इटालीको संविधान सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


इटालीमा राष्ट्रपतिय शासन प्रणाली छ। सन् १९४६मा संविधानसभाले संविधान निर्माण गर्‍यो। १९४८, १९९६, २००१ र २००६ सालमा संसद्को निर्वाचन भयो। संविधानसभामार्फत बनेको संविधानमा दुई सदनात्मक संसद् रहेको छ। समानुपातिक निर्वाचन प्रणालीलाई नै सुरुदेखि अपनाउँदै आएको देखिन्छ। सन् १९४६ सालमा भएको संविधानसभाले निर्माण गरेको संविधान विश्वकै उत्कृष्ट संविधान मान्ने गरिन्छ। सन् १९४३मा मुसोलिनीको शासनसत्ता एकाएक पतन भयो। त्यहाँ भिक्टर इमानुयल राजा थिए। १९४४मा संविधानसभा गर्ने आदेश जारी गरियो। १९४५को दोस्रो आदेशले संविधानसभासम्बन्धी छुट्टै मन्त्रालय खडा गर्ने कार्य भयो। १९४६ जुन २मा संविधानसभाको निर्वाचन भयो। ५ सय ५६ जना संविधानसभाका लागि निर्वाचन क्षेत्र भयो। संविधानसभा भएकै दिन एक उम्मेद्वारका लागि मतपत्र र अर्को राजतन्त्र राख्ने वा नराख्ने मतपत्र खडा गर्ने काम भयो। ५४ दशमलब ३ प्रतिशतले इटाली गणतन्त्रमा जाने गरी मत दिए। गणतन्त्र भएपछि संविधान निर्माण गर्ने काममा निर्वाचित प्रतिनिधित्वका आधारमा सर्वदलीय अन्तरिम सरकार गठन गर्ने काम भयो। ७५ सदस्यीय संविधानको मस्यौदा समिति समानुपातिक प्रतिनिधित्वका आधारमा निर्वाचन गर्ने काम संविधानसभाले गर्‍यो। यसको पुनरावलोकनको उपसमिति गठन गर्ने काम भयो। १९४६-१९४७मा १६० बैठक बसी संविधानको अन्तिम मस्यौदा तय गर्ने काम भयो। २७ डिसेम्बरमा संविधान संविधानसभाले पारित गरी जारी गर्ने काम भयो। [१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११। [dead link]