इयाजउद्दिन आहम्मेद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अध्यापक डा. इयाजउद्दिन आहम्मेद
ইয়াজউদ্দিন আহম্মেদ.jpg
बङ्गलादेशका १८औँ राष्ट्रपति
कार्यकाल
सन् २००२ – सन् २००७ जनवरी १२
पूर्वाधिकारीजमिरुद्दिन सरकार
उतराधिकारीजिल्लुर रहमान
व्यक्तिगत विवरण
जन्मसन् १९३१ फेब्रुअरी १
मुन्सिगञ्ज जिल्ला, बाङ्ला राज्य, बेलायती भारत
मृत्युसन् २०१२ डिसेम्बर १०
ब्याङ्कक, थाई
राष्ट्रियताबङ्गलादेशी

अध्यापक डा. इजाजउद्दिन आहम्मेद (बङ्गाली: ইয়াজউদ্দিন আহম্মেদ, जन्म: १ फेब्रुअरी १९३१- मृत्यु: १० डिसेम्बर २०१२), बङ्गलादेशका १८औँ राष्ट्रपति थिए। उनी ढाका विश्वविद्यालयका भूमि विज्ञान विभागमा सेवानिवृत्त प्राध्यापक थिए। सन् १९५२ मा भएको बाङ्ला भाषा आन्दोलना आहम्मेदको महत्त्वपूर्ण भूमिका रहेको थियो। उनले बङ्गलादेशको कामचलाउ सरकारको प्रमुखको रूपमा काम गरेका थिए भने सन् २००६ अक्टोबर २९ का दिन उनले राष्ट्रपतिको रूपमा सपथ लिएका थिए र पछि आपातकाल कानुन पारित भएपछि सन् २००७ जनवरी १२ का दिन उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। उनलाई विश्व बैङ्ककाका पूर्व निर्देशक तथा बङ्गलादेश बैङ्कका पूर्व गभर्नर फखरुद्दिन आहमदद्वारा प्रतिस्थापित गरिएको थियो। सन् २००९ फेब्रुअरी १२ का दिन जियाउर रहमानले बङ्गलादेशको राष्ट्रपतिको रूपमा सपथ लिएपछि इयाजउद्दिन आहम्मेदको कार्यकाल समाप्त भएको थियो।

जन्म तथा परिवार[सम्पादन गर्ने]

इयाजउद्दिन आहम्मेदको जन्म १ फेब्रुअरी १९३१ का दिन मुन्सिगञ्ज जिल्लाको नारायनगञ्ज गाउँमा भएको थियो। उनको बुबाको नाम मौलाभि मुहाम्मद इब्राहिम थियो। अध्यापक इयाजउद्दीन आहम्मेदकी श्रीमती अध्यापिका आनोवार बेगम ढाका विश्वविद्यालयको जीव विज्ञान विभागका शिक्षिका थिइन् जो विभाग प्रमुख र शमसुन्नाहार हलको प्रमुख अधिकारी हुन्। इयाजउद्दिन आहम्मेद र आनोवारा बेगमको एक छोरी छन् भने उनीहरूको इमतियाज आहम्मेद बाबु सहित दुई छोराहरू छन्।[१] आनोवारा बेगम हाल अतीश दीपङ्कर विज्ञान तथा प्राविधिक विश्वविद्यालयकी गुठी सञ्चालको रूपमा काम गरिरहेकी छिन्। बङ्गलादेशका तत्कालीन राष्ट्रपति जिल्लुर रहमानकी श्रीमती आइभि रहमान २१ अगस्टमा भएको एक बम हमलामा परि सन् २००४ अगस्ट २४ का दिन मृत्यु भएको थियो। उनको मृत्यु पश्चात् इयाजउद्दिनकी श्रीमती आनोवारा बेगमले बङ्गलादेशको प्रथम महिलाको रूपमा काम गर्ने मौका पाएकी थिइन्।[२]

शिक्षा[सम्पादन गर्ने]

सन् १९४८ मा इयाजउद्दिन आहम्मेदले मुन्सिगञ्ज उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए भने सन् १९५० मा उनले मुन्सिगञ्जमा रहेको हरगङ्गा महाविद्यालयबाट स्नातक उतिर्ण गरेका थिए। आहम्मेदले सन् १९५० देखि सन् १९५२ सम्म ढाका विश्वविद्यालयमा अध्ययन गरी बिएससी तथा एमएससी उतिर्ण गरेका थिए। संयुक्त राज्य अमेरिकामा रहेको युसकोन्सिन विश्वविद्यालय मार्फत उनले सन् १९५८ देखि सन् १९६२ सम्ममा उनले एमएस तथा विद्यावारिधि गरेका थिए।[३]

कार्यकाल[सम्पादन गर्ने]

इयाजउद्दिन आहम्मेदले सन् १९६३ मा ढाका विश्वविद्यालयका एक सहकारी अध्यापकको रूपमा उक्त विश्वविद्यालयसँग जोडिएका थिए। उनी सन् १९६४ मा उक्त विश्वविद्यालयका सह अध्यापक तथा सन् १९७३ मा प्रमुख अध्यापकको रूपमन स्थापित भएका थिए। सन् १९७५ देखि सन् १९८३ सम्म अध्यापक इयाजउद्दिन आहम्मेद ढाका विश्वविद्यालयका सलिमुल्लाह हलका प्रमुख अधिकारीको रूपमा रहेका थिए। अध्यापक इयाजउद्दिन आहम्मेद सन् १९६८-६९ तथा सन् १९७६-७९ सम्मको कार्यकालमा भूमि विज्ञान विभागमा प्रधानको रूपमा कार्यरत थिए। उनी सन् १९८९ देखि सन् १९९९ सम्म दुईपटक ढाका विश्वविद्यालयको जीव विज्ञान सङ्कायका प्रमुख अधिकारीको रूपमा निर्वाचित भएकन थिए। उनी ढाका विश्वविद्यालयको सिनेट, सिन्डिकेठ, एकाडेमीक परिषद् तथा उन्नत बोर्डका सदस्यको रूपमा रहेका थिए। यस बाहेक अध्यापक इयाजउद्दिन आहम्मेद सन् १९९९ मा कार्यवाहक सरकारको सल्लाहकारको रूपमा पनि रहेका थिए भने उनी त्यसबेला संस्कृति मन्त्रालयका जिम्मेवार सदस्य थिए।

उनी सन् १९९१-९३ मा लोक सेवा आयोगका अध्यक्ष तथा सन् १९९५-९९ मा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको रूपमा स्थापित थिए। उनले राष्ट्रपतिको रूपमा सपथ लिने बेलासम्म उनी ढाका विश्वविद्यालयका कुलपतिको रूपमा कार्यरत थिए। अध्यापक इयाजउद्दिज अहमद संयुक्त राष्ट्र महासभाको ४९औँ सम्मेलनमा बङ्गलादेशको प्रतिनिधिमण्डलका एक सदस्य थिए जहाँ उनले फिलिस्तीनी शरणार्थीहरू तथा विश्व व्यापार र विकासको बारेमा चर्चा गरेका थिए। उनी विभिन्न सामाजिक गतिविधिहरूमा सामेल थिए जसमध्ये एक विश्वविद्यालय शिक्षक सङ्घ को महासङ्घ सामेल छ। उनी ढाका विश्वविद्यालय शिक्षक सङ्घका अध्यक्ष तथा संयुक्त शिक्षक आन्दोलनका समन्वयक थिए।

बङ्गलादेशको राष्ट्रपतिको रूपमा कार्यकाल[सम्पादन गर्ने]

अध्यापक इयाजउद्दिन आहम्मेदले सन् २००२ मा जनगणतन्त्र बङ्गलादेशको राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले राष्ट्रपति पदका साथसाथै सन् २००६ अक्टोबर २९ का दिन कार्यवाहक सरकारको मुख्य सल्लाहकारको रूपमा पनि स्थापित भएका थिए। उनले सन् २००७ जनवरी १२ का दिन बङ्गलादेश बैङ्कको पूर्व गभर्नरबाट राजीनामा दिएका थिए भने उनको पदमा फखरुद्दीनले आहमदलाई मुख्य सल्लाहकार नियुक्त गरिएको थियो। इयाजउद्दिज आहम्मेद २००९ फेब्रुअरी १२ का दिन जिल्लुर रहमानले बङ्गलादेशको १९औँ राष्ट्रपतिको रूपमा शपथ नलिएसम्म बङ्गलादेशका राष्ट्रपतिको रूपमा रहेका थिए।

मुख्य सल्लाहकारका रूपबाट राजिनामा[सम्पादन गर्ने]

सन् २००७ जनवरी ११ का दिन अध्यापक इयाजउद्दिन आहम्मेदले कार्यवाहक सरकारको मुख्य सलाहकारको रूपमा आफ्नो पदबाट राजिनामा दिएका थिए। उनले कार्यवाहक सरकारमा रक्षा मन्त्रालयका लागि राष्ट्रपति तथा एक जिम्मेवार व्यक्तित्वको रूपमा आफ्नो पदलाई कायम राखेका थिए। उनको सरकार चुनावमा असमर्थ रहेको भन्दै उनले एक बयान जारी गरेका थिए। उनले पूर्व न्यायाधीश फजलुल हकलाई अन्तरिम मुख्य सलाहकार नियुक्त गर्दै आपातकालीन स्थितिको घोषणा गरेका थिए।[४] त्यस पछिको दिन सेनाहरूको परामर्श मार्फत उनले फखरुद्दिन आहमेदलाई नयाँ मुख्य सल्लाहकारको रूपमा नियुक्त गरेका थिए। उनी बङ्गलादेश राष्ट्रिय बैङ्क तथा विश्व बैङ्कका एक सेठ थिए।

सन् २००७ सेप्टेम्बर ५ का दिन राष्ट्रपतिको रूपमा इयाजउद्दिन आहम्मेदको कार्यकाल समाप्त हुन लागेको थियो तर सरकारले उनी राष्ट्रिय चुनाव (सन् २००८ को अन्त्यसम्ममा बनाइएको योजना) नसकिँदा सम्म उनी उक्त पदमा रहिरहने भनेर घोषणा गरेको थियो। उक्त चुनावमा संसदका नयाँ सदस्यहरूको गठन गर्नु पर्ने थियो भने त्यसपछि राष्ट्रपतिय चुनाव गर्नु पर्ने थियो।[५] बङ्गलादेश आवामी लीग तथा उक्त राजनैतिक दलको गठबन्धनले संसदमा दुई-तिहाई सिटहरू जित्न सफल भएको थियो भने त्यसपछि सन् २००९ मा सरकार गठन गरिएको थियो जसको प्रमुख शेख हासिना थिइन्। आहम्मेदले सन् २००९ फेब्रुअरी १२ का दिन बङ्गलादेश आवामी लीगका नेता जिल्लुर रहमान बङ्गलादेशका नयाँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।

अनुसन्धान[सम्पादन गर्ने]

हालसम्म देश तथा विदेशमा अध्यापक इयाजउद्दिन आहम्मेदका प्रकाशनहरूको कुल सङ्ख्या १२५ रहेको छ। उनले बङ्गलादेशको तटीय क्षेत्रहरूमा धानको बीउलाई लिएर लवणता तथा उच्च उपज हुने खाले धानको प्रभावहरूको बारेमा अध्ययन गरेका थिए। उनले माटोमा विरुवाको पोषक तत्वहरूलाई सङ्ग्रहित गर्न तथा आवश्यकता अनुसार विरुवालाई आपूर्ति गर्ने विधि माथि सफल अनुसन्धान गरेका थिए। यस कार्यको परिणामस्वरूप उनले संयुक्त अधिराज्यमा व्यापक प्रशंसा प्राप्त गर्न सफल भएका थिए। आफ्नो शिक्षण कार्यकालमा अध्यापक इयाजउद्दिन आहम्मेदले विश्वभरका विभिन्न विश्वविद्यालयहरूमा एक अतिथि अध्यापकको काम गरेका थिए। उनले सन् १९७३ मा संयुक्त अधिराज्यमा कर्नेल विश्वविद्यालय, सन् १९८४ बर्लिनमा जर्मन प्राविधिक विश्वविद्यालय तथा जर्मनीको ग्याटिञ्जेन विश्वविद्यालयमा अतिथि अध्यापकको रूपमा भाग लिएका थिए।

पुरस्कार[सम्पादन गर्ने]

उनलाई इब्राहिम स्मारक स्वर्ण पदक (सन् १९८७-८८), श्रीज्ञान अतीश दीपङ्कर स्वर्ण पदक (सन् १९९०), क्रेस्ट (सन् १९९१) तथा शिक्षाका लागि एकुशे पदक (सन् १९९५)बाट सम्मानित गरिएको थियो। उनी अन्तर्राष्ट्रिय भूमि वैज्ञानिक सङ्घ, भारतीय भूमि वैज्ञानिक समिति, बङ्गलादेश भूमि विज्ञान समिति तथा एसियाली समाजका सदस्य थिए।

मृत्यु[सम्पादन गर्ने]

सन् २०१२ अक्टोबर २८ का दिन उनले मुटुको सल्यक्रिया गराएका थिए। मृगौला सम्बन्धित जटिलत तथा मृगौला सम्बन्धित रोगलाई केही हदसम्म निको पार्न उनले एक महिना भन्दा अधिक समय अस्पतालमा बिताएका थिए।[६] सन् २०१२ डिसेम्बर १० का दिन उनको थाई देशको राजधानी ब्याङ्कक स्थित बामरुनग्राद अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।[७][८]

उनको मृत्यु पश्चात् राष्ट्रपति जिल्लुर रहमान, प्रधानमन्त्री शेख हासिना, विपक्ष दलकी नेत्री खालिदा जिया, पूर्व राष्ट्रपति सलाहकार मोखलेसर रहमान तथा अन्य उच्च पदका व्यक्तित्वहरूले शोक व्यक्त गरेका थिए। उनका मृत्यु शरीरलाई १२ डिसेम्बर २०१२ का दिन ब्याङ्ककबाट ढाका ल्याइएको थियो।

उनको मृत्यु पश्चात् ४ पटक शोक कार्यक्रमहरू आयोजना भएका थिए जसमा सबैभन्दा पहिला ब्याङ्ककमा ११ डिसेम्बरका दिन आयोजना गरिएको थियो, दोस्रो १३ डिसेम्बरका दिन मुन्सिगञ्जमा उनकै घरमा आयोजना गरिएको थियो, तेस्रो ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा तथा अन्तिमपटक बायतुल मोकाररम राष्ट्रिय मस्जिदमा आयोजना गरिएको थियो भने पछि उनको मृत शरीरलाई बनानी चिहानमा गाडिएको थियो।[९]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. কালের কণ্ঠ, মুদ্রিত সংস্করণ, ৯ জানুয়ারী, ২০১২ইং, পৃষ্ঠা-শেষের পাতা
  2. আনোয়ারা বেগম: বাংলাদেশের তৎকালীন ফার্স্ট লেডি, সংগ্রহকাল: ২৯ ডিসেম্বর, ২০১১ইং
  3. "President's Life Sketch"mofa.gov.bd (ইংরেজি भाषा)। Ministry of Foreign Affairs। 
  4. "জরুরী ঘোষণা; ইয়াজউদ্দিন প্রধান উপদেষ্টার পদ থেকে পদত্যাগ করেন", দ্য ডেইলি স্টার, १२ जनवरी २००७। 
  5. আহমেদ, পারভিন (५ सेप्टेम्बर २००७), "উত্তরসূরি নির্বাচিত হওয়া পর্যন্ত বাংলাদেশের রাষ্ট্রপতির মেয়াদ অব্যাহত থাকবে, সরকার বলেছে", সহকারী ছাপাখানা, "রাষ্ট্রপতি হিসাবে আহমেদের মেয়াদ সাধারণত ৫ সেপ্টেম্বর শেষ হবে ... তবে, 'সংবিধানে আরও বলা হয়েছে যে একটি নির্বাচিত সরকার দায়িত্ব গ্রহণের পরে তার উত্তরসূরি নির্বাচিত হওয়া পর্যন্ত তাকে চালিয়ে যেতে হবে,' ..কর্মকর্তারা নতুন করে নির্বাচন করার প্রতিশ্রুতি দিয়েছেন নতুন ভোটার তালিকা শেষ হওয়ার পরে নির্বাচন, ২০০৮ এর শেষের আগেই প্রত্যাশিত।" 
  6. "সাবেক রাষ্ট্রপতি ইয়াজউদ্দিন আহম্মেদকে বনানীতে দাফন"। २०१२-१२-१३। सङ्ग्रह मिति २०१६-१२-०५ 
  7. "সাবেক রাষ্ট্রপতি ইয়াজউদ্দিন আর নেই"বিডিনিউজ.কম। सङ्ग्रह मिति ५ डिसेम्बर २०१६ 
  8. "সাবেক রাষ্ট্রপতি ইয়াজউদ্দিনের ইন্তেকাল"প্রথম আলো 
  9. "জীবন-মৃত্যুর সন্ধিক্ষণে ইয়াজউদ্দিন আহম্মেদ"মুন্সিগঞ্জ.কম 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

राजनीतिक कार्यालय
अघिल्लो
जमिरुद्दिन सरकार
बङ्गलादेशका राष्ट्रपति
सन् २००४–२००९
पछिल्लो
जिल्लुर रहमान
अघिल्लो
खालेदा जिया
बङ्गलादेशका प्रधानमन्त्री
कार्यवाहक

सन् २००६–२००७
पछिल्लो
फजलुल हक
कार्यवाहक
अघिल्लो
मोरशेद खान
परराष्ट मन्त्री
सन् २००६–२००७
पछिल्लो
इफतेखार आहमेद चौधुरी