कुमारी चोक
कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय | |
| उत्तराधिकारी | महालेखापरीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालय |
|---|---|
| गठन | ६ वैशाख १८२८ |
| संस्थापक | श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह |
| प्रकार | सरकारी अड्डा |
| लक्ष्य | लेखा परीक्षण |
| प्रधान कार्यालय | काठमाडौँ |
मुख्य अङ्ग | महालेखा नियन्त्रकको कार्यालय कुमारी चोक तथा केन्दी्र्य तहसील कार्यालय |
| वेबसाइट | https://www.kumarichowk.gov.np/ |
पूर्व नाम | कुमारी चोक |
कुमारी चोक राज्यको हिसाबकिताब केन्द्रीय रूपमा जाँच गर्ने सरकारी अड्डाको नाम थियो। हाल यो कार्यलय महालेखा नियन्त्रक कार्यालय मातहत पर्दछ । विभिन्न प्रशासनिक अड्डाका कर्मचारीहरूले गरेको आम्दानी र खर्चको विवरण जाँच गरेर दुरुस्त राख्नु कुमारी चोक अड्डाको मुख्य काम थियो। त्यहींदेखि व्यवस्थित रूपमा लेखापरीक्षण शुरू भएको हो। पृथ्वीनारायण शाहको कालमा ६ वैशाख १८२८ मा कुमारी चोक अड्डा स्थापना भएको थियो।[१]
विवरण जाँच गर्दा अनियमित भएको पाइए सम्बन्धित कर्मचारीबाटै भराउने र गम्भीर अपराधका लागि दण्ड दिने समेत गरिन्थ्यो।
अनियमित तरिकाबाट खर्च गर्नेलाई मात्र होइन, आम्दानी गर्ने कर्मचारीलाई पनि सो अड्डाले जरिवाना गर्ने, जागिरबाट बर्खास्त गर्ने र निज वा निजको सन्तानलाई समेत भविष्यमा सरकारी कामको लागि अयोग्य घोषित गर्ने र कैद गर्ने जस्ता सजाय दिन सक्थ्यो।
इतिहास
[सम्पादन गर्नुहोस्]कुमारी चोक अड्डा स्थापना पृथ्वीनारायण शाहको कालमै ६ वैशाख १८२८ मा भएको थियो । कुमारी चोक अड्डा बसन्तपुर डबलीको पश्चिमपट्टिको चोकमा खडा गरिएको थियो। कामको चाप थपिंदै गएपछि अड्डा पुनर्गठन गरी विभिन्न फाँटमा छुट्याइएको थियो।[२]
पछि सो अड्डालाई बसन्तपुरबाट डिल्लीबजारको चारखालमा सारियो। कुमारी चोकले काठमाडौँ उपत्यका र मोफसलका अड्डाहरूले गरेको आम्दानी–खर्चको चुनदाम (मुद्राको सबभन्दा तल्लो इकाइ) सम्मको पनि मसिनो हिसाब गर्थ्यो । चार चुनदामको एक पैसा हुन्थ्यो।[२]
काम कारबाही
[सम्पादन गर्नुहोस्]सरकारी अड्डाहरूको आय–व्ययको लेखापरीक्षण जँचाउने कामलाई बही बुझाउने भनिन्थ्यो। बही बुझाइसकेपछि फरफारक हुन्थ्यो, फरफारक नभएको रकम ‘सरकारी बाँकी’ रहन्थ्यो। त्यस्तो बाँकी रकम बुझउँछु भन्यो भने पनि नगद बुझएर छुटकारा पाउने वा जेल सजाय हुने भन्ने कुरा हाकिमको मनोभावले निर्धारण हुने गर्थ्यो।
कुमारी चोक अड्डाले गर्ने लेखा परीक्षणको काम अहिले महालेखापरीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयले गर्छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]पृथ्वीनारायण शाह
भीमसेन थापा
जंगबहादुर राणा
राणाकालीन सरकारी कार्यालयहरू
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "परिचय", www.kumarichowk.gov.np, अन्तिम पहुँच २०२५-०१-१४।
- 1 2 त्रास, भैरव रिसाल :: ‘कुमारी चोक’ को, "‘कुमारी चोक’ को त्रास", ‘कुमारी चोक’ को त्रास, अन्तिम पहुँच २०२५-०१-१४।