इक्वल एक्सेस नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इक्वल एक्सेस नेपाल
प्रकारNGO
कानुनी वैद्यताAssociation
लक्ष्यEducational
प्रधान कार्यालयझम्सिखेल,ललितपुर,नेपाल
स्थान
सेवा क्षेत्र
नेपालभरि
आधिकारिक भाषा
नेपाली
प्रमुख व्यक्ति
उपेन्द्र अर्याल , अलोक रजौरिया
मुख्य अङ्ग
Equal Access

271 Austin Street

San Francisco, CA 94109 USA
मूल सङ्गठनहरू
अफ्गानिस्तान, कोम्बोडिया, चाड, इण्डिया, लाओस, नेपाल, नाइजर, पाकिस्तान
कर्मचारी
२७

परिचय‍[सम्पादन गर्नुहोस्]

इक्वल एक्सेस नेपाल नेपालको आमसञ्चारको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो। यो सन् २००४ फेब्रुवरी माहिनामा एन. जि. ओ सँस्थाको रूपमा स्थापना भएको हो। यसै सँस्थाको एक सर्वेक्षण अनुसार दक्षिण एसियामा मात्रै ५०% महिला हिँसा हुने गरेको छ। महिला हिँसा नेपालमा हुने गरेको विभिन्न दुर्घटना मध्ये एक हो। यसैलाई लक्ष्य बनाइ इक्वल एक्सेस नेपालले आफ्ना कार्यक्रमहरूमा महिला हिँसा बिरुद्ध आवाज उठाउने गरेको छ। इक्वल एक्सेस नेपाल सन् फ्रान्सिस्को स्थीत बिदेशी एन. जि. ओ., इक्वल एक्सेससँग रजिस्टर्ड गरिएको छ। इक्वल एक्सेस नेपालले त्यस्ता कार्यक्रमहरूको निर्माण गर्दछ जसले आम स्रोतामाझ अत्यन्त सुचनामुलक र समाजमा घटेका घटनाहरूलाई आधार बनाइ नेपालका विभिन्न बिकट जिल्लामा अन्य रेडियो मार्फत प्रसारण गर्दछ। यसको मुख्य उदेश्य भनेकै बिकाशोन्मुख कार्यक्रमहरू निर्माण गर्ने हो। नेपालमा भएका विभिन्न प्राइभेट र सहकारी सँस्थामा आधारित सामुदायिक रेडियोबाट आफ्ना कार्यक्रमहरू प्रसारण गर्ने यस सँस्थाले साथीसँग मनका कुरा कार्यक्रमबाट आफूलाई स्रोतामाझ चिनाउन सफल भयो। यो कार्यक्रम इन्टर्नेट र रेडियोबाट देश-बिदेशमा गरी ६० लाख युवा-यवतीले सुन्दै आएको यस सँस्थाको दाबी छ। यस कार्यक्रमका लागि मात्रै प्रत्येक महिना ५००० एस. एम. एस., १४०० चिठीपत्र र २०० वटा इ-मेल आउने गरेको अनि १२०० स्रोता क्लब गठन भएको छ। [१]

साथीसँग मनका कुरा

स्थापना[सम्पादन गर्नुहोस्]

यो सँस्था अन्तराष्ट्रिय एन.जि.ओ. सँग आबद्ध छ। यो सँस्थाले डिजिटल स्याटेलाईट ब्रोडकास्टिङ्घ टेक्नोलोजीलाई आधार बनाइ नेपाल भरिका विभिन्न रेडियो मार्फत आफ्ना कार्यक्रम प्रसारण गर्ने गर्दछ। काठ्मान्डौमा सर्वप्रथम जुन २४, २००३ मा स्थापना गरिएको यस सँस्थाले नेपालको ग्रामिण छेत्रहरूमा आफ्ना रेडियो कार्यक्रम मार्फत सिछ्या, स्वास्थ्य, विकास, कृषि, मानव अधिकार, एच. आइ.भि. एड्स, महिला हिँसा र अधिकार सम्बन्धि सुचना प्रसारित गरिरहेको छ।

इक्वल एक्सेस नेपालले आफ्नो प्रसारणलाई अझ प्रभावकारी बनाउन खोजेको छ। आफ्नो प्रसारणलाई ग्रामिण छेत्रमा पुर्याउन डिजिटल टेक्नोलोजी, सोलर एन्रजी लगायतका अन्य अत्याधुनिक प्रविधिको प्रयोग गरी टेलिफोन, बिद्धुत र निरक्षरता भएको छेत्रमा आफ्ना कार्यक्रमलाई रेडियोबाट प्रसारण गरिरहेको छ। [२]

प्रसारण भइरहेका कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

हाल इक्वल एक्सेस नेपालबाट ६ वटा कार्यक्रमहरू उत्पादन भइरहेका छन्। यि कार्यक्रमहरू नेपालका विभिन्न रेडियोबाट प्रसारण हुन्छन्।

  • कामका कुरा
  • नया नेपाल
  • समझधारी
  • सम्बिधान सभामा यो साता
  • सँग्-सँगै
  • साथीसँग मनका कुरा
  • साझा बोली

प्रसारण भइसकेका कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

तल उल्लेखित कार्यक्रमहरू इक्वल एक्सेस नेपालबाट उत्पादन भएर विभिन्न नेपाली रेडियोबाट प्रसारण भइसकेका छन्।

  • देश परदेश
  • कुरा खस्रा मिठा
  • खेल्दै सिक्दै
  • मिलिजुली सिकौँ
  • स्कुलमा स्वागत
  • सुन्दै फेरिँदै

कार्यक्रममा समावेश गरिने बिषयहरु[सम्पादन गर्नुहोस्]

इक्वल एक्सेस नेपालले ग्रामिण भेगका स्रोतालाई मुख्य लक्ष बनाएर आफ्नो कार्यक्रममा निम्न बिषयहरु समावेश गर्ने गरेको छ। ति मध्ये यि बिषयहरूलाई प्रमुख बिशेतता दिइएको पाइन्छ।

  • इ.सि.डि. र सिक्षा
    [३]
  • वातावरण र मौसम परिवर्तन
    [४]
  • स्वस्थ्य र पौष्टिकता
    [५]
  • एच. आइ. भि. र एड्स
    [६]
  • शान्ति स्थापना
    [७]
  • महिला हक-अधिकार
    [८]
  • युवा अवस्था र जिवन शैली
    [९]

कार्यरत कर्मचारीहरु[सम्पादन गर्नुहोस्]

इक्वल एक्सेस नेपालमा हाल २७ जना कर्मचारी कार्यरत छन। [१०]

नाम कार्यरत पद
१. उपेन्द्र अर्याल एक्टिङ्ग एक्जिक्युटिभ डाइरेक्टर
२. अलोक रजौरिया प्रोग्राम डाइरेक्टर
३. रघु थपलिया मोनिटरिङ्ग एण्ड इभ्यालुएसन को-ओर्डिनेटर
४. बिनय गुरागाईँ प्रोग्राम को- ओर्डिनेटर
५. इन्द्रधोज छेत्री बिजनेस डेभेलोप्मेन्ट म्यानेजर
६. अचला राजभण्डारी एड्मिनिस्ट्रेसन म्यानेजर
७. पङ्कज छेत्री सिनियर आइ. सि. टी. अफिसर
८. हेमन्त पाठक प्रोग्राम म्यानेजर
९. अनु उपाध्याय प्रोग्राम म्यानेजर
१०. हरि पौडेल फाइनान्स म्यानेजर
११. प्रकाश लामिछाने प्रोग्राम अफिसर
१२. बिकाश कुमार कोइराला मोनिटरिङ्ग एण्ड इभ्यालुएसन को-ओर्डिनेटर
१३. जिवन तिमिल्सिना मोनिटरिङ्ग एण्ड इभ्यालुएसन को-ओर्डिनेटर
१४. पवन न्यौपाने प्रोग्राम अफिसर
१५. सबिन सिँघ प्रोग्राम अफिसर
१६. स्रुति शाह वेब प्रोड्युसर
१७. हरि प्रसाद चौधरी टेक्निकल एसोसिएट
१८. निरोशन स्थापित टेक्निकल एसोसिएट
१९.आयुश जोशी प्रोग्राम एसोसिएट
२०. कलावती दाहाल प्रोग्राम एसोसिएट
२१. विजया लछ्मी चौधरी एड्मिनिस्ट्रेसन एसोसिएट एण्ड रिसेप्सनिस्ट
२२. प्रकाश स्रेष्ठ एड्मिनिस्ट्रेसन सपोर्ट
२३. क्रान्ति दराइ प्रोग्राम एसोसिएट
२४. सपन हमाल आइ. सि. टि. एसोसिएट
२५. पदम थापा लोजिस्टिक्स सपोर्ट
२६. सबिता आचार्य प्रोग्राम एसोसिएट
२७. देवराज पन्त ब्रोड्कास्ट म्यानेज्मेन्ट एण्ड एसोसिएट

सम्पर्क[सम्पादन गर्नुहोस्]

इक्वल एक्सेस नेपाललाई यि विभिन्न माध्यमबाट सम्पर्क ग्रन सकिन्छ। [११]

पोष्ट बक्स नम्बर : ११८, झम्सिखेल, ललितपुर, नेपाल
टेलिफोन नम्बर: +९७७-१-५०१३५०९, ५०१३५६३, ५५३९१३८
फ्याक्स नम्बर : +९७७-१-५०१३५६१
एस्. एम्. एस्: ७०७०
इ-मेल ठेगाना : eanepal@equalaccess.org
वेबसाइट : http://www.equalaccess.org.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "साथीसँग मनका कुरा स्रोता क्लब बारे दाबी", Equal Access, अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २०१३ मिति
  2. "इक्वल एक्सेस नेपालको स्थापना", Equal Access, अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  3. "इ.सि.डि. र सिक्षा बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  4. "वातावरण र मौसम परिवर्तन बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  5. "स्वस्थ्य र पौष्टिकता बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  6. "एच. आइ. भि. र एड्स बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  7. "शान्ति स्थापना बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  8. "महिला हक-अधिकार बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  9. "युवा अवस्था र जिवन शैली बारे", अन्तिम पहुँच ०४ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१३ मिति
  10. "कार्यरत कर्मचारीहरु", २०१३/०८/०४।  লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); লেখা "http://www.equalaccess.org.np/about/our-team" উপেক্ষা করা হয়েছে (सहायता); |Equal Access= प्यारामिटर ग्रहण गरेन (सहायता);
  11. "सम्पर्क ठेगाना"।  লেখা "urlhttp://www.equalaccess.org.np/contact" উপেক্ষা করা হয়েছে (सहायता); |Equal Access= प्यारामिटर ग्रहण गरेन (सहायता);

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

इक्वल एक्सेस नेपालको कार्यक्रम साथीसँग मनका कुरा सुन्न तलको लिङ्कमा थिच्नुहोस

भिडियोहरु हेर्न तलको लिङ्कमा थिच्नुहोस

वेबसाइटहरु हेर्न तलका लिङ्कमा थिच्नुहोस