एमा रोबर्ट्स
एमा रोबर्ट्स Emma Roberts | |
|---|---|
सन् २०२५ मा रोबर्ट्स | |
| जन्म | एम्मा रोज रोबर्ट्स १० फेब्रुअरी १९९१ राइनबेक, न्युयोर्क, संयुक्त राज्य अमेरिका |
| पेशा |
|
| कार्यकाल | २००१–वर्तमान |
| समकक्षी | ग्यारेट हेड्लन्ड (२०१९–२०२२) कोडी जोन (२०२२–वर्तमान; इन्गेज्ड) |
| सन्तान | १ |
| पिता | एरिक रोबर्ट्स |
| आफन्त | जुलिया रोबर्ट्स (फुपू) केली निकल्स (पूर्व सौतेनी बुबा) एलिजा रोबर्ट्स (सौतेनी आमा) |
| पुरस्कार | पूर्ण सूची |
एमा रोज रोबर्ट्स (जन्म: फेब्रुअरी १०, १९९१)[१] एक अमेरिकी अभिनेत्री, गायिका र निर्मात्री हुन्। चलचित्र र टेलिभिजनका विभिन्न विधाहरूमा गरेको अभिनयका लागि परिचित उनले विशेष गरी हरर (त्रासदायक) र थ्रिलर विधाहरूमा गरेको कामले उनलाई 'स्क्रिम क्विन'को रूपमा स्थापित गरेको छ। उनले यङ आर्टिस्ट अवार्ड, एमटिभी मुभी एन्ड टिभी अवार्ड र सोवेस्ट अवार्ड जस्ता सम्मानहरू प्राप्त गरेकी छिन्।[२]
सन् २००१ को अपराध चलचित्र ब्लो बाट अभिनय यात्रा सुरु गरेकी रोबर्ट्सले निकलोडियन टेलिभिजनको टेलिशृङ्खला अनफ्याबुलस (सन् २००४–२००७) मा एडी सिङ्गरको मुख्य भूमिकाबाट लोकप्रियता हासिल गरेकी थिइन्। यस शृङ्खलाका लागि उनले सन् २००५ मा आफ्नो पहिलो साउन्डट्र्याक एल्बम अनफ्याबुलस एन्ड मोर सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनले एक्वामारिन (सन् २००६), न्यान्सी ड्रयु (सन् २००७), वाइल्ड चाइल्ड (सन् २००८), होटल फर डग्स (सन् २००९), भ्यालेन्टाइन डे (सन् २०१०) र द आर्ट अफ गेटिङ बाई (सन् २०११) जस्ता थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।
परिपक्व भूमिकाको खोजीमा उनले लाइमलाइफ (सन् २००८), ४.३.२.१. (सन् २०१०), स्क्रिम ४ (सन् २०११), एडल्ट वर्ल्ड (सन् २०१३), वि आर द मिलर्स (सन् २०१३) र जिया कोपोलाको पालो अल्टो (सन् २०१३) मा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। त्यसयता उनी द ब्ल्याककोट्स डटर (सन् २०१५), नर्भ (२०१६), हु वि आर नाउ (सन् २०१७), पाराडाइज हिल्स (सन् २०१९), होलिडेट (२०२०) र मार्भल सुपरहिरो चलचित्र म्याडम वेब (सन् २०२४) मा देखिएकी छिन्। उनले एफएक्स को हरर शृङ्खला अमेरिकन हरर स्टोरी (सन् २०१३–वर्तमान) र फक्स को कमेडी हरर शृङ्खला स्कृम क्विन्स (सन् २०१५–२०१६) मा सानेल ओबर्लिनको मुख्य भूमिकाबाट थप पहिचान बनाइएकी थिइन्।[३]
उनी पुस्तक क्लब 'बेलेट्रिस्ट'की सह-संस्थापक पनि हुन्।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]एमा रोज रोबर्ट्सको जन्म १० फेब्रुअरी १९९१ मा राइनबेक, न्युयोर्कमा भएको थियो।[४] उनी केली कनिङ्घम र अभिनेता एरिक रोबर्ट्सकी छोरी हुन्।[५] उनी सात महिनाको हुँदा उनका आमाबुबाको सम्बन्धविच्छेद भएको थियो। बुबाको विवाहका माध्यमबाट उनी एलिजा रोबर्ट्सकी सौतेनी छोरी र डेभिड रायफिल तथा लिला ग्यारेटकी सौतेनी नातिनी हुन्। आमाको विवाहका माध्यमबाट उनी सङ्गीतकार केली निकल्सकी सौतेनी छोरी हुन्। उनकी आमापट्टिबाट एक सानी बहिनी ग्रेस छिन्।[६] उनकी हजुरआमा अभिनय प्रशिक्षक बेट्टी लु ब्रेडेमस थिइन् भने उनका फुपूहरू अभिनेत्री जुलिया रोबर्ट्स र लिसा रोबर्ट्स गिलान हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Emma Roberts Biography: Film Actress, Singer, Television Actress (1991–)", Biography.com, अन्तिम पहुँच अक्टोबर ९, २०१६। अभिलेखिकरण अक्टोबर ९, २०१६ = Archive.today
- ↑ "Emma Roberts", TVGuide.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०४-२१।
- ↑ Ginsberg, Merle (September 25, 2019). "Scream Queen Emma Roberts Is Afraid of Everything". LAmag.com. Retrieved November 23, 2020.
- ↑ McNeil, Liz (जुलाई ३१, २०१०), "5 Things to Know About Chelsea's Wedding Town, Rhinebeck, N.Y.", People, अन्तिम पहुँच अप्रिल २५, २०११।
- ↑ Smith, Stacy Jenel, "Roberts Rule: With Emma's Star on the Rise, They're a Dynasty", अन्तिम पहुँच सेप्टेम्बर २४, २००५। अभिलेखिकरण मार्च २५, २०१२ वेब्याक मेसिन
- ↑ Elaine Lipworth (२००५), "Recognise That Smile?", You Magazine (July 24, 2005): 28–31।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा एमा रोबर्ट्स
- एमा रोबर्ट्स अलमुभीमा
- एमा रोबर्ट्स डिसकोग्समा साङ्गीतिक कार्यहरू
- एमा रोबर्ट्स अलम्युजिकमा