इष्ट भेञ्चर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इष्ट भेञ्चर्स
व्यवसाय प्रकार
उद्यम पूँजी
स्थापितसन् २००९
स्थापनाकर्ताहरूविल्सन कौका
बातारा इटो
टाइगा मतसुम्या
केन्द्रीय कार्यालय
जाकार्ता, सिङ्गापुर, टोक्यो
मुख्य व्यक्ति
विलसन कौका (प्रवन्ध साझेदार)
बातारा इटो (प्रवन्ध साझेदार)
टाइगा मतसुम्यन (प्रवन्ध साझेदार)
ताकेसी कनेको (साझेदार)
मेलिसम इरेन (साझेदार)
वेबसाइटeast.vc

इष्ट भेञ्चर्स इन्डोनेसियाको राजधानी जाकार्तामा आधारित एक आधारित प्रारम्भिक उद्यम पूँजी कम्पनी हो। यसको स्थापना सन् २००९ मा भएको थियो।[१] यो दक्षिणपूर्व एसियामा सबैभन्दा लामो समयसम्म सेवा प्रदान गर्ने प्रारम्भिक लगानीकर्ताहरू मध्ये एक हो। कम्पनीका कार्यालयहरू टोक्योसिङ्गापुरमा पनि रहेका छन्।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

इष्ट भेञ्चर्स स्थापना सन् २००९ मा चन्द्र टजन, विल्सन कुआका, बतारा एटो र थाइगा मत्सुयामाले गरेका थिए। यो इन्डोनेसिया पहिलो प्रारम्भिक उद्यम पूँजी कम्पनीहरू मध्येको एक हो।[२] कम्पनीको पहिलो लगानी इन्डोनेसियाली प्रविधि कम्पनी टोकोपिडियाको लागि थियो रहेको थियो जुन अन्तत प्रख्यात कम्पनीको रूपमा परिचित भएको थियो।[२]

अप्रिल २०१७ मा, इष्ट भेञ्चर्सको लगानीमा रहेको कुडोलाई सवारी साझेदारी कम्पनी ग्र्याबले १०० मिलियन अमेरिकी डलरको लागि अधिग्रहण गरेको थियो।[४]

मार्च २०१८ मा, इष्ट भेञ्चर्सले इभि ग्रोथक नामक कोषको सुरुवात गरेको थियो जुन इष्ट भेञ्चर्स, एसएमडिभी र याहु जापान बीचको संयुक्त लगानीमा स्थापना गरिएको थियो जसले कोष सङ्कलनका विभिन्न चरणहरूको प्रदान गर्दछ र दक्षिणपूर्व एसियामा सुरुवाती कम्पनीहरूलाई पछिल्लो चरणमा कोष पनि प्रदान गर्दछ।

मे २०१९ मा, इभी ग्रोथले यसले सफ्ट बेङ्क समूह , प्याभिलियन क्यापिटल, र इण्डिस क्यापिटलबाट २०० मिलियन अमेरिकी डलर कोष सङ्कलन गरेको थियो।[५] अगष्टमा, कम्पनीले आफ्नो छैठौं कोषको लागि ७५ मिलियन अमेरिकी डलर उठाएको थियो। [६]

लगानी[सम्पादन गर्नुहोस्]

इष्ट भेञ्चर्सले १६० भन्दा बढी सुरुवाती कम्पनीहरूमा, विभिन्न चरणमा गरी ४ बिलियन अमेरिकी डलर भन्दा बढी लगानी गरिसकेको छ।[७]

टोकोपिडिया बाहेक, यसका सहायक कम्पनीहरूमा यसले लगानी पनि गरेको छ जसमा ट्राभेलोका[८], जापानी इ-वाणिज्य कम्पनी मर्करी,[९] को हाइभ (पूर्व इभी हाइभ भनेर चिनिने),[१०] इन्डोनेसियाली शिक्षा प्रविधि कम्पनी रूआङगुरू र सपब्याक लगायतका कम्पनीहरू समावेश छन्। [११][१२] इष्ट भेञ्चर्स दक्षिणपूर्व एसियाको सबैभन्दा सक्रिय उद्यम पूँजी लगानीकर्ताहरू मध्ये एक हो। [१३] यसलाई सन् २०१८ मा क्रञ्च बेसले विश्वव्यापी रूपमा शीर्ष आठ लगानीकर्ताहरू मध्ये एकको रूपमा मान्यता प्रदान गरेको थियो। [१४] अनुसन्धान कम्पनी प्रेक्विनको तथ्याङ्कका अनुसार, कम्पनी विश्वको सबैभन्दा निरन्तर शीर्ष प्रदर्शन गर्ने उद्यम पूँजी कोष प्रबन्धकहरू मध्ये एक हो। इष्ट भेञ्चर्स प्रेक्विनको अनुसार, कम्पनी शीर्ष तीन कोषहरू राख्ने विश्वव्यापी पाँच कम्पनीहरूमध्ये एक हो। यसको प्रमुख प्रतिद्वन्द्वी बेञ्चमार्क क्यापिटल हो।[१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मेनुर, अनिसा, "A decade of innovation: How East Ventures is building Indonesian tech ecosystem from the ground up", e27, अन्तिम पहुँच १ सेप्टेम्बर २०१९ 
  2. २.० २.१ २.२ मुसकिता, पुत्रा, "How East Ventures became a top venture capital firm in Southeast Asia", टेक इन एसिया, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  3. रुसेल, जोन, "East Ventures announces new $30M fund to continue investing in Indonesia", टेक क्रञ्च, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  4. रूसेल, जोन, "Uber rival Grab makes first major acquisition to build out its payments platform", टेक क्रञ्च, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१९ 
  5. Lee, Yoolim, "SoftBank Joins Record Indonesia-Focused Growth Venture Fund", ब्लुमबर्ग, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  6. Potkin, Fanny, "Indonesian VC fund, backed by co-founders of Alibaba, Facebook, raises $75 million", रेउटर्स, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  7. "East Ventures closes oversubscribed sixth fund at US$75mil", डिजिटल न्युज एसिया, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  8. याप, ज्याकी, "East Ventures backs ex-Silicon Valley engineer's travel startup", इ२७, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  9. हिरानो, ताकेसी, "Japanese flea market app Mercari raises $500,000 from East Ventures", द ब्रिज, अन्तिम पहुँच १ सेप्टेम्बर २०१९ 
  10. रूसेल, जोन, "Indonesia’s EV Hive raises $13.5M and expands into co-living and new retail", टेक क्रञ्च, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  11. युसुफ, ओइक, "Ruangguru.com Memperoleh Pendanaan dari East Ventures", कम्पास, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  12. लुइस, डोना, "Shopback nabs US$600,000 in funding led by East Ventures", इ२७, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१९ 
  13. बोट, टिआइए, "These are the most active investors in Southeast Asia’s startups", टेक इन एसिया, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  14. राउली, जेसन डि, "The Q3 2018 Global VC Report: New Records Hit Amid Seismic Shift In The Industry", क्रञ्च बेस, अन्तिम पहुँच २६ अगस्ट २०१९ 
  15. छोङ, क्लाउडिया, "Singapore's East Ventures among world's most reliably top performing VCs: Preqin", द बिजनेस रटाइम्स, अन्तिम पहुँच २६ अगस्ट २०१९