इन्टरनेट ब्रोडवे डेटाबेस
साइटको प्रकार | थिएटर डेटाबेस |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी |
मालिक | द ब्रोडवे लिग |
युआरएल | ibdb.com |
अलेक्सा क्रम | ८९,२८८ (अक्टोबर २०१८[उद्यतन])[१] |
व्यवसायिक | हो |
दर्ता | बैकल्पिक र |
इन्टरनेट ब्रोडवे डेटाबेस (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।[२] यस वेबसाइट, आइओएस र एन्ड्रोइडमा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।[३][४][५]
ब्रडवेको यो व्यापक इतिहासले १८ औँ शताब्दीको न्यू योर्क थिएटरको शुरुवात देखि आज सम्मको उत्पादनको अभिलेख प्रदान गर्दछ। विवरणहरू शुरुवात दिनको रात देखि वर्तमान दिनहरू सम्म पनि गीत सूचीहरू, पुरस्कारहरू र हरेक रोचक उत्पादनको बारेमा अन्य रोचक तथ्यहरू खोल्नका लागि पारीकल्पना र सिर्जनात्मक सूचीहरू यसले समावेश गर्दछ।
लिग सदस्य, पत्रकार, शोधकर्ता र ब्रडवेका प्रशंसकको लागि एक अन्तरक्रियात्मक, प्रयोगकर्ता-अनुकूल, खोजयोग्य डेटाबेस पहुँच गराउनु यसको प्रमुख उदेश्य रहेको छ।
हालैमा लिगले ब्रडवे टूरिङ ट्रयाक कार्यक्रम डाटाबेसमा पहुँच योग्य बनाएको छ जुन सजिलै सँग देशभरका थिएटरहरूमा खेल्न सकिन्छ।
यो ब्रोडवे लिगका, करेन हाउजर र माइकल अबुरिकद्वारा प्रबन्ध गरिएको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- इन्टरनेट थिएटर डेटाबेस – आइटिडिबि
- इन्टरनेट चलचित्र डेटाबेस – आइएमडबि
- इन्टरनेट पुस्तक डेटाबेस
- द ब्रोडवे लिग
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "आइबिडिबि डटकमको ट्राफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच अक्टोबर ५, २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०५ मिति
- ↑ "आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत", इन्टरनेट ब्रोडवे डेटाबेस, मूलबाट जुलाई २५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०१२।
- ↑ एलए फाउन्टेन, क्रिस्टिना (मार्च १५, २०१२), "ब्रोडवे लिगले आइबिडिबिको अनुप्रयोगको विकास गरेको छ", टिकेट न्युज, अन्तिम पहुँच जुलाई २६, २०१२।
- ↑ कोक्लि, ज्याकोब (फेब्रुअरी १५, २०१२), "ब्रोडवे लिगले आइओएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ", स्टेज डिरेक्सन्स, अन्तिम पहुँच जुलाई २६, २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०५ मिति
- ↑ "ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग", ट्रभल राइटर्स म्यागजीन, जुलाई २२, २०१२, अन्तिम पहुँच जुलाई २६, २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१९ मिति