केत्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केत्रा Ketra: लोहोरुङ राई भित्रको पासा (पाछा - Sub -Group of Lohorung Rai) हो, केत्राहरु विशेष गरी संखुवासभाको तीन क्षेत्रमा बसोबास गरेको पाइन्छन्, जस्तै याफु डाँडा, आङला र मालिङतार | साथै पूर्वी तराई र काठमाडौंमा पनि बसोबास गर्ने गर्दछन्।

केत्रा कुनै व्यक्ति अथवा क्षेत्रीय साना राजा थिए भन्ने गरिन्छ, ती राजा विभिन्न क्षेत्र बसाई सर्दै बस्ती बसाल्ने गर्दथे त्यसरी नै आङ्ला, मालिङ्तार हुँदै याफु डाँडा तिर राम्रो ठाउँ खोज्दै बसाई सरेको इतिहास छ भनिन्छ। एउटा उखान नै छ 'केत्रा १२ क्षेत्र: भन्ने।

केत्रा राई हरु अहिले राजनीति, कलाकार, इन्जिनियर, डाक्टर, नर्स, साथै सरकारी सेवामा आबद्ध छन्।