सामग्रीमा जानुहोस्

कलङ्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कलंकीबाट अनुप्रेषित)
कलङ्की
कलङ्कीमाई मन्दिर
कलङ्कीमाई मन्दिर
कलङ्की is located in काठमाडौँ
कलङ्की
कलङ्की
काठमाडौँमा रहेको स्थान
निर्देशाङ्क: २७°४३′४४.८४″उ॰ ८५°१९′४२.८८″पू॰ / २७.७२९१२२२°N ८५.३२८५७७८°E / 27.7291222; 85.3285778निर्देशाङ्कहरू: २७°४३′४४.८४″उ॰ ८५°१९′४२.८८″पू॰ / २७.७२९१२२२°N ८५.३२८५७७८°E / 27.7291222; 85.3285778
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ

कलङ्की नेपालको राजधानी काठमाडौँको मुख्य बजार हो। प्रसिद्ध कलङ्की माताको मन्दिर पनि यहाँ रहेको छ र यही मन्दिरबाट नै कलङ्की को नाम रहन गएको हो। देशका विभिन्न स्थानबाट मानिसहरू यहाँ आई बसोबास  गरेका छन्।

सङ्घीय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाडौँ महानगर प्रवेशको पश्चिम प्रवेशद्वारका रुपमा रहेको कलङ्की क्षेत्र र कलङ्की मन्दिर( कलङ्कीस्थान) हाल विश्वभर झन झन् प्रख्यात हुँदै गएको छ। पृथ्वी राजमार्ग , त्रिभुवन राजमार्ग (राजपथ) र नारायणगढ मुग्लिन मार्ग भई केन्दिरय राजधानी प्रवेशष गर्ने मूल द्वारका रुपमा कायम भई आएका कारण यश कलङ्की क्षेत्र दिनहुँ विश्वभर प्रचार प्रसार हुँदै जानुनै हो। यसरी कलङ्की नामले विश्वर प्रचार हुँदै गए पछि यस क्षेत्रका स्वामिनी देवी श्री कलङ्की माता ( माई) समेतको पनि दिनहुँ जस्तो श्रीवृद्धि भइ प्रचार हुँदै गएका छन्। बागमती प्रदेशको ८ नं चुनाव क्षेत्रमा परेको यो कलङ्की क्षेत्र काठमाडौँ महानगरपालिकाको १४ नं वडा भित्र पर्दछ।

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]

कलङ्की क्षेत्रको भौगोलिक स्वरुप - पूर्व तर्फ यसै वडा अन्तर्गतको मनमती खोला र बिष्णुमति खोलाको सङ्गम स्थल ज्ञान तिर्थ, कुलः अजिमा(श्री झम्केश्वरी देवी), कुलेश्वर महादेव र १३ वडा क्षेत्र पश्चिमतर्फ यसै वडा भित्रको खड्का गाउँ, हालको नागार्जुन नगरपालीका अन्तर्गतको स्यूचाटार क्षेत्र र चन्द्रगिरि नगरपालिका अन्तर्गतको ढुङ्गाअड्डा तीनथाना क्षेत्र उत्तर तर्फ पुरानो कालीमाटी, मनमती खोला( कर खुसी) ताहाचल र दक्षिण तर्फ बल्खु खोला( डाङ्ग्रा खुसी) चक्रपथ, त्रिभुवन विश्वविद्यालय( टेकुसी) र हालको किर्तिपुर नगरपालीका अन्तर्गतको च्याङ्ग्राफाँट क्षेत्र समेतले घेरीएको क्षेत्र राजधानीको पश्चिम प्रवेशद्वार कलङ्की चक्रपथ चोक देखि पूर्व पट्टि यसै वडाको मध्यभागमा अवस्थित काठमाडौँ उपत्यका प्रवेशको लाइफलाइन नागढुङ्गा - कलङ्की-त्रिपुरेश्वर सडक गणेशमानसिंह पथ रहेको छ।

गोरखाका राजा पृथ्वीनाराण शाहले ललितपुर राज्यको अधीनस्थ किर्तिपुर( किपु)नगरलाई आक्रमण गर्न ढुङ्गाअड्डा, पुरानो नैकाप र यश न्हेपंखा क्षेत्रमा समेत छाउनीको रुपमा प्रयोग गरीएको यश क्षेत्रमा प्राचीन युद्ध कालमा हतियारका रुपमा प्रयोग हुन सक्ने साना ठुला ढुङ्गाहरू रहेका अवशेषहरू अहिले पनि उत्खन गर्दा देख्न सक्छौ। पृथ्वी नारायण शाहले किर्तिपुरमा बिजय प्राप्त गर्न नुवाकोतबाट ल्याएका कोत भगवती समेत यश क्षेत्रको तासिंडोल( हालको कुमारीथान गल्लीमा स्थापना गरि दैविक शक्ति संचय गरेको थियो भन्ने यहाँका जेठहरूको भनाई रहेको छ।

राणा प्रधानमन्त्री विर शम्सेरका शासनकालमा काठमाडौँको थानकोट जाने मुलसडक बनेपछि राणाकालको अन्तसम्म शासकहरू र उच्च वहदामारहेका व्यक्तिहरू देश बाहिर जाँदा र फर्कदा यस अजिमाको मन्दिर परीसरमा भाइ भाइदारहरू लाई उर्दी भई भेला हुने र स्वागत तथा बिदाइ गर्ने परम्परारहेको थियो भन्ने कुरा स्वः सदार भिम बहादुर पाण्डेज्यूको नेपाल ग्रन्थमा उल्लेखित गरेको छ भन्ने सुनिन्छ।

  • २००७ साल सम्म र अहिलेको कलङ्कीको अवस्था

२००७ साल सम्म पनि हालको कलङ्की चोक देखि कलङ्की मन्दिर(कलङ्कीथान) सम्म जम्मा तीन घर धुरी मात्र रहेको थियो भन्ने जानकारहरू बताउने गर्छन्। यश "विषयमा राम बहादुर मानन्धरया आदर्श जाःगु सरल जीवन" भन्ने नेपाल भाषाको एक पुस्तकमा " उगु ईया कलङ्की " शीर्षकमा लेखकले ८४ वर्षका भवानी मान्नधरको संझनालाई उदृत गर्दै लेखेका छन् - वि.सं. २००७ सालमा मलाई बिवाहा गरि पठाएको समयमा - आजको कलङ्की चोकदेखि कलङ्कीथान(कलङ्की मन्दिर) सम्म जम्मा तीन घर धुरी र कालिमाटी सम्म जम्मा दस घरघुरी मात्र छ। यहाँ अहिले बसोबास गरि रहेको घर भएको(कलङ्की चोक कलङ्की देगल रहेको ठाउंको दायाँ १०० मिटर) त्यो बेलामा पंकथि हे पंकथि( नरकट नै नरकट) रहेको भएर हाम्रो घरलाई " नरकट बाँस झांग" भन्ने गर्थे। यहाँ साँझ भयोकी स्याल( ध्वंचा) कराउथ्यो। बिहान कुचो लगाउन जानेबेलामा कुकुर होला भन्थे तर कुचो उचाल्यकी खुरुरु भाग्ने बेलामामात्र स्याल भनेर थाहा हुन्थ्यो। स्यालले पाली राखेको कुखुरा जिउदै दिउँसो नै लगेर कायल गर्थ्यो।

त्योबेलामा बाटो साँगुरो , हिलामे बाटो, जम्मा एउटा लहरी( त्योबेलाको ट्रक) बिहान छ बजे पल्टन लिएर थक्वाः( थानकोट)देखि तिन्ख्यः(टुंडिखेल) जान्थ्यो , अनि साँझ पाँच बजे पल्टन फर्काएर लगिन्थ्यो, त्यति नै हो यहाँको गाडी आउने जाने भनेको। सर्वसाधारण मान्छेको साधन थिएन, पैदल नै हिड्नु पर्थ्यो। पछि तीन वटा बस थक्वाः(थानकोट) देखि शहिदगेट सम्म चल्यो। बस स्टप हाम्रो पसलघर (पसःछेंया)कोअगाडि नै हो। अनि हाम्रो हामीहरूको पसलमा सामान किनेर बसमा बसेर जाने गर्थे। बस घण्टाको (घौछिया छक) एकपटक मात्र आउने भएर बसमा सधैँ जसो भरीभराउ नै देख्थ्यो।

कलङ्कीमाईको मन्दिर

[सम्पादन गर्नुहोस्]

यश श्री कलङ्कीमाईको उत्पत्तिका बारे यकिनका साथ कसैले यहिनै हो भनि भन्न नसके तापनि मन्दिर शताब्दीअौ पुरानो हुन् भन्ने जनविश्वास रहि आएको छ। जानकार गुरुहरूका आशय अनुसार शक्ति स्वरुप कालिमाताको रुप भएर कलि युगको अन्त्यमा दुःख, कष्ट, भयबाट मुक्त गराउन नै बालकुमारीका रुपमा माता उत्पत्ति भएको भन्ने धारणा रहेको देखिन्छ ( श्री कलङ्कीमाई प्रवाह २०५९)। श्री कलङ्कीमाई बालकुमारी हुन भन्ने लिखित प्रमाण मन्दिर भित्र रहेको ठुलो घण्टा झुण्ड्याएको निदालमा कोरीएको वि.सं. १९६४ सालको शिलालेख नै हुन्। यो शिलालेख बाहेक अन्य कुनै पुरातत्वका सामाग्रीहरू आज सम्म भेट्न सकिएको छैन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]