किस्मत (चलचित्र)
किस्मत |
---|
किस्मत (२०६४) नायिका रेखा थापाको चलचित्र निर्माण संस्था रेखा फिल्म्सद्वारा निर्मित तेस्रो चलचित्र हो । गोठालो, जिन्दगानी जस्ता सफल चलचित्रका निर्देशक उज्ज्वल घिमिरेद्वारा निर्देशित यो चलचित्रलाई ३५ एमएम सिनेमास्कोप प्रविधिमा निर्माण गरिएको छ । पुरुषको भाग्यबारे समाजमा निकै चर्चा भए पनि नारीको किस्मतबारे कुनै कुरा उठाइँदैन । नारीकै किस्मतका कारण पुरुषको भाग्य बलियो हुने वा बिग्रन सक्ने विषयमा निर्माण गरिएको यो चलचित्रकी नायिका निर्मात्री रेखा थापा स्वयं हुन् । चलचित्रमा विराज भट्ट नायक रहे पनि रोमान्टिक नायकका रूपमा आर्यन सिग्देल पहिलो पटक ठूलो पर्दामा देखा पर्दैछन् । रेखा थापा अभिनित चलचित्र हो ।
पात्रहरु[सम्पादन गर्नुहोस्]
- रेखा थापा
- विराज भट्ट
- आर्यन सिग्देल
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]