एलेक्जेन्डर मिलेराँ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एलेक्जेन्डर एटएन मिलेराँ (सन् १८५९-१९४३) - फ्रान्सेली राजनीतिक कार्यकर्ता, उन्नाइसौँ शताब्दीका नवौँ दशकतिर चाहिँ समाजवादीहरूसँग मिल्न पुगे, फ्रान्सेली समाजवादी आन्दोलनमा अवसरवादी धाराको नेतृत्व गरे । सन् १८९९ मा उनी भाल्डेक-रुस्सोको प्रतिक्रियावादी पुँजीजीवी सरकारमा सामेल भई पेरिस कम्युनका हत्यारा जर्नेल गालिफ्फेसँग मिलेर काम गरेका थिए । भ्ला.इ. लेनिनले मिलेराँवादलाई सर्वहारावर्गको हितप्रति गद्दारी संशोधनवादको व्यावहारिक अभिव्यक्ति भन्ने संज्ञा दिएर त्यसको भर्त्सना गर्नुभयो र त्यसका सामाजिक जराहरू समेत खोतल्नुभयो। स न् १९०९-१९१०, १९१२-१९१३, १९१४-१९१५ तिर उनी विभिन्न मन्त्री पदहरूमा वहाल रहेका थिए। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९३
विकिमिडिया कमन्समा एलेक्जेन्डर मिलेराँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।