केइटी पेरी
केटी पेरी | |
|---|---|
सन् २०२४ मा पेरी | |
| जन्म | क्याथरिन एलिजाबेथ हडसन २५ अक्टोबर १९८४ स्यान्टा बारबरा, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
| अन्य नाम |
|
| पेशा |
|
| कार्यकाल | २००१–हालसम्म |
| जीवनसाथी | |
| समकक्षी | ओर्ल्याण्डो ब्लूम (२०१६–२०२५) |
| सन्तान | १ |
| आफन्त | फ्र्याङ्क पेरी (काका) |
| साङ्गीतिक जीवन | |
| विधा | |
| वाद्ययन्त्र |
|
| लेबल | |
| हस्ताक्षर | |
| वेबसाइट | katyperry |
क्याथरिन एलिजाबेथ हडसन (जन्म: २५ अक्टोबर १९८४), व्यावसायिक रूपमा केटी पेरीको नामले परिचित, एक अमेरिकी गायिका, गीतकार र टेलिभिजन व्यक्तित्व हुन्। उनी सङ्गीत इतिहासकी सबैभन्दा सफल कलाकारमध्ये एक हुन्, जसले विश्वभर १५१ मिलियनभन्दा बढी रेकर्ड बिक्री गरिसकेकी छिन्। पेरीलाई पप सङ्गीतमा पुर्याएको प्रभाव र उनको क्याम्प शैलीका लागि चिनिन्छ, र भोग तथा रोलिङ स्टोन ले उनलाई "क्याम्प क्विन"को उपनाम दिएका छन्। सन् २०१५ र २०१८ मा उनी संसारकै सबैभन्दा बढी पारिश्रमिक पाउने महिला सङ्गीतकार थिइन्, र बिलबोर्ड ले उनलाई २१औँ शताब्दीकी महान पप स्टारहरूमध्ये एकको रूपमा सम्मानित गरेको छ।
सेप्टेम्बर २०२५ सम्म, उनी टुइटरमा दोस्रो सबैभन्दा बढी फलोअर भएकी महिला थिइन्, जहाँ उनका १०४ मिलियनभन्दा बढी फलोअर थिए। उनी फेसबुक, इन्स्टाग्राम र टुइटरमा संयुक्त रूपमा ३७७ मिलियनभन्दा बढी फलोअर सहित सामाजिक सञ्जालमा छैठौं सबैभन्दा बढी फलोअर भएकी संगीतकार पनि हुन्।[१]
जीवन र करियर
[सम्पादन गर्नुहोस्]क्याथरिन एलिजाबेथ हडसनको जन्म २५ अक्टोबर १९८४ मा क्यालिफोर्नियाको स्यान्टा बारबरा शहरमा पेन्टेकोस्टल पादरी म्यारी क्रिस्टिन (विवाहित नाम पेरी) र मौरिस किथ हडसनको परिवारमा भएको थियो। उनका दुवै अभिभावकले "उत्साही युवा जीवन"पछि धर्म अपनाएका थिए।[२] पेरीको अङ्ग्रेजी, जर्मन, आइरिस, र पोर्चुगिज मूल रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Music Fuels the Internet", Recording Industry Association of America, अन्तिम पहुँच सेप्टेम्बर १३, २०२५।
- ↑ Graff, Gary (फेब्रुअरी २१, २००९), "Interview: Katy Perry – Hot N Bold", The Scotsman, मूलबाट मार्च ७, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २००९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट

- इन्टरनेट चलचित्र डेटाबेसमा केइटी पेरी
- केइटी पेरी म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू