सामग्रीमा जानुहोस्

उत्तरी क्वोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उत्तरी क्वोल[१]
क्विन्सल्याण्ड, अष्ट्रेलियालमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
Infraclass: Marsupial
गण: Dasyuromorphia
परिवार: Dasyuridae
वंश: Quoll
गोल्ड, १८४२
प्रजाति:
D. hallucatus
वैज्ञानिक नाम
Dasyurus hallucatus
गोल्ड, १८४२
Northern quoll range

उत्तरी क्वोल (Dasyurus hallucatus), उत्तरी अष्ट्रेलियामा पाइने एक मांसाहारी मार्सुपियल हो।[४] यो पहिलो पटक सन् १८४२ मा प्रकृतिवादी तथा लेखक जोन गोल्डले फेलापारेका थिए। उत्तरी क्वोल अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा लोपोन्मुख प्रजातिहरूमा सूचिकृत छ।

उत्तरी क्वोल अष्ट्रेलियाका चार मार्सुपियल प्रजातिहरू मध्ये सबैभन्दा सानो प्रजाति हो। पोथी उत्तरी क्वोलहरू भालेहरू भन्दा सानो हुन्छन्, वयस्क पोथीहरूको तौल ३५० देखी ६९० ग्राम (१२ देखी २४ औंस) र वयस्क भालेहरू ५४० देखी १,१२० ग्राम (१९ देखी ४० औंस) बीचमा हुन्छ। वयस्क भालेहरूको टाउको र शरीरको लम्बाइ २७ देखी ३७ सेमी (११ देखी १५ इन्च) र वयस्क पोथीहरूको लम्बाइ २५ देखी ३१ सेमी (९.८ देखी १२.२ इन्च) सम्म हुन्छ। उत्तरी क्वोलको पुच्छरको लम्बाइ २० देखी ३५ सेमी (७.९ देखी १३.८ इन्च)सम्म हुन्छ।

बितरण तथा वासस्थान

[सम्पादन गर्नुहोस्]

उत्तरी क्वोल पश्चिमी अष्ट्रेलियाको पिलबरा क्षेत्रबाट उत्तरी क्षेत्रको दक्षिणपूर्व क्विन्सल्याण्डसम्म पाइन्छ। पहिले यिनीहरू क्वीन्सल्याण्डदेखि पश्चिमी अष्ट्रेलियाको किम्बरलेसम्म पाइने गर्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Groves, C. (२००५), Wilson, D. E., & Reeder, D. M, eds, सम्पादक, Mammal Species of the World (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, पृ: 25, ओसिएलसी 62265494, ISBN 0-801-88221-4 
  2. Oakwood, M.; Woinarski, J.; Burnett, S. (२०१६), "Dasyurus hallucatus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T६२९५A२१९४७३२१, डिओआई:10.2305/IUCN.UK.2016-2.RLTS.T6295A21947321.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  3. "Dasyurus hallucatus — Northern Quoll, Digul [Gogo-Yimidir], Wijingadda [Dambimangari], Wiminji [Martu]" 
  4. "सेक्सका लागि निद्रा त्यागेर मृत्यु निम्त्याउँदै क्वोल", nayapatrikadaily.com, नयाँ पत्रिका, अन्तिम पहुँच १० फेब्रुअरी २०२३