कसर अल वतन
कसर अल वतन | |
---|---|
قَصْر ٱلْوَطَن | |
चित्र:New Presidential Palace in Abudhabi ($490M) - panoramio.jpg | |
सामान्य विवरण | |
स्थान | अबु धाबी , संयुक्त अरब इमिरेट्स |
उचाइ | 60 m |
वेबसाइट | |
www |
कसर अल-वतन (अरबीः قشر الواطن, शाब्दिक अर्थ 'राष्ट्रको दरबार') संयुक्त अरब इमिरेट्स राष्ट्रपतीय दरबार हो, जुन अबु धाबी अवस्थित छ।
इतिहास
[सम्पादन गर्नुहोस्]यस दरबारको निर्माण सन् २०१७ मा सम्पन्न भएको थियो ।[१]
शेख खलिफा बिन जायद अल नाह्यान (अबु धाबी शासक तथा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति) र मोहम्मद बिन जायद अल् नाह्यान (अबू धाबीका क्राउन प्रिन्स र युएई सशस्त्र बल उप सर्वोच्च कमान्डर) ले दरबारलाई २०१९ मा सर्वसाधारण का लागि खोल्ने निर्णय गरे।[२] यसको उद्घाटन हुनु अघि, दरबार केवल आधिकारिक उद्देश्यका लागि , मुख्यतया राज्यका विदेशी नेताहरूलाई आतिथ्य गर्ने[३][४], र देशको सर्वोच्च परिषद र संघीय मन्त्रीमण्डलको बैठकहरूको लागि प्रयोग गरिएको थियो। सर्वसाधारण जनताका लागि खोलिए पनि दरबार यी उद्देश्यका लागि प्रयोग हुन जारी छ।[५]
दरबार ११ मार्च २०१९[६] मा शेख मोहम्मद बिन जायद र मोहम्मद बिन रशीद अल मकतूम (युएईका उपराष्ट्रपति र प्रधानमन्त्री र दुबई शासक) द्वारा आयोजित समारोहमा सर्वसाधारण का लागि खोलिएको थियो, । अगस्टमा, दरबारलाई होटल एन्ड रेस्टको यात्रा र पर्यटन वेबसाइटले विश्वको कला र संस्कृतिका शीर्ष २० स्थलहरू मध्ये नाम दिएको थियो। सन् २०२० मा, कसर अल वतन प्रेसिडेन्सियल प्यालेसलाई मध्य पूर्वको मुख्य सांस्कृतिक पर्यटक आकर्षणको रूपमा विश्व यात्रा पुरस्कारका लागि मनोनीत गरिएको थियो।[७]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- संयुक्त अरब इमिरेट्समा राष्ट्रिय महत्त्वको सांस्कृतिक सम्पत्तिको सूची
- कसर अल मुवाईजी
- शेख जायद ग्रान्ड मस्जिद
- संस्थापकको स्मारक
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Everything you need to know about Qasr Al Watan in Abu Dhabi", Time Out Abu Dhabi, अन्तिम पहुँच २२ फेब्रुअरी २०२२।
- ↑ "Abu Dhabi: Palace of the Nation opens to public Monday", WAM (Gulf News), २०१९-०३-१०, अन्तिम पहुँच २०१९-१२-०९।
- ↑ "Abu Dhabi", Insight Guides Oman & the UAE (Travel Guide eBook), APA Publications (UK) Limited, २०१५-१२-०१, आइएसबिएन 9781780055480।
- ↑ Gueraiche, William (२०१६-०८-१०), "5: Persian Janus", The UAE: A Political and Economic Geography, London, New York: I.B. Tauris, आइएसबिएन 9781786721914।
- ↑ Edwards, Noni (२०१९-०४-०३), "Visiting Qasr Al Watan? Here's the best things to see", Gulf News, अन्तिम पहुँच २०१९-०८-३०।
- ↑ Nandkeolyar, Karishma H. (२०१९-०३-११), "Qasr Al Watan opens to the public: First-person account of a visit", Gulf News, अन्तिम पहुँच २०१९-०४-२१।
- ↑ alfaham, WAM/Tariq (२०२०-०६-२४), "Qasr Al Watan nominated for World Travel Awards as Middle East's Leading Cultural Tourist Attraction 2020 | Businessliveme.com - Business News Middle East | BLME", Businessliveme.com (en-USमा), अन्तिम पहुँच २०२०-०६-२५। वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-१० मिति