इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार
स्वरूप
इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार | |
---|---|
देश | नेपाल |
प्रस्तुतकर्ता | श्री ५ सरकार, (हाल राष्ट्रपति) |
योग्यता | नाटक, नृत्य |
स्थापना | २०१६ |
प्रथम पुरस्कृत | वि.सं. २०१६ |
अन्तिम पुरस्कृत | वि.सं.२०६० |
जम्मा प्राप्तकर्ताहरू | ४२ |
इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार [१] नेपालको सेवाको लागि प्रदान गरिने प्रतिष्ठित पुरस्कार हो । यो पुरस्कार देशको नाटक, नृत्य क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाई वार्षिक रुपमा प्रदान गरिन्छ । पहिले यो पुरस्कार श्री ५ को सरकार तथा हाल राष्ट्रपतिदारा प्रदान गरिन्छ ।[२]
ईतिहास
[सम्पादन गर्नुहोस्]ईन्द्रराज्यलक्ष्मी–प्रज्ञा पुरस्कार राजा महेन्द्रका पत्नि तथा यूवरानी ईन्द्रराज्यलक्ष्मी देवी शाहको नामबाट राखिएको हो । यस्को स्थापना वि.सं. २०१६ सालमा तत्कालिन राजा श्री ५ महेन्द्र विर विक्रम शाहबाट स्थापना गरिएको थियो । शुरुवातमा यस्को नाम ईन्द्रराज्यलक्ष्मी पुरस्कार राखिएको थियो । वि.सं. २०३१ सालमा आएर यस पुरस्कारको नाम ईन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कारको नाममा परिवर्तन गरियो भने वि.सं. २०४४ मा यस पुरस्कारको धनराशी नगद रु ५०,००० गरियो ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रज्ञा पुरस्कार", nepalacademy.gov.np, अन्तिम पहुँच १५ फेब्रुअरी २०२४।
- ↑ "Litterateurs to be feted", thehimalayantimes.com, अन्तिम पहुँच १५ फेब्रुअरी २०२४।