करुवा

करुवा पानी खान प्रयोग गरिने टुटी भएको भाँडो हो। पाल्पा जिल्ला करुवाको लागि प्रख्यात छ।
निर्माण
[सम्पादन गर्नुहोस्]करुवाहरूको शरीर घुमाउरो हुन्छ र केतली जस्तै तरल पदार्थ खन्याउन घाँटी हुन्छ। करूवाको मुख टोपीले ढाकिएको हुन्छ जसमा विभिन्न कलाकृतिहरू जोडिएका हुन्छन्। बन्द हुँदा सहज रूपमा खन्याउनको लागि, हावाको चाप सन्तुलित गर्न टोपीमा सानो प्वाल पनि बनाइन्छ।
परम्परागत प्रयोगहरू
[सम्पादन गर्नुहोस्]
करुवा विभिन्न नेपाली अनुष्ठान, कार्यक्रम र चाडपर्वहरूमा आवश्यक पर्दछ। यो विवाह, ब्रतबन्ध, पासनी (उत्सव), आदि जस्ता विभिन्न कार्यहरूमा प्रयोग गरिन्छ।
नेवारी संस्कृतिमा, म्हा पूजा को दिनमा अन्य घरायसी भाँडाकुँडा र उपकरणहरूसँगै करुवाको पूजा गरिन्छ।
प्रमुख उत्पादन स्थलहरू
[सम्पादन गर्नुहोस्]नेपालमा धेरैजसो करूवाहरू पाल्पा, संखुवासभा र भोजपुर जिल्लाहरूमा उत्पादन गरिन्छ। यद्यपि, मागको अभावका कारण उद्योग संकुचित भएको छ।[१][२] सबैभन्दा ठूलो करूवाहरू मध्ये एक नेपाल को पाल्पा जिल्ला मा पाइन्छ र यसलाई संसारमा आफ्नो प्रकारको सबैभन्दा ठूलो मानिन्छ।[३] करुवा तानसेन नगरपालिका कार्यालय बाहिर जडान गरिएको छ। सोही जिल्लाले विश्वको सबैभन्दा ठूलो पोर्टेबल करुवा पनि निर्माण गरेको छ, जुन कांस्यमा ढालिएको छ र १५० किलोग्राम तौलको छ।
ग्यालरी
[सम्पादन गर्नुहोस्]-
सानो करुवा
-
तानसेन, नेपाल मा अवस्थित विश्वको सबैभन्दा ठूलो कांस्य करुवा
-
पाटन संग्रहालय मा करुवा
- ↑ "नेपालको चिनारी पाल्पाली ढाका र करुवा बनाउने पेशा संकटमा", Nepal Japan, मूलबाट २०१९-०५-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१८ मिति
- ↑ "संकटमा भोजपुरे करुवा", अन्तिम पहुँच २०२१-०२-२७।
- ↑ ढाँचा:साइट वेब