औंठी
औंठीसामान्यतया विभिन्न प्रकारका धातुहरूबाट गोलो आकारमा हातका औंलाहरूमा पसाएर लगाउन मिल्ने गरी बनाइने गहना हो। यसका साथै औंठी प्लास्टिक, ढुंगा, काठ, सिसा तथा विभिन्न जनावरका हाडहरूबाट पनि बनाइने गरिन्छ। साथै यसलाई सजाउनको लागि यसमा विभिन्न रत्नहरू गस्तै हिरा, मुगा, पन्ना आदिको पनि प्रयोग गर्ने गरिन्छ।
विवाह र औंठी[सम्पादन गर्ने]
विवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो ।
पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा औठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो ।
युरोपियन राष्ट्रहरूमा औठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रूपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रूपमा पनि औंठी लगाइन्छ । युरोपमा कयौं देशहरूमा दायाँहातको साइँली औलामा पनि औंठी लगाइदिने प्रचलन रहेको छ ।
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा औंठी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |