कार्ल काउत्स्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार्ल काउत्स्की

कार्ल काउत्स्की (सन् १८५४-१९३८) - जर्मन सामाजिक-प्रजातन्त्रवादका दोस्रो इन्टरनेसनलका एक जना नेता पछि गएर मार्क्सवादीप्रति गद्दारी गरे, अवसरवादको एक अत्यन्त कतरनाक तथा अनिष्टकार धारा - केन्द्रवाद (काउत्स्कीवाद) का सिद्धान्तकार बने । जर्मन सामाजिक-प्रजातन्त्रवादी मुखपत्रिका Die Neue Zeit ('नयाँ समय') का सम्पादक । काउत्स्कीले सन् १८७४ देखि समाजवादी आन्दोलनमा भाग लिन थालेका थिए । त्यसबेला उनको विचारधाराले लासालवाद, नवमाल्थुसवाद र अराजकतावादको विशेष सम्मिश्रणको प्रतिनिधित्व गर्दथ्यो। सन् १८८१मा उनी मार्क्सवादी बने, परन्तु त्यसैबेला नै अवसरवादतर्फ उनको ढल्काइ देखापरिसकेको थियो । उन्नाइसौँ शताब्दीको नवौँ र दशौँ दशकका वर्षहरूमा उनले मार्क्सवादी सिद्धान्तका प्रश्नहरूबारे केही कृतिहरू - 'कार्ल मार्क्सको आर्थिक सिद्धान्त', 'कृषिसम्बन्धी प्रश्न' इत्यादिको रचना गरेका थिए। यी कृतिहरूमा केही गल्तीहरू निश्चय नै थिए, तैपनि तिनले मार्क्सवादको प्रचार-प्रसारमा सकरात्मक भूमिका खेलेका थिए। पछि गएर सन् १९१०-१९११ तिर उनी मार्क्सवादीबाट अवसरवादी बन्न पुगे। सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्धका वर्षहरूमा काउत्स्कीले केन्द्रबाट अर्थात् इन्टरनेसनलसम्बन्धी नाराहरूद्वारा पर्दा हालिएको सामाजिक अन्धराष्ट्रवादको स्थिति अपनाएका थिए । उनी 'उग्रसाम्राज्यवाद' नामक प्रतिक्रियावादी सिद्धान्तका प्रर्वतक बने। महन् अक्टोबार क्रान्तिपश्चात् उनी खुल्लमखुल्ला रूपमा नै सर्वहारा क्रान्ति र मजदुरवर्गको अधिनायकत्वको विरोधी बने र सोभियतसत्ताको विरुद्ध खडा भए। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौंं: ऐरावती प्रकाशन, २०६३. p. ४८४-४८५