कालो ओत
कालो ओत | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | L. lutra
|
वैज्ञानिक नाम | |
Lutra lutra (Linnaeus, 1758) | |
![]() | |
Range map |
कालो ओत नेपालमा पाइने एक प्रकारको जनावर हो । यो जनावर न्याउरी मुसो जस्तो हुन्छ।
ओतले खोलाको माछा खान्छ तर जब गाउँलेलेहरूले माछा मार्न पासो थाप्छन् तब ओतले माछा मार्ने जालो काट्दिने र जालो भित्रको माछा सखाप पारिदिने देव कुमालले बताए। उनी भन्छन्, ‘ओतको कारण नदीमा माछाको सङ्ख्या घट्यो र माछा मारेर जीवनयापन गर्न र माछा पालन गर्न अफ्ठ्यारो भयो।’
माछा मारेरै जीविका चलाउने रामचन्द्र कुमाल त झन् ओत लोप हुँदै गएकोमा खुसी व्यक्त गर्दै थिए। ६५ वसन्त पार गरिसकेका कुमाल, दुई दशक पहिलेसम्म ओतले धैरै नै दुःख दिने गरेको तर आहिले भने ओतले माछा चोरेको थाह नभएको बताउँछन्। उनी ओतले माछा मार्ने भएतापनि गाउँलेहरूले ओत मारेको आफूलाई थाहा नभएको बताए।
‘ओत निकै चालाख र चतुर हुने भएकाले उसलाई कहाँ मार्न सकिन्छ र?,’ कुमालले भने। वास्तवमा ओतलाई मार्न उनीहरूलाई सजिलो पनि थिएन। निकै छिट्टो पानीमा पौडिने कुशल पौडिबाज ओत, मान्छेहरूले केही गर्नु अगाडि नै हराइसक्छ र त्यसमा पनि रातको समयमा सक्रिय हुने भएकोले गर्दा उनीहरूलाई ओत समात्न झनै मुस्किल पर्थ्यो। तसर्थ आफूहरु ओत पीडित भएको तर केही गर्न नसकेको कुमाल बताउँछन्। तर ओत लोप हुँदै जानुको मुख्य कारण भने माझी समुदायसँगको द्वन्द्व मात्र नभइ अन्य कारण पनि रहेको उनी बताउँछन्।
‘विगत १५–२० वर्ष अगाडि चीनबाट वर्षेनी भोटेहरु यहाँ आउँथे र ओतको खोजी गार्थे। उनीहरू खोलै खोला जान्थे, गाह्रो भीर, गल्छीसम्म पनि पुगेर पासो थापेर ओतको शिकार गर्थे। हामीलाई पनि ओतले धेरै नै दुःख दिन्थ्यो। अर्कोतिर हामीले आफ्नो क्षमताले ओतलाई तह लगाउँन नि सकेनम्। भोटेहरू आउँदा हामीलाई त ढुङ्गा खोज्दा देउता मिले झैं भएको स्थानीयको भनाइ छ।
उनीहरूका अनुसार विस्तारै गाउँलेहरूले पनि ओत कता पाइन्छ भन्ने जानकारी भोटेहरूलाई दिँदै गए। उनीहरू ओत सिध्याउन जान थाले। गाउँलेहरुका अनुसार तिब्बतका मानिसहरु ओतको छाला तथा रौबाट बनेको लुगा लगाउने रहेछन्। विभिन्न रीति रिवाज अनि चाँडपर्वमा यसको लुगा अनिवार्य नै रहेछ। यसको रौं र छाला प्रयोग गरी बनाइएको कपडा लगाउँदा उनीहरूको मान बढ्ने र र सामजमा उनीहरूलाई उच्च वर्गको नजरले हेरिने रहेछ।
यसरी सोध गर्दै जाँदा मानिससँग ओतको द्वन्द्वले नै ओत दिनानुदिन मासिदै जान थालेको र द्वन्द्वले नै त्यसको चोरी शिकारलाई बढावा दिएको मैले निश्कर्ष लगाएँ। इन्टरनेश्नल अटर सर्भाइबल फन्ड (आइओएसएफ) को स्रोतअनुसार चीनको तिब्बतमा ओतको छालाले बनेको कपड़ा प्रयोग हुने तथ्य पत्ता लगाएँ। यस्तो परम्परागत पोशाकलाई ‘चुपा’ भनिंदो रहेछ। उच्च पदका मानिसहरूको लागि यो बनाइदो रहेछ। सभा तथा समारोहहरूमा सरकारी कर्माचारीहरूले पनि सक्कली ओतको
छालाको लुगा लगाउन अनिवार्य नै गरिएको र नलगाएमा पद नै गुम्न सक्ने सम्मको अवस्था रहेछ। यही कारणले गर्दा तिब्बतमा ओतको छालाको ठूलै बजार रहेछ। फुटपाथ बजारदेखि ठूला व्यापार व्यवसायमा ओतको माग उच्च रहेछ।
कालो ओतलाई नेपालको कानुनले संरक्षण गरेको छ। ओतलाई मार्नु, यसको चोरी शिकारी गर्नु र यसको बाँसस्थान विनाश गर्नु गैरकानुनी काम हुन्। इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसिएन) अनि नेपालको रेड डाटा लिस्टमा ओतलाई संकटको नजिक रहेको प्रजाति भनेर सूचित गरिएको छ।
ओतलाई लोप हुन नदिन, ओत र मानव बीचको दूरी मेट्न र सहअस्तित्वको लागि मुख्यतः जनचेतना जगाउन आवश्यक छ। ओतको वातावरणमा रहने भूमिका बारे जनस्तरमा पुगेर हरेकको ढोकासम्म चेतना पुग्न आवश्यक देखिन्छ। अवैध चोरी शिकारी रोक्न र उचित क्षतिपूर्तिको बेवास्ता हुन राज्यको ध्यानाकर्षण हुन जरुरी छ। अवैध रूपमा गरिने गिट्टी बलुवा उत्खनन रोक्न, र अन्य वातावरणमा असर पुर्याउने क्रियाकलापको उचित जाँचबुझ गर्न अविलम्ब लाग्नु पर्ने देखिन्छ।
यसको संरक्षणलाई जोड दिन सरोकारवालाहरूले अनुसन्धानका आधारमा निश्चित समयावधिको कार्ययोजना बनाएर कडाईका साथ लाग्नु पर्छ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ Ruiz-Olmo, J., Loy, A., Cianfrani, C., Yoxon, P., Yoxon, G., de Silva, P.K., Roos, A., Bisther, M., Hajkova, P. & Zemanova, B. (2008). Lutra lutra. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 21 March 2009. Database entry includes justification for why this species is near threatened
