इङलिस क्लब टिभी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इङलिस क्लब टिभी
सुरुवातअगस्ट २००९; १४ वर्ष अघि (२००९-०८)
दृश्य ढाँचा१६:९ (एसडि टिभी)
(एचडि टिभि)
देशसंयुक्त अधिराज्य
प्रसारण क्षेत्रविश्वव्यापी
वेबसाइटenglish-club.tv
उपलब्धता
उपग्रह
एस्ट्र ४ (एसडि)१२०७३ एच
एमइएएसइए-३ए (एचडि)४०४० एच
एस्ट्र ४ ए (एचडि)११७४७ एच
हिस्प्यास्याट ३०डब्ल्यु-५ (एसडि)१२०५२ एच
डिस होम नेपालच्यानल १२२

इङलिस क्लब टिभी अङ्ग्रेजी सिक्नेहरूको लागि खोलिएको एक टिभी च्यानल हो। च्यानलका सामग्रीहरूमा वृत्तचित्र, चलचित्र, कार्टून र साङ्गेतिक भिडियोहरू पर्दछन्, जुन अङ्ग्रेजी सिक्नेहरूको लागि अनुकूल रहेको छ। यसका कार्यक्रमहरू विशेष क्रममा प्रसारण हुँदैछन्। तिनीहरू ६ घण्टा ब्लकहरूमा विभाजित भएका छन्। प्रत्येक ६-घण्टा ब्लकमा धेरै मिनी ब्लकहरू रहेका छन् जुन फरक दर्शकहरूलाई फरक विषयहरूका कार्यक्रमहरूमा लक्षित गर्दछ। प्रत्येक कार्यक्रम यसको ढाँचा र प्रसारण विधि पछ्याउँछ। इङलिस क्लब टिभीले संवाद दृष्टिकोणको मुख्य सिद्धान्तहरू पछि यसको कार्यक्रम सिर्जना गरेको छ। प्रत्येक शैक्षिक कार्यक्रम यसको सानो अंश हो। यो नयाँ सामग्री (शब्दावली, व्याकरण अङ्कहरू) प्रस्तुत गर्दै सुरु हुन्छ। पछि भिजुअल उदाहरण, व्यायाम र परीक्षण, जसले दर्शकहरूलाई अभ्यास गर्न र उनीहरूलाई सामग्री बुझ्न सक्षम पर्दछ। इङलिस क्लब टिभीका सामग्रीहरु ओटिटि, भिओडि, डिटिएच, आइपीटिभी र मोबाइल प्लेटफर्मको माध्यमबाट पनि उपलब्ध रहेको छ। यो च्यानल नेपालमा डिस होमको च्यानल नम्बर ११२ मा हेर्न सकिन्छ। [१]

कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

  • दिस डे
  • स्पिक अप
  • इङलिस ९११
  • शहरी व्याकरण
  • ग्रामर वाइज
  • स्टेप बाइ स्टेप
  • वर्थ सिइङ
  • स्पोट अन द म्याप
  • ल्याबर अफ लभ
  • पेर्फेट इङलिस
  • इङलिस अप
  • ह्वाट डिड दे से
  • बेसिक लेक्सिस
  • अर्ट ल्यान्ड
  • वोर्ड पार्टी
  • क्रफ्टि हेन्ड्स
  • मेरो सानो संसार
  • किड्स इन एक्सन
  • याम्मी फर मम्मी
  • ए स्कुल डे इन द युके
  • वोर्ड्स टु ग्रो

इतिहास[सम्पादन गर्नुहोस्]

अगस्त २००८ मा, यस ब्रिटिश टिभी च्यानल इङलिस क्लब टिभीले एस्ट्र ४ ए उपग्रहबाट प्रसारण शुरु गरेको थियोे। २०१५ को शुरुवातमा, च्यानलको प्रत्यक्ष दर्शकहरू १६ मिलियन पुगेका थिए।

प्रसारण[सम्पादन गर्नुहोस्]

इङलिस क्लब टिभीले एस्ट्र ४ ए र एमइएएसएटी ३ ए उपग्रह मार्फत प्रसारण गर्दछ।

उपलब्ध क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

अल्बानिया, अल्जेरिया, अङ्गोला, अस्ट्रिया, बेनिन, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, बुर्किना फासो, ब्रुन्डि, क्यामेरुन, क्यानडा, मध्य अफ्रिकी गणतन्त्र, चाड, चीन, कोमोरस, कङ्गो, क्रोएसिया, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, जिबुटी, इक्वेटोरियल गिनी, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, गाबोन, गाम्बिया, जर्जिया, ग्रिस, घाना, गिनी बिसाउ, गिनी, हङ्गेरी, इन्डोनेसिया, इटाली, आइभोरी कोस्ट, कजाखस्तान, केन्या, लात्भिया, लेब्नान, लाइबेरिया, माडागास्कर, मलावी, माली, मौरीसनिया, मोल्दोभा, मोन्टेनेग्रो, मोरक्को, नेपाल, नाइजर, नाइजेरिया, पोल्यान्ड, रोमानिया, रुस, रुवान्डा, साओ टोमे र प्रन्सिपे, सेनेगल, सर्बिया, सेसेल्स, सियरा लियोन, सिङ्गापुर, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया, दक्षिण सुडान, सुडान, ताइवान, तान्जानिया, चेक गणतन्त्र, बेलारुस गणतन्त्र, टोगो, टर्की, संयुक्त अरब इमिरेट्स, युगाण्डा, युक्रेन, जाम्बिया, जिम्बाब्वे

जून २०१५ को अनुसार, इङलिस क्लब टिभी र इङलिस क्लब टिभी च्यानलहरू विश्वभरी ४०० भन्दा बढी केबल सञ्चालकहरूद्वारा प्रसारित गरिएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "इङलिस क्लब टिभी अब नेपालमा पनि", आधिकारिक वेबसाइट मार्फत, अन्तिम पहुँच जनवरी ४, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]