केशव राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केशव राई माओवादी सभासद् राज्य समिति सदस्य हुनुहुन्छ।[१] विक्रम सम्वत २०४३ देखि माले अखिलबाट राजनीति थाल्नुभएका राई विक्रम सम्वत २०५९मा माओवादीले गठन गरेको ओखलढुङ्गा जनसरकार प्रमुख हुनुभएको थियो। विक्रम सम्वत २०५८ देखि माओवादीमा भूमिगत हुनुभएका राई माओवादी ओखलढुङ्गा सचिव र क्षेत्रीय ब्युरो सदस्य पनि हुनुभयो।

बर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय रूपमा राज्यको पुनर्संरचना सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। सविधानसभाको एजेण्डा नै माओवादीले उठाएको र त्यो एजेण्डासँगै माओवादीको कार्यदिशा जनमुखी भएकाले आफूलाई जनताले जिताएको राईको तर्क छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "केशव राई", www.parliamentwatch.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१३ मिति