कमलमणि दीक्षित
स्वरूप
(कमल दीक्षितबाट अनुप्रेषित)
वाग्मती अञ्चल अन्तर्गत काठमाडौं गैरीधारामा जन्मिएका कमलमणि आचार्य दीक्षितको विधिपूर्वक राखिएको नाउँ मुकुन्दराज हो । साहित्यिक क्षेत्रमा चाहिै उनी कमल दीक्षित नामले बढी परिचित छन् । नेपाली भाषाका निबन्ध लेखक तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक दीक्षितले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेका छन् । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन् :
- यस्तो पनि (२०१३)
- कालो अक्षर (२०१७)
- पर्खँदै बित्ला कि (२०२६)
- कागतीको सिरप (२०२६)
- भन्ने कुरा (भूमिका सङ्कलन २०३१)
- बुकी सुन (खोजमूलक निबन्ध २०३७)
- उखान मिलेन (खोजमूलक निबन्ध २०३७) ।
दीक्षितका उपर्युक्त बाहेक अरू दुर्इ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका देखिन्छन् । नेपाली भाषा भनेपछि हुरुक् हुने दीक्षित नेपाली भाषाभक्त व्यक्तित्वका रूपमा प्रतिष्ठापित छन् ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान