एअर इन्डियाभारतको ध्वजावाहक विमानसेवा हो जसको प्रधान कार्यालय नयाँ दिल्लीमा रहेको छ।[९]भारत सरकारको लगानी र स्वामित्व रहेको एअर इन्डिया लिमिटेडद्वारा सञ्चालित यस विमानसेवाले एअरबस र बोइङ विमानहरूद्वारा १०२ आन्तरिक र बाह्य गन्तव्यमा उडान भर्दै आएको छ। यो विमानसेवाको केन्द्रीय विमानस्थल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने यसले भारतको विभिन्न सहरहरूमा केन्द्रित रहेर सेवा दिने गरेको छ। एअर इन्डिया १८.६% बजार हिस्सेदारीका साथ भारतबाहिर सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान सेवा हो।[१०] चारवटा महादेशको ६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा यो विमानसेवा कम्पनीले सेवा दिइरहेको छ। सन् २०१४ जुलाई ११ मा यो विमानसेवा स्टार अलायन्सको २७औँ सदस्य बनेको थियो।