्रममा आसुरी शक्ति वा गुण दमन गरेर दैवी शक्ति प्राप्तिका कामना एवं प्रार्थना गर्ने गरिन्छ। कुनै समय महिषासुर, मधुकैटभ, शुम्भनिशुम्भ

-पौराणिक) भए पनि कथामा यी छैनन् तर यी हाम्रा अन्तरनिहीत विकृति-शत्रुरूपमा अहिले पनि विद्यमान छन्। क्रोध महिषासुर हो। कहिल्यै पूर्ति नहुने वासना, इच्छा वा लोभलाइ रक्तबिज र अहङ्कारलाई शुम्भनिशुम्भका प्रतीकको रूपमा लिइन्छ। यहाँ श्रीमद्भागवत् गीतामा उल्लेखित मुख्य आसुरी गुण वा स्वभावबारे सङ्क्षेपमा जानकारी गरौं।

छल -असत्य )

छलकपट गर्नु अर्थात् असत्य व्यवहार गर्नुलाई आसुरी गुणको पहिलो तथा प्रमुख लक्षण मानिन्छ। असत्य आचरण तथा व्यवहारद्वारा अरूलाई सताउने र दुःख दिने कार्यमा प्रवृत्त हुन्छन् ती जुनसुकै रूपका भए पनि ठूला दानव नै हुन्। त्यस्ता व्यक्ति कुनै पनि कार्यमा कहिल्यै सफल बन्दैनन्। असत्यको क्षणिकरूपमा जीत भए पनि अन्ततः सत्यको नै जित हुन्छ। सत्यभन्दा ठूलो धर्म र असत्य भन्दा ठूलो पाप अर्को छैन। सत्यमार्ग, भावना, विचार र कर्मबाटै सबैको जय विजय प्राप्त हुने भएकोले नै उपनिषद्मा सत्यमेव जयते भनिएको हो।

लोभ

भनिन्छ, लोभ भएपछि दुःख बन्धनका लागि अर्को कुनै पाप गरिरहनु पर्दैन। लोभले लाभ लाभले विलाप भनेझैँ अन्ततः यसले दुःख, विनाश र विपत्ति नै निम्त्याउँछ। तसर्थ लोभलाइ सबैभन्दा दुर्गुण मानिन्छ। लोभी व्यक्तिले जतिसुकै धनसम्पति प्राप्त गरे पनि उसको तृष्णा कहिल्यै तृप्त हुँदैन।

मानिस लोभको कीटाणुले ग्रसित भएपछि जस्तोसुकै दुष्कर्म गर्न पनि पछि पर्दैन परिणामस्वरूप उसले अशान्ति, विलाप र पछुतो मात्र पाउछ। वास्तविक सुखी र धनी त्यसैलाई मानिएको छ जो थोरै साधनमा आफ्नो परिश्रमको कमाइमा खुसी हुन्छ। त्यही नै सबैभन्दा धनी हो, किनभने सन्तोष नै परम धन हो।

कठोरता वा निर्दयता

निर्दयी वा कठोर स्वभाव पनि आसुरी शक्ति तथा गुणको लक्षण हो। कठोर एवं क्रुर मनुष्यबाट सबै प्राणीहरूलाई भय हुन्छ। मनुष्यरूपी यस्ता दानवी गुणयुक्त निर्दयी व्यक्तिहरू धनादि इच्छापूर्तिका लागि हत्या, हिंसाजस्ता अत्यन्त तुच्छ र निन्दित कार्य गर्नसमेत अग्रसर बन्दछन्। यस्ता व्यक्तिले जीवनमा अकल्पनीय दुःख र यातना पाउनुको साथै मृत्युपछि पनि दुर्गति प्राप्त गर्ने शास्त्रीय वचन छ।

नीतिशास्त्र भन्दछ - जीवनमा निर्दयी वा कठोर हैन कोमलता वा विनम्र बन्न जरुरी छ। कोमलता वा विनम्र स्वभावबाट अरूलाई वश गर्न सकिन्छ। जस्तोसुकै कठोर -कडा) वस्तु काट्न सक्ने तरवारले रुवाको थुप्रोलाई काट्न सक्दैन।

क्रोध

क्रोध ठूलो पाप हो। पाप भन्नु नै दुःख हो। क्रोधबाट दुष्टभाव प्रकट हुन्छ, जसले आफूलाई र अरूलाई पनि दुःख दिन्छ। यसैकारण क्रोध आसुरी गुण हो। गीतामा भनिएको छ - काम, क्रोध, लोभ यी नरकका द्वार हुन्। त्यसैले जो यिनको वशमा परेर कार्य गर्दछ त्यो नरकमा जाकिन्छ। मानिस जब यिनैबाट मुक्त बन्दछ तब ऊ कल्याणकारी मार्गमा लाग्दछ। क्रोधी मानिसको हृदयमा सदा अभिमानको आगो दन्किरहेको हुन्छ, जसले हृदयको सुकोमल भावहरूलाई जलाईदिन्छ र मानवीय मूल्य र मान्यतालाई समाप्त बनाई पशुसमान हिंस्रक र भयङ्कर अवस्थामा पुर्‍याइदिन्छ। क्रोधबाट मानिसको शरीरमा अनेक रोगादिको जन्म हुने कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको छ।

अहङ्कार

हाम्रा साधनाशास्त्रहरूले अहङ्कारलाई मानव जीवनको अत्यन्त ठूलो दुःखदायी दुर्गुण एवं आसुरी शक्तिको रूपमा सङ्केत गरेका छन्। जहाँ अहङ्कार हुन्छ, त्यहाँ देवत्व हुँदैन, प्रेम भाव हुँदैन। जहाँ अहङ्कार हुँदैन त्यहाँ प्रेम हुन्छ। अतः अहङ्कार त्यागको ठूलो महìव छ। अहङ्कारले देवतालाई समेत राक्षस बनाइदिन्छ भने यसको विपरीत सरलता र सज्जनताले मानिस उच्च र सर्वपूज्य बन्दछ। अत्यन्त बलवान् तथा पराक्रमी शुम्भनिशुम्भादि दैत्यको विनाश अहङ्कारकै कारण भएको पौराणिक कथा प्रसङ्गमा पाइन्छ। अविवेक, अज्ञानताबाटै अहङ्कारको जन्म हुन्छ। जो व्यक्ति धन, मान, बल, पराक्रम, पद, प्रतिष्ठायुक्त भए पनि यदि ऊ अहङ्काररूपी आसुरी प्रवृत्तिबाट पीडित छ भने उसको विनाश अवश्याभावी छ।