कान्ति राज्यलक्ष्मीदेवी शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कान्ति राज्यलक्ष्मीदेवी शाह (सन् १९०६ जुलाई ५ - सन् १९७३ अप्रिल १२) नेपालको महारानी तथा राजा त्रिभुवनको जेठी पत्नी थिइन्। उनी राजा महेन्द्रको आमा पनि हुन्।

जीवन[सम्पादन गर्नुहोस्]

कान्ति राज्यलक्ष्मी छतारा, बाह्रगाउँ र अवधका राजा अर्जुन सिंह साहिब र रानी कृष्णवती देवी साहिबाका छोरी हुन्। सन् १९१९ मार्चमा उनको र उनकी सहोदर बहिनी ईश्वरीको विवाह राजा त्रिभुवनसँग नै भएको थियो।[१]

बि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि मुमा महारानी कान्ति र ईश्वरी विश्वविद्यालयको पहिलो कुलपति भएकी थिइन्। त्रिभुवन विश्वविद्यालयको स्थापनापछि सन् १९६२ मा आयोजित दोस्रो दीक्षान्त समारोहमा विश्वविद्यालय प्रशासनले विश्वविद्यालय स्थापनामा योगदान गर्ने दुवै बडामहारानीहरूलाई कानुनमा मानार्थ विद्यावारिधिको प्रदान गर्ने निर्णय गरेको थियो तर बडामहारानीहरूले स्थापित विश्वविद्यालयमा आम विद्यार्थीहरूले पढेर उक्त विद्यावारिधि हासिल नगरेसम्म आफूहरूलाई मानार्थ डिग्री लिँदैनौं भनी लिन अस्वीकार गरेकी थिइन्। [२][३]

छोरा राजा महेन्द्रको मृत्यु भएको एक वर्ष पछि बि.सं. २०२९ मा ६६ वर्षको उमेरमा जिजुमुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवीको निधन भएको थियो।

सम्मान[सम्पादन गर्नुहोस्]

  • ओजस्वी राजन्य[४]
  • राजा महेन्द्र राज्याभिषेक पदक (बि.सं. २०१३).

शाही प्रसस्ती[सम्पादन गर्नुहोस्]

शाही उपाधिहरू
अघिल्लो
दिव्येश्वरी
नेपालको महारानी
बि.सं. १९६७-२०११
पछिल्लो
रत्न राज्यलक्ष्मी

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "King Tribhuvan and Queen Kanti", मूलबाट २०१७-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१०-०२ 
  2. दी इन्डियन एक्स्प्रेस १५ मार्च १९६२
  3. "राजा त्रिभुवनको निधनपछि उनका रानीहरूको अमेरिका र युरोप यात्रा", अन्तिम पहुँच २०२१-११-२० 
  4. Omsa.org (PDF)