कागती (फल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कागती
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: सेपिनडेल्स
परिवार: Rutaceae
Tribe: Citreae
वंश: Citrus
(Christm.) Swingle
प्रजाति:
C. × aurantiifolia
वैज्ञानिक नाम
Citrus × aurantiifolia
(Christm.) Swingle

कागती  (Citrus × aurantiifolia वा C. aurantifolia) एक सिट्रस हाइब्रिड (C. hystrix × C. medica) फल तथा वनस्पति हो।[१] यो उष्णकटिबंधीय दक्षिण र दक्षिणपूर्व एशियाको रैथाने वनस्पति हो। यसको फल गोलाकार तथा २.५–५ सेन्टिमिटर (१–२ इन्च) व्यास भएको हुन्छ । कागती सामान्यतया हरियो हुँदा नै टिपिने गरिन्छ, तर यो पाक्दा पहेंलो हुन्छ।

विबरण[सम्पादन गर्नुहोस्]

कागतीको बोट लगभग ५ मी (१६ फिट) अग्लो र काँडादार हुन्छ। यसको ट्रंकमा धेरै हाँगाहरू हुन्छन्  र यो विरलै ठाडो भएर हुर्किन्छ। यसको पात सुन्तला जस्तै अण्डाकार तथा २.५–९ सेमी (१–  इन्च) लामो हुन्छ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. सुन्तला जातका फलफुल खेती प्राविधिक पुस्तिका, राष्ट्रिय फलफूल विकास केन्द्र (नेपाल सरकार), २०७६/७७, पृ: १००। 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]