एजे ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एजे ली
Photograph of AJ Lee
सन् २०१४ मा एजे ली
वास्तविक नामअप्रिल जिनेट मेन्डेज
जन्म (1987-03-19) १९ मार्च १९८७ (उमेर ३६)
युनियन सहर, न्यु जर्सी
जीवनसाथी(हरू)
सिएम पङ्क
(
वि २०१४)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नाम
  • एजे[१]
  • एजे ली
  • अप्रिल ली
  • मिस अप्रिल
उचाई५ फिट २ इन्च (१५७ सेमी)[२]
तौल११५ पाउन्ड (८ स्टोन ३ पाउन्ड; ५२ किग्रा)
उत्पत्तियुनियन सहर, न्यु जर्सी[२]
प्रशिक्षक
  • फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ
  • जे लिथल
पदार्पणसन् २००७
सन्यास३ अप्रिल २०१५

अप्रिल जिनेट मेन्डेज (जन्म १९ मार्च १९८७) एक अवकाश प्राप्त अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा लेखक हुन्। उनी आफ्नो कुस्ती कार्यकालमा एजे लीको नामले परिचित छिन्। लिले आफ्नो कुस्ती कार्यकाल अन्तर्गत ३ पटक डब्ल्युडब्ल्युई डिभास उपाधि जित्न सफल भएकी थिइन्।

अमेरिका स्थित न्यु जर्सीमा जन्मिएर हिर्किएकी मिण्डेजले आफ्नो व्यवसायिक कुस्ती कार्यकाल एक अमेरिकी कुस्ती संस्था स्वतन्त्र सर्किटबाट सन् २००७ मा गरेकी थिइन्। मिण्डेजले सन् २००९ मा डब्ल्युडब्ल्युईसँग आवद्ध भएपछि त्यसको दुई वर्ष उनी डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा कार्यरत भएन् भने सन् २०११ उनको डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पदोन्नति भएको थियो। सन् २०१२ मा उनी तीन महिनाका लागि डब्ल्युडब्ल्युई ब्राण्डको महाप्रबन्धक भएकी थिइन् जसकारण उनी प्रतिष्ठित हुन पुगेकी थिइन्। उनले त्यसपछिका वर्षहरूमा डिभास उपाधि जित्न सफल भएकी थिइन् भने उनले उक्त उपाधि आफ्नो कुस्ती कार्यकालमा तीन पटक जितेकी थिइन्। मिण्डेजले वर्षको उत्कृष्ट महिला खेलाडी विधामा सन् २०१४ र सन् २०१४ को स्लामे पुरस्कार पनि हात पार्न सफल भएकी थिइन्। लिले सन् २०१५ मा कुस्तीबाट अवकाश लिएकी थिइन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

अप्रिल जिनेट मिण्डेजको जन्म १९ मार्च १९८७ मा अमेरिकाको युनियन सहर, न्यु जर्सीमा भएको थियो।[३][४] उनको आमा एक गृहिणी थिइन् र पछि उनी स्वस्थ्य स्वयंसेविका बनेकी थिइन् भने उनको बुबा रोबर्ट मिण्डेज एक अभियान्त्रिकी थिए।[५] उनी उनको बुबा आमाको तीन सन्तान मध्ये कान्छो सन्तान थिइन् भने उनको पूर्वजहरू पोर्टोरिकोका थिए।[६] उनको बाल्यावस्थाको बारेमा वर्णन गर्दै, मिण्डेजले भनिन् कि उनको परिवारले गरीबी, मानसिक रोग, र लागूपदार्थको दुर्व्यसनको सामना गर्नुपरेको थियो। उनको परिवार प्राय: डेरा सरिरहन्थ्ये भने कहिलेकाँही होटल वा डेराको पैसा जुटाउन नसक्दा उनीहरू गाडीको भरमा जीवन बिताउन बाध्य बनेका थिए। [७][८]

वर्ल्ड रेस्लिङ एन्टरटेन्मेन्ट (डब्ल्युडब्ल्युई) मा उनका दाईको अधिक रुचि भएकाले उनलाई पनि एक व्यवसायीक कुस्ती खेलाडी बन्न प्ररित गरेको थियो। मिण्डेज सानै उमेरदेखि डब्ल्युडब्ल्युईमा कार्यरत महिला कुस्ती खेलाडी लिटाको अनुयायी थिइन्।[९] सन् २००५ मा, मिण्डेजले पश्चिम न्यू योर्क, न्यु जर्सीको मेमोरियल उच्च विद्यालयबाट स्नातक गरेन् र उनले न्यु योर्क सहरको न्यु योर्क विश्वविद्यालय टिस्स्क स्कूल अफ आर्ट्समा अध्ययन गर्न भर्ना भइन् जहाँ उनले चलचित्र र टेलिभिजन निर्माणमा काम गरेकी थिइन्।[१०][११] त्यसपछि मिण्डेजले कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।[१२]

व्यवसायीक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवाती कार्यकाल (सन् २००७–२००९)[सम्पादन गर्नुहोस्]

सन् २००७ को मार्च महिनामा मिण्डेज आफ्नो घर नजिक पर्ने एक कुस्ती प्रशिक्षण संस्थामा भर्ना भएकी थिइन् जहाँ उनले ख्यातिप्राप्त कुस्ती खेलाडी जे लिथलसँग प्रशिक्षण लिने मौका पाएकी थिइन्। सन् २००७ को अन्त्य तिर मिण्डेजले न्यु जर्सीमा स्थित स्वतन्त्र सर्किटमा रिङ नाम मिस अप्रिल राख्दै कुस्ती खेल्न सुरु गरेकी थिइन्।[१३] सन् २००८ को अक्टोबरमा उनको न्यु जर्सी स्थित विमेन सुपरस्टार अनसेन्सोर्डमा पदोन्नति भएको थियो। उक्त संस्थामा आवद्ध भएको केही महिना पछि उनी ब्रुक कार्टरसँग सहकार्य गर्दै टोली बनेकी थिइन् जहाँ उनीहरको टोलीले सन् २००९ फेब्रुअरीमा डब्ल्यूसियु ट्याग टिम उपाधि हात पार्न सफल भएका थिए।[१४] उनले आफ्ना प्रशिक्षण जे लिथलसँग सहकार्य गर्दै वार्सिक डब्ल्यूसियु/राष्ट्रिय रेस्लिङ सुपरस्टार किङ एण्ड क्विन प्रतिस्पर्धा समेत जित्न सफल भएकी थिइन्। सन् २००९ मे मा अप्रिलको डब्ल्यूसियुबाट डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रमा पदोन्नति भएको थियो।

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ र एनएक्सटी (सन् २००९–२०११)[सम्पादन गर्नुहोस्]

मिण्डेजले डब्ल्युडब्ल्युईसँग आवद्ध हुनका लागि १५०० अमेरिकी डलर तिरेकी थिइन् भने सुरुवाती चरणमा उनी डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आवद्ध भइन् जहाँ उनले आफ्नो रिङ नाम अफ्रिल लि राखेकी थिइन्।[१५][१६] त्यसको केही महिना पछि उनी एजे लिको रूपमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।[१७] सन् २०१० मा एजेले सेरिना मेञ्चिनीलाई हराउँदै क्विन अफ एफसीडब्ल्यू उपाधि जित्न सफल भएकी थिइन्। उक्त उपाधि जितेको केही दिन पश्चात् पहिलो एफसीडब्ल्यू महिला उपाधिका लागि प्रतियोगिता सञ्चालन गरिएको थियो जहाँ उनी समूह चरणबाटै निस्कासन हुन पुगेकी थिइन् जसकारण उनको द्वन्द्व उक्त एफसीडब्ल्य महिलो महिला विजेता नेयोमी नाइटसँग चर्किएको थियो।[१८] सन् २०१० नोभेम्बरमा एजेले क्विन अफ एफसीडब्ल्यू उपाधि रोजा मिण्डेजको विरुद्धको खेलमा गुमाएकी थिइन्। एजेले त्यसपछि नोयोमीलाई उपाधिका लागि खेलमा हराउँदै डिसेम्बर २०१० मा एफसीडब्ल्यू डिभास विजेता बन्न सफल भएकी थिइन् जसकारण तात्कालिक समयमा एफसीडब्ल्यूमा उपलब्ध दुवै महिला उपाधि फरक फरक समयमा जित्ने कीर्तिमान उनले राखेकी थिइन्।[१९] एजेले एफसीडब्ल्यू डिभास च्याम्पियनसिप अप्रिल २०११ मा अक्साना विरुद्धको खेलमा गुमाएकी थिइन्।

AJ Lee holding a microphone addressing the crowd
एजे ली डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा

एफसीडब्ल्यूमा हुँदा, मिण्डेजले सेप्टेम्बर २०१० मा एनएक्सटीको तेस्रो सत्रमा भाग लिइन् जहाँ एफसीडब्ल्यूका ६ जना महिला सहभागीले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पदोन्नति हुन पाउने प्रावधान थियो।[१९] उनले उक्त प्रतियोगिता अन्तर्गत समकक्षी क्याटलिनसँग पनि साझेदारी गरेकी थिइन् भने उक्त प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा पर्दै प्रतियोगिताबाट बाहिरिएकी थिइन्।[२०]

को महाप्रबन्धकको रूपमा (सन् २०११–२०१३)[सम्पादन गर्नुहोस्]

सन् २०११ मे २७ का दिन क्याटलिन र नेटालियासँग एजे डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा पर्दापण गरेकी थिइन् जहाँ उनीहरूको।आफ्नो टोलीको नाम "द चिकबुस्टर" राखेका थिए।[२१][२२][२३] त्यस तीन जनाको टोलीको स्म्याकडाउनका टमिना स्नुका, रोजा मिण्डेज र अलिसा फक्ससँग दुई महिनासम्म द्वन्द्व चलेको थियो।[२४][२५][२६][२७] एनएक्सटीमा आफ्नो कार्यकालको अन्त्य तिर उनी हर्नस्वागलको प्रेमिकाको रूपमा देखा परेकी थिइन् जसकारण उनको मेक्सिमसँग द्वन्द्व चलेको थियो भने यता स्म्याकडाउनमा नेटालियाले उनलाई आक्रमण गर्दै बेथ फिनेक्ससँग सहाकार्य गर्दै द डिभास अफ डुमको गठन गरेका थिए।[२८][२८] डिभास अफ डुम विरुद्ध एजे र क्याटलिनको खेल त्यसको केही महिना सम्म परिरह्यो भने हरेक खेलमा डिभास अफ डुम (नेटालिया र बेथ फिनेक्स) विजेता बनेका थिए।[२९][३०]

सन् २०११ नोभेम्बरमा एजे अर्का कुस्ती खेलाडी डेनियल ब्रायनसँग सम्बन्धमा रहने कोशिश गरेकी थिइन् जसले त्यसको एक महिना पछि डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट उपाधि जितेका थिए।[३१][३२][३३][३४][३५] एजेले ब्रायनलाई प्रेम गर्छु भनेर घोषणा गरेतापनि ब्रायनले त्यसलाई स्वीकार गरेका थिइनन्।[३६][३६] १३ जनवरी २०१२ का दिन विग सो र ब्रायन बीचको खेलमा उनी आकस्मात बिग सोसँग ठोकिन पुगेकी थिइन् जसकरण उनलाई तत्काल उपचारका लागि लगिएको थियो। फेब्रुअरी ३ मा उनी पुनः रिङमा फिर्ता भइन् र सोले ब्रायनलाई आक्रमण गर्न लाग्दा उनले ब्रायनलाई आक्रमण हुनबाट बचाएकी थिइन्।[३७] रेसलमेरिया २८ मा तात्कालिक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता ब्रयानको सामना सेमससँग भएको थियो भने उक्त खेलको सुरुवातमा लिले ब्रायनलाई चुम्मन गर्दै शुभकामना दिएकी थिइन् जसको फलस्वरूप सेमसले उनलाई आक्रमण गर्दै १८ सेकेण्डमा खेल जिते र नयाँ विश्व विजेता बनेका थिए। उक्त खेल पश्चात् ब्रायनले लिको कारण खेलमा पराजित हुनु परेको भन्दै उनीहरूको बीचको सम्बन्ध विच्छेद गरेका थिए।[३८][३९] एजेले उनीहरूको सम्बन्ध सुधार्न धेरै प्रयास गरिन् तर ब्रायनले उनलाई एक्लो छोडिदिए जसको फलस्वरूप लिका साथी क्याटलिन र नेटालियाले उनलाई सम्झाउन खोज्दा लिले उनीहरूलाई आक्रमण गरेकी थिइन्।[४०]

एजेको पछि ब्रायनको प्रतिद्वन्द्वी र तात्कालिक डब्ल्युडब्ल्युई विजेता सिएप पङ्क साथै केनसँग उनले प्रेम गर्न थालेकी थिइन्।[४१][४२] १७ जुन २०१२ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित नो वे आउटमा ब्रायन, केन र पङ्क बीच डब्ल्युडब्ल्युई उपाधिका लागि खेल भएको थियो भने उक्त खेलमा एजेले बाधा पुर्‍याइन् जसकारण पङ्कले खेल जित्न उपाधि आफुसँगै कायम गराउन सफल भएका थिए।[४३][४४] त्यसपछि ब्रायन र पङ्कको द्वन्द्व झन चर्किएको थियो भने आउँदो मनी इन द बेङ्कमा ब्रायन र पङ्क बीचको खेलमा एजे अतिथि भूमाकाको निर्णायक हुने घोषणा भएको थियो।[४५] जुलाई २ मा आयोजित को एक श्रृङ्खलामा ब्रायन र पङ्क बीच पुनः खेल जारी गरिएको थियो जहाँ एजेले खेलमा बाधा पुर्‍याउँदै ब्रायन र पङ्कलाई रिङ छेउमा रहेको टेबुलमा धकेलिदिएकी थिइन्।[४६][४६] मनी इन द बेङ्कमा ब्रायन र पङ्क बीचको खेलमा लि अतिथि निर्णायकको रूपमा देखा परिन् भने उक्त खेल पङ्कले जित्दै उपाधि आफुसँगै कायम राख्न सफल भएका थिए।[४७][४८] त्यसको एक दिन पश्चात् ब्रायनले पुनः एजेलाई प्रमे प्रस्ताव राखेका थिए जुन उनले स्वीकार गरेकी थिइन्।[४९] डब्ल्युडब्ल्युई को १००० औँ श्रृङ्खलामा डब्ल्युडब्ल्युईका अध्यक्ष भिन्स म्यकमेनले एजेलाई को महाप्रबन्धकको रूपमा काम गर्नका लागि प्रस्ताव गरेका थिए।[५०] ३० जुलाई २०१२ देखि एजेले को महाप्रबन्धकको भूमाका निर्वाह गर्न सुरु गरेकी थिइन्।[५१][५२] एजेले पछि ब्रायन र पङ्क पुनः खेल खेल्ने बताएपछि उनले उनीहरू बीचको खेललाई आधिकारिक बनाएकी थिइन्।[५३]

AJ Lee standing inside a wrestling ring with her partners
एजे डल्फ जिग्लर र बिग ईको साथमा

एजेले सन् २०१२ अक्टोबर २२ का दिन को महाप्रबन्धकको रूपबाट राजिनामा दिएकी थिइन् भने विक्की गुरोरेले जोन सिना र एजेको प्रेम सम्बन्ध रहेको खुलासा गरेकी थिइन्।[५४] त्यसबेला जोन सिनाको द्वन्द्व भिक्की गुरेरोका साथी डल्फ जिग्लरसँग मनी इन द बेङ्क सम्झौताका लागि चर्किएको थियो। सन् २०१२ का डब्ल्युडब्ल्युई द्वारा आयोजित टिएलसीमा एजेले अवरोध पुर्‍याउँदै सिनालाई सिँढीमा घकेलिदिएकी थिइन् जसकारण सिनले जिग्लर विरुद्धको खेल गुमाएका थिए।[५५] त्यसको एक दिन पछि एजे जिग्लरसँग सहकार्य गरेकी थिइन् भने उता सिता र गुरेरोले पछि सहकार्य गर्दै एक टोली गठन गरेका थिए। टिएलसी पछिक‍ अर्को दिन सिना र गुरेरोको खेल एजे र जिग्लरसँग एक मिश्रत ट्याग टिम खेलमा भएक‍ थियो भने उक्त खेलमा बिग इले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गर्दै सिनालाई आक्रमण गरेका थिए।[५६] त्यस दिन पछि बिग इ ल्याङ्स्टन, जिग्लर र एजेको एक टोली गठन भएक‍ थियो जहाँ बिग इले एजेको अङ्गरक्षकको रूपमा काम गर्न सुरु गरेका थिए।

मार्च २०१३ मा एजेको द्वन्द्व उनको पूर्व प्रेमी डेनियल ब्रायनसँग भएको थियो।[५७] अप्रिल ७ २०१३ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रेसलमेरिया २९ मा तात्कालिक ट्याग टिा विजेता ल्याङ्स्टन र जिग्लको सामना केन र ब्रायनसँग भएक‍ थियो भने उक्त खेलमा एजेले बाधा पुर्‍याएतापनि केन र ब्रायनले ल्याङ्स्टन र जिग्लरलाई हराउँदै ट्याग टिम विजेता बन्न सफल भएका थिए।[५८][५९] त्यसको एक दिन पछि को एक श्रृङ्खलामा ल्याङ्स्टन र एजेले जिग्लरलाई साथ दिँद‌ तात्कालिक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता अल्बर्टो डेल रियो विरुद्ध मनी इन द बेङ्क क्यास इन गर्न सहयोग गरेका थिए जसकारण जिग्लरले डेल रियोलाई हराउँदै नयाँ विश्व ह्याभिवेट विजेता बन्न सफल भएका थिए।[६०][६१]

डिभास विजेता र कुस्तीबाट अवकाश (सन् २०१३–२०१५)[सम्पादन गर्नुहोस्]

२३ अप्रिल २०१३ का दिन महिला ब्याटल रोयलक‍ आयोजना गरिएको थियो जुन खेल एजेले जित्दै तात्कालिक डब्ल्युडब्ल्युई डिभास विजेतम क्याटलिनको उपाधिका लागि उनी पहिलो दावेदार बनेकी थिइन्।[६२][६३] उक्त खेलको ६ दिन पछि डब्ल्युडब्ल्युई द्वारा आयोजित पेब्याकमा उनको सामना क्याटलिनसँग भएक‍ थिय‍ जहाँ उनले क्याटलिनलाई हराउँदै कुस्ती कार्यकालको व्यक्तिगत पहिलो उपाधि जित्न सफल भएकी थिइन् जबकि उनी डिभास विजेता बनिसकेपछि पछि क्याटलिनलाई खिज्याउन छाडेकी भने थिइनन्।[६४][६५] क्याटलिन एजे बीचको डिभास उपाधि खेललाई आधिकारिक बनाउन उनीहरूको बीच पुनः खेल सम्झौतामा हस्ताक्षर गर्न लगाइएको थियो।[६६][६७] मनी इन द बेङ्कमा क्याटलिन र एजे बीच डिभास उपाधिका लागि खाले जारी गरिएको थियो भने उक्त खेलमा एजले क्याटलिनलाई हराउँदै डिभास उपाधि आफुसँगै कायम राख्न सफल भएकी थिइन् भने उता तिर जिग्लरले भने सोही दिन डेल रियोसँगको खेल गुमाएका थिए।[६८] त्यस खेलमा एजेले डिभास उपाधिले डेल रियोलाई आक्रमण गरेकी थिइन् जसकारण खेल समाप्त भएको थियो जसकारण जिग्लर एजेसँग रिसाए र उनीहरूको बीचको सम्बन्धलाई अन्त्य गरेका थिए।[६८] अगष्ट २ का दिन पुनः क्याटलिन र एजे बीच उपाधिका लागि खेल जारी गरिएक‍ थियो भने उक्त खेलमा बिग इ ल्याङ्स्टनलाई रिङ छेउमा आउन प्रतिबन्ध गरिएको थियो।[६९] त्यसको बाबजुद पनि एजेले क्याटलिनलाई हराउन सफल भएकी थिइन्।[७०] पछि क्याटलिन र जिग्लर साथी बने र १८ अगष्ट १०१३ का दिन आयोजित समरस्ल्याममा उनीहरूो टोलीले एजे र ल्याङ्स्टनको‍ टोलीलाई हराउन सफल भएका थिए।[७१][७२]

एजे ली टमिनाको साथमा

२६ अगष्ट २०१३ का दिन टोटल डिभासको पूर्व छायाङ्कनको क्रममा उनले अवरोध पुर्‍याइन् र त्यहाँ उपस्थित सबै महिला कुस्ती खेलाडीलाई हराउने बाचा गरिन् र त्यसको साथसाथै उनले टमिना स्नुकालाई आफ्नो अङ्गरक्षकको रूपमा नियुक्त गरेकी थिइन्।[७३] त्यस वर्षको समाप्ति सम्म एजेले उनको डिभास उपाधि सफलतापूर्वक ब्रि बेलन, नोयोमी र नेटालिया विरुद्ध नाइट अफ च्याम्पियन्समा बचाउन सफल भइन् भने उनले ब्रि बेलालाई ब्याटलग्राउण्ड र हेइ इन अ सेलमा र नेटालियालालई टिएलसीमा पराजित गर्न सफल भएकी थिइन्।[७४] उनी त्यस वर्षको नोभेम्बर महिनामा आयोजसत परम्परागत सरभाइभर सिरिजको कप्तानका रूपमा पनि नियुक्त भएकी थिइन् तर उनको टोली पराजित हुन पुगेक‍ थियो।[७५] जनवरी २०१३ मा एजे तात्कालिक समयमा सबै अधिक दिन डिभास विजेता सहन सफ हुँदै एक नयाँ कीर्तिमान कायम गरेकी थिइन्। उनले पछि उनको डिभास उपाधि क्यामेरुन र नेटालियाको विरुद्धमा दाउमा लगाइन् तर उनी खेल जित्न सफल रहिन्।[७६] रेसलमेरिया ३० मा उनको उपाधिको डिभास उपाधि १४ महिला कुस्ती खेलाडीको विरुद्धमा लगाइएको थियो तर उनले उक्त खेल पनि जित्न सफल भएकी थिइन्।[७७][७८] त्यसको एक दिन पछि आय‍जित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा उनको सामना डब्ल्युडब्ल्युईक‍ मुख्य कार्यक्षेत्रमा पर्दापण गर्दै गरेकी पेइजसँग भएको थियो भने उक्त खेलमा पेइजले एजेलाई हराउँदै डिभास विजेता बनेकी थिइन्।[७९][८०]

उनी पुन रिङमा फर्किएपछि एजेले टमिनालाई आफ्नो अङ्गरक्षक नरहेको बताइन् भने उनले बिना कुनै योजना बनाई तात्कालिक डब्ल्युडब्ल्युई डिभास विजेता पेइजलाई उनको उपाधिका लागि चुनौती दिइन् जसको फलस्वरूप उनले पुनः डिभास उपाधि कब्जा गर्न सफल भएकी थिइन्।[८१][८२][८३]}} अगष्ट १७ कन दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित समरस्ल्याममा एजे पेइजसँग पराजित हुँदै डिभास उपाधि गुमाउन पुगेकी थिइन्।[८४] पछि स्टेफिनी म्याकमेनले निक्की बेलालाई पेइजको डिभास उपाधिका लागि खेल्ने एक मौका दिएकी थिइन्।[८५] २१ सेप्टेम्बर २०१४ का दिन डब्ल्युडब्ल्युई द्वारा आय‍जित नाइट अफ च्याम्पियन्समा पेइजको डिभास उपाधिका लागि निक्की बेला र एजे मैदान उत्रिएका थिए भने एजेले उक्त खेलमा जित हासिल गर्दै कीर्तिमानी तेस्रोपटक डिभास विजेता बन्न सफल भएकी थिइन्।[८६] हेल इन अ सेलमा एजे र पेइज बीच खेल भएक‍ थियो जहाँ एजेले पेइजलाई हराउँदै उनीहरू बीचको दुश्मनी अन्त्य गरेकी थिइन्।[८७] २३ नोभेम्बर २०१४ का दिन आयोजसत सरभाइभर सिरिजमा एजेले आफ्न‍ डब्ल्युडब्ल्युई डिभास उपाधि निक्की बेलाक‍ विरुद्धमा गुमाएकी थिइन् भने निक्कीको जितमा उनकी जुम्ल्याहा बहिनी ब्रिको पनि हात रहेको थियो।[८८][८९]

AJ Lee standing in a wrestling ring with Paige

२ मार्च २०१५ मा एजे पुनः रिङमा फर्किएकी थिइन् भने उनले पेइजलाई निक्की र ब्रिको आक्रमणबाट बचाएकी थिइन् जसकारण रेसलमेनिया ३१ मा निक्की र ब्रिको सामना एजे र पेइजसँग भएको थियो भने उक्त खेल एजे र पेइजले जित्न सफल भएका थिए।[९०][९१][९२] त्यसको एक दिन पछिको ६ महिला ट्याग टिम खेल एजेका लागि डब्ल्युडब्ल्युई कार्यकालको अन्तर्गतको अन्तिम खेल बन्यो भने डब्ल्युडब्ल्युईले अप्रिल ३ का दिन एजेले कुस्ती खेलबाट अवकाश लिएको जानकारी गराएको थियो।[९३][९४][९५]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

[९६]
  • फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ
    • एफसिडब्ल्यू डिभास च्याम्पियनसिप (१ पटक)
    • कुइन अफ एफसिडब्ल्यू (१ पटक)[९७]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेट
    • वर्षको उत्कृष्ट महिला खेलाडी (सन् २०१३–२०१४)[९८]
    • ५० महिला कुस्ती खेलाडीहरू मध्ये शीर्ष २ [९९]
  • विमेन सुपरस्टार अनसेन्सर्ड
    • डब्ल्यूएसडब्ल्यू ट्याग टिम उपाधि (१ पटक) – ब्रिट्नी स्याभेजसँग[१००]
  • रेस्लिङ अब्जर्भर न्युजलेटर
    • वर्षको खराब प्रदर्शनी (सन् २०१३) सन् २०१३ को सरभाइभर सिरिजमा आयोजित १४ महिला खेलमा[१०१]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई डिभास च्याम्पियनसिप (३ पटक)[१०२]
    • स्लामे पुरस्कार (३ पटक)
      • वर्षको उत्कृष्ट डिभा (सन् २०१२, २०१४)[१०३]
      • वर्षको उत्कृष्ट चुम्बन (सन् २०१२) – जोन सिनासँग[१०४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "एजे लीको जानकारी", फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ, मूलबाट फेब्रुअरी २४, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०१८ 
  2. २.० २.१ "एजे ली", डब्ल्युडब्ल्युई, मूलबाट अप्रिल ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१७ 
  3. "How old is WWE Divas Champion A.J. Lee?", ProWrestling.net, Last Row Media LLC, मार्च १९, २०१४, मूलबाट अप्रिल २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१७ 
  4. Johnson, Mike (अप्रिल ६, २०१५), "AJ Lee's exit leaves lots of questions – The question of her legacy will not be among them", PWInsider, मूलबाट सेप्टेम्बर २४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१७ 
  5. Wortman, James (अप्रिल ४, २०१३), "WrestleMania Diary: AJ Lee, Day 2", WWE, मूलबाट अप्रिल ६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ६, २०१६, "her older siblings Robert and Erica" 
  6. Monday, Michael (अप्रिल ३, २०१३), "WrestleMania 29: Homecoming for Jersey's tiny 'Diva' AJ Lee", The Star-Ledger, NJ.com, मूलबाट अगस्ट ५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१७ 
  7. Teodoro, Nick (जुन १५, २०१२), "AJ Lee, the WWE's 'Geek Goddess', talks triple-threat match and her NJ. homecoming", North Jersey Media Group, मूलबाट जुन १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १२, २०१४ 
  8. Sinclair, Samantha (अक्टोबर १६, २०१२), "Jersey native A.J. Lee living the dream as WWE Raw GM", The Trentonian, Digital First Media, मूलबाट अगस्ट ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ११, २०१७ मिति
  9. Causey, James E. (अगस्ट २५, २०१२), "AJ Lee is the tiny titan of wrestling", Milwaukee Journal Sentinel, Gannett Company, मूलबाट मार्च २१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २१, २०१७ 
  10. Barrasso, Justin (मे ४, २०१८), "AJ Lee Fights to End Stigma Associated With Mental Health Disorders", Sports Illustrated, Time Inc., मूलबाट मे ६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ६, २०१८ 
  11. Ramsadeen, Avinash; Credo, Steve (अप्रिल ७, २०१७), "Former WWE champ AJ Lee makes 'crazy' her superpower", Fox News, Fox News Network LLC, मूलबाट अप्रिल ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २०१७ 
  12. Lynch, Andrew (अप्रिल २१, २०१७), "AJ Mendez Brooks opens up on her suicide attempt and helping others with mental illness", Foxsports.com, Fox Sports Interactive Media, मूलबाट जुन २८, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१७ 
  13. Heinen, Frederik (अप्रिल ३, २०१६), "AJ Lee bio", Slam! Sports, Canadian Online Explorer, मूलबाट जुलाई २५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २०१७ 
  14. "Matches – AJ Lee", Cagematch, अन्तिम पहुँच अगस्ट ५, २०१७ 
  15. Strauss, Gerry (मार्च ११, २०१३), "Homecoming Queen: Local Talent At WrestleMania", न्यु जर्सी मासिक, मूलबाट अप्रिल १८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  16. Johnson, Mike (मे ५, २००९), "WWE signs new developmental Diva", पिडब्ल्यू इन्साइडर, मूलबाट अक्टोबर २३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  17. Spears, Michael (सेप्टेम्बर १५, २००९), "WWE developmental roster updates", पिडब्ल्यू इन्साइडर, मूलबाट सेप्टेम्बर २३, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ११, २०१८ 
  18. ट्रिनिफो, रिचार्ड (अगस्ट २२, २०१०), "Florida Championship Wrestling television report: Xavier Woods (the former Consequences Creed) debuts; build for next week's 100th episode", पिडब्ल्यु इन्साइडर, मूलबाट सेप्टेम्बर २२, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २०१७ 
  19. १९.० १९.१ "Champions Roll Call", फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ, मूलबाट फेब्रुअरी ६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ८, २०१९  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २, २०११ मिति
  20. "AJ makes FCW History", फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ, डिसेम्बर १६, २०१०, मूलबाट मार्च ८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ८, २०१९  वेब्याक मेसिन अभिलेखिकरण मार्च ८, २०११ मिति
  21. Tait, James (मे २८, २०११), "Tait's SmackDown Report 5/27", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मे ३१, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  22. Wortman, James (मार्च ३१, २०१३), "WrestleMania Diary: AJ Lee, introduction", WWE, मूलबाट अप्रिल ६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ६, २०१६ 
  23. Wrestling Observer Newsletter, जुन १, २०११ https://web.archive.org/web/20150701094138/http://www.f4wonline.com/more/more-top-stories/96-wwe/20832-wed-update-ufc-main-signed-announcer-passes-away-tuf-finale-ratings-wwe-rib |archiveurl= शीर्षक नै (सहायता), मूलबाट जुलाई १, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५ 
  24. Hillhouse, Dave (जुन ११, २०११), "SmackDown: Factions renewed and rejected", Slam! Sports, Canadian Online Explorer, मूलबाट जुलाई ३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  25. Hillhouse, Dave (जुन १८, २०११), "SmackDown: Fair is foul, and foul is fair", Slam! Sports, Canadian Online Explorer, मूलबाट जनवरी १३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  26. Caldwell, James (जुन २३, २०११), "Caldwell's WWE Superstars Report 6/23", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुन २७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  27. Tait, James (जुलाई २९, २०११), "Tait's WWE SmackDown Report 7/29", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  28. २८.० २८.१ Caldwell, James (जुलाई २६, २०११), "Caldwell's WWE NXT Results 7/26", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ४, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  29. Caldwell, James (अगस्ट १६, २०११), "Caldwell's WWE NXT Results 8/16", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट १८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  30. Hillhouse, Dave (अगस्ट ६, २०११), "SmackDown: Firing on all cylinders", Slam! Sports, Canadian Online Explorer, मूलबाट मार्च १०, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१७ 
  31. Tedesco, Mike (अगस्ट १२, २०११), "SmackDown Results – 8/12/11", Wrestleview, मूलबाट डिसेम्बर १२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०१७ 
  32. Tedesco, Mike (सेप्टेम्बर १६, २०११), "SmackDown Results – 9/16/11", Wrestleview, मूलबाट डिसेम्बर १२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  33. Parks, Greg (सेप्टेम्बर २३, २०११), "Parks' WWE SmackDown Report 9/23", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट सेप्टेम्बर २५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  34. Tedesco, Mike (नोभेम्बर १८, २०११), "SmackDown Results – 11/18/11", Wrestleview, मूलबाट अक्टोबर ६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०१३ 
  35. Tedesco, Mike (नोभेम्बर २५, २०११), "SmackDown Results – 11/25/11", Wrestleview, मूलबाट अक्टोबर ६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २६, २०११ 
  36. ३६.० ३६.१ Hillhouse, Dave (नोभेम्बर ३०, २०११), "SmackDown: Christmas in November", Slam! Sports, Canadian Online Explorer, मूलबाट सेप्टेम्बर १९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १२, २०११ 
  37. Scannell, Robin (जनवरी २०, २०१२), "SmackDown Storyline Tracker 1/6 & 1/13", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जनवरी २३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  38. Keller, Wade (जनवरी २७, २०१२), "Keller's WWE SmackDown Blog 1/27", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट फेब्रुअरी ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २४, २०१२ 
  39. Parks, Greg (जनवरी १३, २०१२), "Parks' WWE SmackDown Report 1/13", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जनवरी १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०१२ 
  40. Parks, Greg (फेब्रुअरी ३, २०१२), "Parks' WWE SmackDown Report 2/3", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट फेब्रुअरी ७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  41. Parks, Greg (जुन १, २०१२), "Parks' WWE SmackDown Report 6/1", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुन ९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २, २०१२ 
  42. Tylwalk, Nick (जुन ११, २०१२), "Raw: Vince McMahon stops by for a John Laurinaitis performance review", Slam! Sports, Canadian Online Explorer, मूलबाट जुलाई ७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १२, २०१२ 
  43. Caldwell, James (जुन १७, २०१२), "Caldwell's WWE No Way Out PPV Report 6/17", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुन २०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २३, २०१२ 
  44. Tedesco, Mike (जुन ३०, २०१२), "SmackDown Results – 6/29/12", Wrestleview, मूलबाट अक्टोबर ९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०१३ 
  45. McNeish, Greg (जुलाई २, २०१२), "Raw Results – 7/2/12", Wrestleview, मूलबाट अप्रिल १३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  46. ४६.० ४६.१ Caldwell, James (जुलाई ९, २०१२), "Caldwell's WWE Raw Results 7/9", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुलाई १३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१२ 
  47. Caldwell, James (जुलाई १६, २०१२), "Caldwell's WWE Raw Results 7/16", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुलाई १९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१२ 
  48. Caldwell, James (जुलाई २३, २०१२), "Caldwell's WWE Raw Results 7/23", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुलाई २६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  49. Caldwell, James (जुलाई ३०, २०१२), "Caldwell's WWE Raw Results 7/30", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०१३ 
  50. Caldwell, James (अगस्ट ६, २०१२), "Caldwell's WWE Raw Results 8/6", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १९, २०१२ 
  51. Caldwell, James (अगस्ट २७, २०१२), "Caldwell's WWE Raw Results 8/27", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ३०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  52. Caldwell, James (सेप्टेम्बर २४, २०१२), "Caldwell's WWE Raw Results 9/24", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट सेप्टेम्बर २८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  53. Caldwell, James (अक्टोबर १, २०१२), "Caldwell's WWE Raw Results 10/1", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अक्टोबर ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  54. Caldwell, James (डिसेम्बर १६, २०१२), "Caldwell's WWE TLC PPV Results 12/16", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट डिसेम्बर ३०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १७, २०१२ 
  55. Caldwell, James (डिसेम्बर १७, २०१२), "Caldwell's WWE Raw Results 12/17", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट डिसेम्बर ३०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १८, २०१२ 
  56. Tedesco, Mike (डिसेम्बर १८, २०१२), "WWE SmackDown Results – 12/18/12", Wrestleview, मूलबाट जुलाई ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २५, २०१४ 
  57. Parks, Greg (मार्च ८, २०१३), "Parks' WWE SmackDown Report 3/8", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च ११, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  58. Caldwell, James (मार्च ११, २०१३), "Caldwell's WWE Raw Results 3/11", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च १५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  59. Parks, Greg (मार्च १५, २०१३), "Parks' WWE SmackDown Report 3/15", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च १९, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  60. Caldwell, James (अप्रिल ७, २०१३), "Caldwell's WWE WrestleMania 29 PPV Results", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अप्रिल १०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०१४ 
  61. Caldwell, James (अप्रिल ८, २०१३), "Caldwell's WWE Raw Results 4/8", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अप्रिल १२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०१४ 
  62. Caldwell, James (अप्रिल २२, २०१३), "Caldwell's WWE Raw Results 4/22 (Third Hour)", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अप्रिल २६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  63. Caldwell, James (अप्रिल २९, २०१३), "Caldwell's WWE Raw Results 4/29 (Hour 2)", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मे ३१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१४ 
  64. Stephens, David (जुन १०, २०१३), "WWE Raw Results – 6/10/13", Wrestleview, मूलबाट जुन १६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  65. Johnson, Mike (जुन १६, २०१३), "Complete WWE Payback PPV Coverage", PWInsider, मूलबाट जनवरी १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०१४ 
  66. Caldwell, James (जुन २४, २०१३), "Caldwell's WWE Raw Results 6/24 (Hour 1)", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुन २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  67. Parks, Greg (जुलाई १२, २०१३), "Parks' WWE SmackDown Report 7/12", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ९, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  68. ६८.० ६८.१ Burdick, Michael (जुलाई १२, २०१३), "The first-ever in-ring Divas Championship Match Contract Signing turned to chaos", WWE, मूलबाट सेप्टेम्बर २५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २०१६ 
  69. Caldwell, James (जुलाई १४, २०१३), "Caldwell's WWE MITB PPV Results 7/14 (Hour 2): Ziggler vs. Del Rio for the World Title", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुलाई १८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  70. Caldwell, James (जुलाई १५, २०१३), "Caldwell's WWE Raw Results 7/15 (Hour 1): Ziggler vs. Del Rio re-match", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जुलाई २०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  71. Parks, Greg (अगस्ट २, २०१३), "Parks' WWE SmackDown Report 8/2", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०१४ 
  72. Caldwell, James (अगस्ट १८, २०१३), "Caldwell's WWE SummerSlam PPV Results 8/18 (Hour 3)", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २०, २०१४ 
  73. Caldwell, James (अगस्ट २६, २०१३), "Caldwell's WWE Raw Results 8/26 (Hour 2): A.J. "shoots" on Total Divas", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अगस्ट ३०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ६, २०१३ 
  74. Tedesco, Mike (सेप्टेम्बर २१, २०१३), "WWE SmackDown Results – 9/20/13", Wrestleview, मूलबाट सेप्टेम्बर २१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २८, २०१७ 
  75. Parks, Greg (सेप्टेम्बर २७, २०१३), "Parks' WWE SmackDown Report 9/27", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अक्टोबर २, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१४ 
  76. Martin, Adam (सेप्टेम्बर १५, २०१३), "WWE Night of Champions PPV Results – 9/15/13", Wrestleview, मूलबाट सेप्टेम्बर १७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  77. Caldwell, James (अक्टोबर ६, २०१३), "Battleground PPV Results 10/6 (Hour 1)", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अक्टोबर १०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  78. Caldwell, James (अक्टोबर २७, २०१३), "Caldwell's WWE HIAC PPV Results (Hour 3)", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अक्टोबर २९, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १२, २०१४ 
  79. Martin, Adam (डिसेम्बर १५, २०१३), "WWE TLC PPV Results – 12/15/13", Wrestleview, मूलबाट डिसेम्बर १६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १, २०१४ 
  80. Caldwell, James (नोभेम्बर २४, २०१३), "WWE S. Series PPV Results 11/24 (Hour 2): Divas Survivor Series match", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट नोभेम्बर २८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१४ 
  81. Caldwell, James (जनवरी १७, २०१४), "WWE Newswire: A.J. sets record", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जनवरी १९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १९, २०१४ 
  82. "WWE Profile – Maryse", ESPN, ESPN Internet Ventures, अगस्ट ११, २०१६, मूलबाट मार्च ११, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ११, २०१८ 
  83. "Nikki Bella and the 5 longest reigning Divas Champions", WWE, जनवरी १४, २०१४, मूलबाट जुलाई १४, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ११, २०१८ 
  84. Parks, Greg (फेब्रुअरी २८, २०१४), "Parks' WWE SmackDown Report 2/28", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च ३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१५ 
  85. Parks, Greg (मार्च १२, २०१४), "Parks' WWE Main Event Results 3/11 & 3/12: A.J. vs. Natalya for the Divas Title", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च २५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१५ 
  86. Caldwell, James (मार्च २४, २०१४), "Caldwell's WWE Raw Results 3/24", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च २६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१५ 
  87. Caldwell, James (अप्रिल ६, २०१४), "WrestleMania 30 PPV Results (Hour 4): Divas Title", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अप्रिल १०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१४ 
  88. Caldwell, James (अप्रिल ७, २०१४), "Caldwell's WWE Raw Results 4/7", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट अप्रिल ८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१४ 
  89. Johnson, Mike (अप्रिल १६, २०१४), "AJ Lee—WWE Update", PWInsider, मूलबाट अप्रिल १८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १७, २०१४ 
  90. Freeney, Nolan (फेब्रुअरी २५, २०१५), "Patricia Arquette's Oscars Speech Inspired This Female Wrestler to Speak Out", Time, Time Inc., मूलबाट जनवरी २३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०१७ 
  91. Friedman, Megan (फेब्रुअरी २५, २०१५), "Awesome Pro Wrestler Makes a Stand for Equal Pay", Marie Claire, Hearst Communications, मूलबाट फेब्रुअरी २६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०१७ 
  92. Caldwell, James (मार्च २, २०१५), "Caldwell's WWE Raw Results 3/2", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च ४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २, २०१५ 
  93. Caldwell, James (मार्च २९, २०१५), "Caldwell's WM31 PPV Results 3/29", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट मार्च ३१, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३०, २०१५ 
  94. "WWE Diva AJ Lee retires from in-ring competition", Foxsports.com, Fox Sports Interactive Media, अप्रिल ३, २०१५, मूलबाट अप्रिल ५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३, २०१५ 
  95. "AJ Lee retires from WWE", WWE, अप्रिल ३, २०१५, मूलबाट अप्रिल ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०१७ 
  96. "Statistics – WWE Divas Championship", Cagematch, अन्तिम पहुँच जुलाई २२, २०१६ 
  97. "फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ", फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ, मूलबाट नोभेम्बर १०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ८, २०१९ 
  98. "PWI Awards", प्रो रेस्लिङ इलुस्ट्रेटेड, काप्पा प्रकाशक समूह, मूलबाट जनवरी २१, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २१, २०१६ मिति
  99. "Pro Wrestling Illustrated (PWI) Female 50 for 2014", इन्टरनेट रेस्लिङ डाटाबेस, मूलबाट डिसेम्बर २७, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २२, २०१४ 
  100. "Miss April", ग्लोरी रेस्लिङ, अप्रिल १०, २००९, मूलबाट अप्रिल १४, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २१, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १४, २००९ मिति
  101. Meltzer, Dave (जनवरी २७, २०१४), "2013 Annual awards issue, best in the world in numerous categories, plus all the news in pro-wrestling and MMA over the past week and more", रेस्लिङ अब्जर्भर न्युजलेटर (क्यालिफोर्निया): ३२, आइएसएसएन 1083-9593 
  102. "AJ Lee's third reign", डब्ल्युडब्ल्युई, मूलबाट अगस्ट १, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १, २०१५ मिति
  103. Caldwell, James (डिसेम्बर ८, २०१४), "Caldwell's WWE Raw Results 12/8", Pro Wrestling Torch, TDH Communications Inc., मूलबाट जनवरी ८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ९, २०१४ 
  104. "Raw news: "Big" NXT debut concludes Raw & Slammy winners", Pro Wrestling Torch, TDH Communications Inc., डिसेम्बर १७, २०१२, मूलबाट डिसेम्बर १९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ४, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]