इथियोपियन विमान दुर्घटना
स्वरूप
एटी-एभीजे | |
| दुर्घटना | |
|---|---|
| मिति | १० मार्च २०१९ |
| सारांश | आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान दुर्घटनाग्रस्त, अनुसन्धान अन्तर्गत |
| स्थल | तुलु फरा गाँउ बिसोफ्टु नजिक, इथियोपिया ८°५२′३७″उ ३९°१५′०४″पू / 8.87694°N 39.25111°E[१] |
| विमान | |
| विमानको प्रकार | बोइङ ७३७ म्याक्स ८ |
| सञ्चालक | इथियोपियन एयरलाइन्स |
| परिचयक चिह्न | इथियोपियन ३०२ |
| विमान उडान | अदिस अबावा, इथियोपिया |
| गन्तव्य | नैरोवी, केन्या |
| सिट सङ्ख्या | १५७ |
| यात्रुहरू | १४९ |
| चालक दल | ८ |
| मृत्यु | १५७ |
| जोगिन सफल | ० |
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि २०१९ साल मार्च १० तारिक बिहान दुर्घटनाग्रस्त भएको थियो। १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनाग्रस्त भएपछी सबै यात्रुहरूको मृत्यु भएको थियो।[२][३][४][५]
बोइङ ७३७ म्याक्स इथियोपियाको राजधानी अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो।[६] उक्त विमानमा ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका थिए । यस दुर्घटनालाई इन्डोनेशियामा भएको लायन एअरको विमान दुर्घटनासँग तुलना गरिँदैछ।[७]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Crash: Ethiopian B38M near Bishoftu on Mar 10th 2019, impacted terrain after departure", avherald.com।
- ↑ "दुर्घटनाग्रस्त इथियोपियाली विमानको 'ब्लाक बक्स’ भेटियो", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-१२।
- ↑ "इथियोपिया विमान दुर्घटनाः त्यही विमान चढ्नुपर्ने तर संयोगले चढ्न नपाएर बाँचे यी नेपाली", डिसी नेपाल, अन्तिम पहुँच २०१९-०३-१२। अभिलेखिकरण २०१९-०३-१५ वेब्याक मेसिन
- ↑ "केन्या जाँदै गरेको इथियोपियन विमान दुर्घटना", अनलाइनखबर, अन्तिम पहुँच २०१९-०३-१२।
- ↑ "इथियोपियन विमान दुर्घटना: टिकटमा भएको ढिलाइका कारण जोगिए यी नेपाली", नेपालखबर, अन्तिम पहुँच २०१९-०३-१२। अभिलेखिकरण २०१९-०३-३० वेब्याक मेसिन
- ↑ "इथियोपियन विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु", रातोपाटी, अन्तिम पहुँच २०१९-०३-१२।
- ↑ "इथियोपिया विमान दुर्घटना: 'अत्याधुनिक प्रविधि' सहितको नयाँ मोडलको बोइङ पाँच महिनामै दोस्रो दुर्घटनामा", बीबीसी नेपाली, अन्तिम पहुँच २०१९-०३-१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इथियोपियन विमान दुर्घटनामा एक नेपालीको मृत्यु अभिलेखिकरण २०१९-०३-१२ वेब्याक मेसिन
- इथियोपियन विमान दुर्घटनामा एक नेपालीका मृत्यु - NEWS24 TV
- इथियोपियन विमान दुर्घटना : टिकटमा ढिलाइ हुँदा भाग्यवश बाँचे एक नेपाली, दुर्घटनामा मर्ने नेपाली को हुन् ?[स्थायी मृत कडी]
विकिमिडिया कमन्समा इथियोपियन विमान दुर्घटना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।